
काठमाडौ, मंसिर २४
शाही नेपाली सेनाका प्रमुख प्यारजंग थापा आगामी सोमवार ६ दिनकालागि पाकिस्तान जाने तयारीमा छन्। आम नेपाली जनता र अन्तरा जगतबाट युद्धविराम गरी देशमा दिर्घकालीन शान्ति कायम गरिन पर्ने दवाव आइरहेकाबेला उनी भने सैनिक हातहतियारको मेलोमेसो मिलाउन पाकिस्तान जान लागेको बुझिएको छ।अमेरिका भारत बेलायत अगायतका मुलुकले देशमा बहुदलीय प्रजातन्त्रको स्थापना मानवअधिकार रक्षा प्रेस स्वतन्त्रताको निर्क्यौल हुनपर्ने सर्त राख्दै हातहतियार दिन इन्कार गरेपछि पाकिस्तानसंग हातहतियार लिन जान लागेको बताइएको छ।
पाकिस्तानले राजाको सैनिक शासनलाई खुलेरै समर्थन गरेको छ। केहि महिना अघि पाकिस्तानी दूतले नेपाल भ्रमण गर्दा नेपाल सरकारलाई पाकिस्तानले सैन्य सहयोग दिन तयार रहेको बताएका थिए। भारत, अमेरिका, बेलायत लगायतका मुलुकले सैन्य सहायता रोक्का गरेपछि शाही नेपालीसेनामा हाततियारको संकट परेकोले त्यसलाई पूर्ती गर्न यो भ्रण हुनलागेको बताइएको छ।