
काठमाडौ, मंसिर २२
इतिहासमै नभएको नौलो घटना आज नेपालमा भयो। राजा ज्ञानेद्रलाई अव राजा मात्र भएर पुगेन। उनी संचार मन्त्री पनि भए आजदेखि त्यसो त रक्षा मन्त्रीपनि उनै हुन्। अवदेखि उनको गाडिम ढुगा हानिएमा आफ्नो जिम्मेवारी उनी आफै लिनेछन्। उनको एक लहडमै आज मन्त्रीपरिषद पून गठन भयो। शायद हालै ट्यूनिशयामा भएको बिश्व संचार सम्मेलनले राजालाई राजाबाट घटेर मन्त्री बन्ने रहर जागेको होला। राजा नै संचार मन्त्री भएको यो अनौठो घटना संसारमा बिरलै हुनेगर्छ। राजालाई अवदेखि संचार राज्यमन्त्री भएका राजा समर्थक पत्रकार श्रीस समसेर जवराले सघाउनेछन्। संचारलाई पूर्ण रुपले नियन्त्रण गर्न राजा अव कम्मर कसेरै मैदानमा उत्रेको देखिएको छ। यसले गर्दा नेपालको संचार क्षेत्र अवका दिनमा अझ झन् कठीन बाटोमा जाने भएको छ। यस अघि संचार मन्त्री भएर बदनाम कमाएका टंक ढकाल स्थानिय बिकास मन्त्रीमा घटुवा भएका छन्। हालै बानेश्वर काण्डमा भएको युवराजमाथिको ढुंगा मुडा काण्डका कारण दान बहादूर शाहीले गृह मन्त्री जस्तो पद गुमाउन परेको छ। जनता दिनदिनै ढालिदा एक शव्दपनि नवोल्ने युवराजले बिदाका दिन कार्यालय पुगेर प्रहरी प्रमुखहरुलाई आफ्नो परिवारको सुरक्षा नभएको भन्दै लात्ती हानेका थिए। यो काण्डमा चोखो देखिने प्रयास गरेर केहि प्रहरीहरुलाई कार्वाही गरेका दानबहादूर अन्तत आफै बढारिएका छन्। more »
