people for complete democracy



  तस्विर: सालोक्य -मेरोसंसार

काठमाडौ, मंसिर १७

राजाको स्वदेश फिर्ती र काठमाडौमा एमालेको जनप्रदर्शन एकै दिन परेपनि काठमाडौमा एमालेको बृहत जनप्रर्दशन सम्पन्न भएको छ। जनप्रद्रर्शनका क्रममा एमालेका केही कार्यकर्ताहरु घाइते भएका छन्।  जनप्रदर्शनका क्रममा  आइपरेका जस्तासुकै बाधा व्यबधानहरुलाईपनि चिर्न निर्देशन दिनुभएका एमाले महासचिव माधवकुमार नेपाल आज आफै जुलुसको अग्रपंक्तिमा हुनुहुन्थ्यो।  आजको जनप्रद्रर्शनमा हजारौ हजारले भाग लिएका थिए। जनप्रदर्शनपछि आयोजित सभालाई  एमाले महासचिव र अन्य नेताहरुले संवोधन गर्नुभएको थियो। सभामा महासचिव नेपालले राजतन्त्रको समाप्तीनै आन्दोलनको उदेश्य भएको बताउनुभयो।