Begging but different from that of Nepal
(Photo feature of Paris beggers )

तस्विर र आलेख:  ददिराम सापकोटा
 


पेरिस, मंसिर २१
आफ्नो मुलुकमा भन्दा सुख सुविधा र प्रशस्त धन कमाउने लोभले  दिन दिनै  हुलका हुल मानिसहरु फ्रान्स पसिरहेका छन्। फ्रान्स पस्नेहरु मध्ये ७० प्रतिशत भन्दा बढी राजधानी पेरिसमा आउने गर्छन्। यहाको सरकारी तथ्याकं अनुसार  तीन लाख २५ हजार पोर्चुगाली दूइ लाख ५० हजार  अल्जेरीयन दूइ लाख मोरक्कन छन्। अफ्रिकी मुलुकका कालाजाति , ट्युनिसियाली, स्पेनिश र टर्कीका मानिसको संख्या एक लाख २० हजार छ। अनुमान अनुसार नेपालीहरुको संख्या फ्रान्सभरीमा करीव एक हजार र राजधानी पेरिसमा ७ शय जति छन्। तर नेपालीको यो संख्या नगन्य हो। यहाको सरकारी तथ्यांकमा नेपालीहरुको कुनै गणना छैन। यो बाहेक गैह्र कानुनी रुपमा बस्नेको संख्यापनि उत्तिकै छ। अहिलेपनि मोरक्को बाट स्पेन हुदै फ्रान्ससम्म आउनकालागि मोरक्को स्पेन सीमामा २५ हजार अफ्रिकी नागरिकहरु गैह्र कानुनी तवरले छिर्न उपयुक्त अवसर खोजीरहेका छन् । यिनीहरुले  यूरोपमा बढिरहेको जाडोमा कष्टपूर्वक जिवन बिताइरहेको समाचारमाध्यमहरुले जनाइरहेका छन्। यो कुरा यहाको सरकारलाई राम्रै संग थाह छ। त्यसैले हालै सरकारले एकदमै कडा आप्रवासी कानुनी ल्याएको छ।यहा आइरहेको चुनावको एउटा प्रमुख मुद्धा कसरी विदेशीहरुको आवागमनलाई कसरि नियन्त्रण गर्ने भन्ने छ।




केही भियतनामीहरुको माग्ने कला

यसरी ओइरिनेहरुकालागि जागिर, बस्ने कानुनी प्रवन्ध र बसोवासका निम्ती सोचेजस्तो सजिलो छैन। अंग्रेजी भाषा यहा आउना साथ बेकम्मा लाग्छ। त्यसैले फ्रान्सेली भाषा नजान्नेले काम पाउन ढुंगा चपाउन जस्तै मुस्किल छ। आप्रवासी र श्रम कानुन कडा भएकोले  मानिसले यहा हत्तपत्त बसोबास इजाजत र काम गर्ने अनुमती पाउन मुस्कील छ।


 चराका प्वांहरुले बनेका कपडाहरु लगाएर माग्दै
दक्षिण अमेरिकी मुलुक ब्राजीलका केही माग्नेहरु।

त्यसैले फ्रान्स आउनेहरु भध्ये धेरै विदेशीहरुसंग मेट्रो (जमिनमुनी गुड्ने सानो रेल) चौवाटो, ठूला ठूला सरकारी सार्वजनिक भवन, पर्यटकीय स्थलमा माग्नु बाहेकको बिकल्प रहदैन। यस्ता माग्ने मध्ये कोही बाजा बजाएर, कोही प्रसिद्ध कलाकारहरुको भेषमा सडक पेटीमा कचौरा थापेर, कोही दुधे बालक काखमा च्यापेर ,मेट्रोभित्र पसेर 'काम पाइन एउटा पैसा दिनुहोस' भनेर, चटकी देखाएर, सद्धे मानिसले पनि अंपाग भएको बहाना पारेर मागिरहेका हुन्छन्।



राजधानी पेरिसको एक गल्लीमा माग्नेहरुलाई पैसा दिदै एक दयालु। तस्विर: अन्य।

पेरिसमा यत्रतत्र देखिने माग्नेहरुको दृष्यले बिदेशीहरुले सोचेजस्तो पेरिस रहेनछ भन्ने  बास्तविकता देखाउंछ। शहरमा यसरी माग्न यहाको कानुनले बन्देज गरेको छ। तर उपायहिन भएकाहरु यसरी नै मागेर बस्छन्। कुनैपनि फ्रान्सेली सडक पेटीमा माग्न बस्दैन भन्ने होइन। सरकारी भत्ता खाएर रक्सीले मातेर बस्ने र सरकारी भत्ताले नपुग्दा पैसा माग्दै हिड्ने अनि भएको सम्पती सबै उडाउने फ्रान्सेलीहरुपनि यहा छन्। प्रहरीले पक्राउ गरेपछि माग्नेहरुलाई  केही दिन भएपनि गास र बासको व्यबस्था गर्नुपर्ने भएकोले प्रहरीले सकेसम्म उनीहरुलाई नदेखेजस्तै गर्छ। तर कानुनी रुपमा बस्नेहरुलाई भने सडकमा माग्न जान पर्दैन। किनकि यहाको कानुनले हरेक नागरिकको बस्ने खाने र उपचार तथा शिक्षा जस्ता बिषयहरुको निर्क्योल (ग्यारेन्टि) गरेको छ। तर खुसीको कुरा के छ भने अहिले सम्म कुनैपनि नेपाली नागरिक सडकपेटीमा माग्न बसेको देखिएको छैन।


पेरिसको एक स्थानिय पर्वमा चटकी देखाएर माग्दै मानिसहरु। तर यो माग्ने भन्दापनि धर्म र संस्कृति जोगाउन यसो गरिएको हो।