Flight Engineers learn from Owls




यदि उल्लुको उडान सिद्धान्तलाई आधार मानेर विमान बनाउने हो भने तिनले कम ध्वनी निकाल्न सक्छन् भन्ने तथ्य नासाका वैज्ञानीकहरुले पत्ता लगाएका छन् ।
उल्लुको शरिरको पछिल्लो भागको भुत्ला लामा हुन्छन् जसमा गलबन्दीको टुप्पामा भएका जस्ता झुम्काहरु हुन्छन् । यस्ता झुम्का परेका प्वांख र भूत्लाले उडेका बेला शरिरमा हावा ठोक्किएर निस्कने आवाजलाई घटाउंछ भने आवाजलाई टुक्राएर तलतिर फाल्छ । यसरी आउने आवाजलाई घटाउन सक्ने हुनाले उल्लु राती निकै शान्त संग उड्ने गर्छ ।
उल्लुको झुम्का परेका पखेटा बाहेक बांकी रहेका मसिना पंखेटा र खुट्टामा रहेका अर्काथरी मखमली भुत्ला र प्वांखले २ हजार हर्ज भन्दा माथिको आवाजलाई सजिलै शान्त पार्छ । यो क्षमतालाई उल्लुले आफ्नो शिकारको नजिक पुगेका बेला उपयोग गर्छ जसले गर्दा उल्लुका आहारा जस्तै मुसा, र्सप , स साना खरायो तथा मुसाका अन्य प्रजातीहरुले उल्लु नजिकै आएको चाल पाउंदैनन ।
नासाका अनुसार उल्लुको प्वांख र भुत्लाको अध्ययनले विमानलाई कहां कसरी कतिपटक अबतरण र उडान भर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
नासाका अनुसार धेरै उचाइमा थप तौल सहित थप आवाज ननिकाल्ने विमान बनाउनकालागि बैज्ञानिकहरुले हाल उल्लुका प्वांख र पंखेटाको अध्ययन गरिरहेका छन् र उल्लुको झुम्काजस्तो भागको अनुशरण गर्ने प्रयत्न भइरहेको छ । त्यसैगरी पखेंटा र खुट्टामा भएका मखमली भुत्लाको बनोट जस्तै हल्का पाटपुर्जा बनाएर बिमान अवतरण गर्दा प्रयोग गरिने गेयरमा परिक्षणको प्रयास भइरहेको पनि नासाले जनाएको छ ।