Nepalis will throw the king
Joseph Pietri

नेपाल एउटा अमेरिकी लागु औषध बैदेशिक नीति असफल भएको पुस्तकको रुप बनेको छ। एकपटक फेरि अमेरिकी जनतालाई घृणित हुनपर्ने अमेरिकी सरकारले बनाएको हामीले हेर्नुपर्ने अवस्था आउदै छ।नेपाली जनतालाई सहयोग गर्नुको साटो हेरोइनको कारोवार गर्ने राजा र शाही परिवारलाई सहयोग गरेर आतंक फैलाएकोपनि हामीले हेर्नुपर्ने छ। एउटा सैनिक अखडामाथि आन्दोलनकारीले आक्रमण गरेपछि नोभेम्वर २४ मा शान्तीबार्ता तोडियो। त्यसपछि देशैभरी आक्रमणका घटना भए।
नोभेम्वरको २६ मै माओवादीहरुलाई राजाले आतंकारी घोषणा गरे अमेरिकी समर्थन पाइएला भन्ने आशाले। उनले प्रेस स्वतन्त्रता स्वतन्त्र हिडडुल अभिव्यक्ति स्वतन्त्रतामाथिपनि बन्देज लगाएर देशमा संकटकालिन अवस्थाको घोषणा गरे।निर्वाद रुपमा पक्राउ र खोजतलासको पूर्ण अधिकार दिए सुरक्षा निकायलाई। अमेरिकी सरकारले पहिलेनै दशवटा गनसिपहरु दिने बचन दिएको नेपाली सेनाहरुलाई। प्रजातन्त्र नेपालका लागि लज्जास्पद विषय हो। चुनाव भनेको जसरीपनि राजाका मानिसलाई भोट खसाल्नु हो। अनुमान लगाउनुस्त कसले जित्ला !यदि तथ्यपूर्ण चुनाव भयो भने गर्ल्याम गुर्लुम माओवादीले जित्छन्। नेपाल अन्तत हजारौ बर्ष देखिको सामन्तवादबाट बल्ल बिउंझदै छ। नेपालको निरक्षर दर ८० प्रतिशतको हाराहारीमा छ। ८० देखि ९० प्रतिशत मानिस निमुखा र गरिव छन्। यि मानिसकालागि कम्युनिष्ट व्यवस्था राम्रो देखिन्छ। नेपालका राजा र शाही परिवार शताव्दियौदेखि नेपालीको रगतमा बाचेका छन्। आज नेपाल सन् १९७० ताका भन्दा ८ गुना गरिव छ। बालिकाहरु भारतको बेश्यालयमा बेचिन्छन्। दाशत्व नेपालको नमुना हो । सदा दासको रुपमा जन्मेको सोच्नुस त ज्ञानेन्द्रले आफूलाई कालो धन्दा गर्ने राजकुमारका रुपमा आफैले देखाउन पर्छ भन्ने प्रतिक्षा गर्छु म। आफू संरक्षित हुन उनले कुनैपनि कुरा बाकी राखेका छैनन।
जुन एकमा भएको दरवार हत्याकान्डको सरकारी प्रचारलाई कसैलेपनि विश्वास गर्दैन। विश्वनै निगरानी गर्ने पहरेदार ठान्ने अमेरिको सहयोगमा सबैलाई दवाउंछु भन्ने ज्ञानेन्द्रको चाहना छ। त्यसैले म के अौल्याउंछु भने अमेरिकी सरकारले आतंकबाद फैलाएको छ। नेपाली जनताको आन्दोलन स्वतन्त्रताकालागि हो। शाही परिवारको मातहतमा नेपालमा कहिल्यैपनि कुनैपनि खालको स्वतन्त्रता थिएन र हुनेछैन। त्यसैले मार्शल ल भित्र बस्न कति कठिन हुन्छ भन्ने त म अनुमान मात्र लगाउन सक्छु। अमेरिकी समर्थनबाट राजाले आफ्ना सबै शत्रु पाखा लगाउन कोशिष गर्नेछन्। तर रगतको महासागरबाट एउटामात्र लडाकु भएपनि उठेर आएर त्यसको बदला लिनेछ। तैपनि अमेरिकाले यसरी अमेरिकीलाई घृणाको पात्र बनाएर आतंकबाद फैलाउने काम गर्छ। सबै मिलेर यसको मुकाविला गरौं। नेपालका राजाले आफ्नो उपयोगिता गुमाइसकेका छन्। परिवर्तनको समय आइसकेको छ। नेपाली जनता स्वतन्त्रताकालागि हारगुहार गरिरहेका छन्। अन्तत जनताले राजालाई हुत्याएरै छाड्नेछन्।
अमेरिकी नागरिक जोशेफ पियत्री नेपालमा २० बर्ष भन्दा बढी बसेका छन्। उनले यो लेख हामीलाई केहि समयपहिले अंग्रेजीमा पठाएका हुन्।द किंग अफ नेपाल पूस्तकका लेखक पियत्रीका यि विचार नीजि हुन्।