फेरी हतियार माग्न चीनतिर
Foreign minister and secretary will visit China for weapons and financial support.


राजनैतिक पार्टी तथा अन्तराष्टिय समुदाय र आम नागरिकबाट एक्लिदैं गएपछि संकटमा परेको वर्तमान सरकारका परराष्ट« सचिव आगामीहप्ता चीन भ्रमणमा जान लागेका छन् ।
विदेशी दातृ समुदाय संग जति सहयोग मागेपनि नपाएपछि चीनसंग फेरी भिख माग्न उनी त्यता जांदैछन्। वार्ता संवाद र सहमतीको साटो सम्पूर्ण राजनैतिक पार्टीहरुलाई पाखा लगाएर हतियारबाटै समस्या समाधान गर्ने ध्येयले चीन सरकारसंग थप हतियार माग्नकालागि परराष्ट«मन्त्री रमेशनाथ पाण्डेपनि अगष्ट महिनामा चीन जांदैछन् ।
सरकारले बिद्रोहीहरु संगको भिडन्तमा थुप्रै हतियार गुमाएको कुरा गोप्य राखेपनि अर्थ र थप हतियारको भिख माग्नकालागि यि भ्रमण हुन लागेका हुन् ।