Nepal King as a communication minister  



काठमाडौ, मंसिर २२

इतिहासमै नभएको नौलो घटना आज नेपालमा भयो। राजा ज्ञानेद्रलाई अव राजा मात्र भएर पुगेन। उनी संचार मन्त्री पनि भए आजदेखि त्यसो त रक्षा मन्त्रीपनि उनै हुन्। अवदेखि उनको गाडिम ढुगा हानिएमा आफ्नो जिम्मेवारी उनी आफै लिनेछन्।  उनको एक लहडमै आज मन्त्रीपरिषद पून गठन भयो। शायद हालै ट्यूनिशयामा भएको बिश्व संचार सम्मेलनले राजालाई राजाबाट घटेर मन्त्री बन्ने रहर जागेको होला। राजा नै संचार मन्त्री भएको यो अनौठो घटना संसारमा बिरलै हुनेगर्छ। राजालाई अवदेखि संचार राज्यमन्त्री भएका राजा समर्थक पत्रकार श्रीस समसेर जवराले सघाउनेछन्। संचारलाई पूर्ण रुपले नियन्त्रण गर्न राजा अव कम्मर कसेरै मैदानमा उत्रेको देखिएको छ। यसले गर्दा नेपालको संचार क्षेत्र अवका दिनमा अझ झन् कठीन बाटोमा जाने भएको छ। यस अघि संचार मन्त्री भएर बदनाम कमाएका टंक ढकाल स्थानिय बिकास मन्त्रीमा घटुवा भएका छन्। हालै बानेश्वर काण्डमा भएको युवराजमाथिको ढुंगा मुडा काण्डका कारण दान बहादूर शाहीले गृह मन्त्री जस्तो पद गुमाउन परेको छ। जनता दिनदिनै ढालिदा एक शव्दपनि नवोल्ने युवराजले बिदाका दिन कार्यालय पुगेर प्रहरी प्रमुखहरुलाई आफ्नो परिवारको सुरक्षा नभएको भन्दै लात्ती हानेका थिए। यो काण्डमा चोखो देखिने प्रयास गरेर केहि प्रहरीहरुलाई कार्वाही गरेका दानबहादूर अन्तत आफै बढारिएका छन्।

यसैगरी पूर्व एमाले नेता राधाकृष्ण मैनालीलाई भने राजाले काखी च्यापेका छन्। उनलाई शिक्षामन्त्री पदबाट हटाउन पर्ने माग बदनाम पत्रकार रामप्रसाद खनालको समुहले गर्दै आएपनि यो पटकको मन्त्रीमण्डल बिस्तारमा उनीहरु फेरि हिस्स भएका छन्। नेपाली कांग्रेसका पूर्व सक्रिय महिला कार्यकर्ता भनेर चिनिएकी डा. दूर्गा पोख्रेलले महिला राज्य मन्त्रीको काम पाएकी छिन्। उनले राजाको निर्वाचनमा भागलिन निर्वाचन आयोगमा पार्टी समेत दर्ता गराएकी छिन्। त्यसो त त्यसो त उनका दाजु गोकुल पोख्रेलपनि राजाकै सदिक्षामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य बनेका हुन्। यसअघि राष्ट्रिय महिला आयोगकी अध्यक्ष समेत रहेकी दूर्गा पोख्रेल उक्त पद गुमेदेखि राजाका पक्षमा लगातार लेखहरु लेख्दै आएकी थिइन्। यहि गुन स्वरुप राजाले उनलाई पूर्ण अधिकार नदिइ महिला मन्त्रालयको राज्यमन्त्रीको भार सुम्पिदिएका छन्। गुन्डा गर्दीमा नाम कमाएका जगत गौचन र सिनेट श्रेष्ठले पनि मन्त्री पदबाट हात धुनुपरेको छ। यसैगरी यो पटकपनि पंचायतकालमै बदनाम भएका कमल थापा जस्ता  मानिसहरु फेरि मन्त्री बन्ने मौका पाएका छन् भने राप्रपाका अधिकांश नाम चलेका नेताहरुलाई मन्त्री बन्ने अवसर जुरेको छ। राजाले जतिपटक मन्त्रीमन्डल गठन गरेपनि यो मन्त्रीमन्डलले मुलुकलाई निकाश दिन सक्नेछैन। किनभने यो मन्त्रीमन्डल जनताले चुनेको नभएकोले मन्त्री मन्डल पुन गठन जनतालाई कागलाइ बेल पाक्यो हर्ष न बिस्मात जस्तो भएको छ भने राज्यको ढुकुटीमा राजाको रजाइको क्रम बढिरहेको छ। बांकी यहा क्लिक गर्नुहोस।