King's government loots millions of state property
काठमाडौ, पुस ६
नेपालको आवस्यकता बारे कसैले प्रश्न गर्यो भने जसलेपनि अहिले मुलुकलाई शान्ति चाहिएको छ भन्छ। यस्तो शान्ती होस जसले मुलुकलाई गति देओस । नेपाल हामी सबैको हो। सरकार हामी आफैले बनाको हो र सरकार हाम्रै लागि होस भन्छ। तर राजा ज्ञानेन्द्रका मतियारहरु यसो भन्दैनन। हुनपनि सैनिक उन्मादी र देशको ढुकुटी लुट्न पल्केका राजा र उनका प्रसासकहरुले यसो भन्दैनन। भन्ने भए मुलुकका नागरिक अझ मासेर ५५ लाख अमेरिकी डलर पर्ने हेलीकोप्टर र डेढ अर्व नेपाली रुपैया पर्ने जहाज किन्न तम्तयार हुन्थेनन।
निश्चयनै नेपाललाई यतिवेला अत्याधुनिक हेलिकोप्टर र सैनिक जहाज भन्दा शान्ति चाहिएको छ। त्यो शान्ति हेलिकोप्टर र सैनिक जहाजहरुले दिदैनन। शान्ति बार्ताले दिन्छ र छलफलले दिन्छ। सरकारले एम आइ १७ नामका दूइवटा हेलिकोप्टर बाहेक डेढ अर्व रुपैया पर्ने एम ए ६० नामका ५६ सिट क्षमताका दूइवटा जहाज खरीद गर्दैछ। यि जहाजहरुले शान्ति दिनु त कता कता टाट पल्टदै गएको नेपाल र नेपालीलाई गरिव बनाउने मात्र होइन थप आंशु र पिडा दिनेछन् । किनभने युद्धले दिने कुरा नै आंशु र पिडा हो । यि हेलिकोप्टर माओवादी अप्रेशन गर्ने नाममा आकाशबाट गोली बर्षाएर नागरिक मार्ने कामको प्रयोजनकोलागि उपयोग गरिने हुन् । ५६ सीट क्षमताका जहाज मध्ये एक राजालाई र अर्को सैनिक अधिकारीहरुलाई प्रयोग हुने हुन्। ति जहाजहरुमा न त कुनै नागरिक चढ्न पाउंछ न त देशले ति जहाज प्रयोग गरेवापत कुनै मुनाफा नै पाउंछ । मुनाफा पनि नपाउने र नागरिकका सुविधाकालागिपनि प्रयोग नहुने जहाज अहिले नेपालको आवस्यकता होइन। नेपालीको थाप्लोमा रिणको भारी बोकाएर यि जहाज ल्याउनको सट्टा छलफल र सहमतीमा मुलुक बनाउने काममा लाग्नु अहिलेकोलागिबेस उपाय हो। त्यसैले राज्यको ढुकुटी ब्रम्हलुट गर्न र मुलुकलाई सैनिकीकरणको बाटोमा हिडाउने काम बन्द गर्नैपर्छ।