View Article  नेपाल एफ . एमले शुरु गर्यो समाचार
91.8 has started airing news

नेपाल एफ. एम. ले समाचार प्रसारण माथि लगाइएको पूर्व प्रतिबन्धलाई तोड्दै समाचार प्रसारण शुरु गरको छ ।शाही संवोधनपछि नेपालका एफ. एम. रेडियोहरुमा समाचार प्रसारण गर्न नपाइने गराइएको थियो । ९१. ८ मेघा हर्जमा बज्ने यो रेडियोले राजाको जन्मोत्सव पारेर बिहान ८ वजे र बेलुका ५ बजे राजधानी खबर शिर्षकमा समाचार प्रसारण गर्न थालेको हो । यो एफः एम बाट उत्साहित बन्दै अन्य एफःएमहरुलेपनि अव छिटै समाचार प्रशारण गर्ने भएका छन् ।
View Article  पत्रकारहरु मुक्त
Two journalist freed by the Maoist.



काठमाडौं असार २७ । नेकपा माओवादीले आफ्नो कव्जामा लिएका दुइ पत्रकारहरुलाई मुक्त गरका छन्। मुक्त पत्रकारहरुमा इलामबाट प्रकाशित हुने आंखा दैनिकका पत्रकार सोम शर्मा र सूत्राधार साप्ताहिक तथा रेडियो नेपालका संवाददाता उमेश गुरुङ्ग रहेका छन् । नेपाल पत्रकार महासंघका सदस्य हरि बस्नेतले जनाएअनुसार नेपाल पत्रकार महासंघ र काठमाडौबाट १०० कि,मी टाढा रहेको जमुना गाविसका स्थानिय माओवादीविच पटक पटक वार्ता भएपछि उनीहरु छुटेका हुन् ।
सोम शर्मा १३ मे २००५ मा माअवादीको अपहरणमा परका थिए भने सन् २००३ देखि माओवादी अपहरणमा रहेका कर्णाली सन्देश का कुलबहादूर मल्ल् नेपालीलाई माओवादीहरुले अझै रिहा गरेका छैनन ।
मुक्त पत्रकारहरुको स्वास्थ्य स्थिती राम्रो रहेको छ भने माओवादीहरुले आफूहरुलाई दुब्यर्वहार नगरिएको उनीहरुले जनाएका छन् ।

This Month
July 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31
Year Archive