View Article  कति सफल हाम्रा राजा !
रचना शर्मा


Satire on King's birthday special



The most democratic leader of the world!
Rachana Sharma



श्री ५ महाराजधिराज ज्ञानेन्द्रबाट नेपाली जनता र देशको भलाइकालागि राष्ट्रको सम्पूर्ण शासन आफ्नो हातमा लिइबक्सेको पांच महिना पुरा भएछ । माघ १९ गते शासनसत्ता आफनो हातमा लिइबक्सदां मौसुफबाट तिन बर्षभत्रमा राष्ट्रलाई संकटबाट मुक्त गरिबक्सने हुकुम भएको थियो । आज त्यो कुरा व्यबहारिक रुपमा क्रमश पुष्टि हुदैंछ । किनकी मौसुफले शासनभार लिइबक्सेपछि ३३ प्रतिशत समस्या त दिन र रात नभनीकन गरेको कामबाट समाधान भैसकेको छ । बांकी ६० प्रतिशत अब सजिलै दूइ बर्षभत्रमा पुरा हुनेछ ।
बषौंदेखि भ्रष्टाचार र लुटको जरै उखलेर फाल्न श्री ५ अति कटिबद्ध होइबक्सन्छ । त्यसैले श्री ५ बाट आफ्नै पहलमा भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गरिबक्सेको हो । यस आयोगको गठन पश्चात श्री ५ ले धेरै भ्रष्टाचारीको संपत्ती निष्पक्ष ढंगले छानबिन गरेर कार्बाही गरिबक्स्यो। कतिसम्म भने आफ्नै नातेदार शेरबहादूर देउवालाईपनि छोडिबक्सेन । देउवा मात्र होइन संपत्ती जाचबुझ आयोगको बिवरणमा समेत नपरेका अन्य भ्रष्टाचारीहरुलाई शाही आयोग मार्फत दण्ड दिएर श्री ५ ले ठूलो नाम कमाइबक्सदै छ । जसको प्रचार प्रसार अन्तराष्ट्रिय क्षेत्रमा समेत भएको छ । श्री ५ को यस्तो महान कार्यमा सहयोग पुर्याउन दरबारीया भारदारहरु तुलसी गिरी, श्री ५ का मामा शुशिल समसेर जबरा, माइजु चन्द्रकला आंचल , ज्वाईं कुमार मोहनबहादूर शाही , भान्जी दिदी रजनी चन्द र उनकापति दिवाकर लगायतले अर्बौंको ऋण बैंकलाई नतितेर ठूलो सहयोग गरेका छन् ।
सरकारले लागु गरेको २१ बुंदे कार्यक्रम त झन सम्पूर्ण नेपालीकालागि अति उत्साहबर्द्धक रह्यो । यि कार्यक्रमहरुको सफल कार्वान्वयनले काठमाडौ छिटै अन्तराष्ट्रिय मापदण्डमा पर्छ भन्ने कुरा त लाटालाईपनि थाह छ । के शिक्षा, के स्वास्थ्य, के खानेपानी सबैतिर उत्तिकै रुचि राखेर श्री ५ बाट बनाइबक्सेका कार्यक्रम मार्फत भारदारहरुलाई राम्रो ब्यबस्था गरिबक्सेबाट काठमाडौमा अमन कायम हुनेछ भन्ने कुरामा पूर्ण बिश्वास गर्न सकिन्छ ।
बहुदलिय प्रजातन्त्र र संबैधानिक राजतन्त्रमा मौसुफ कति कटिबद्ध होइबक्सन्छ भन्नेकुरा त अन्तराष्ट्रिय मन्चहरुमा मौसुफबाट व्यक्त गरिबक्सेका सारगर्वित भाषणबाट प्रष्ट हुन्छ । आफ्ना दाजुबाट शुरु भएको प्रजातन्त्रको सुद्रिढिकरणको इतिहासलाई निरन्तरतादिन मौसुफले कति मात्र दुख झेलिबक्सेन - मौसुफको दुख संझेर जो कोहि नेपालीका आंखाबाट आंशुका धारा छुट्ने गर्छन् । चाहे दरबार हत्याकाण्डमा मौसुफले पाएको दुख, चाहे वर्तमानको दुख, साच्चै मौसुफ धैर्यताका प्रतिक र प्रजातन्त्रका धरोहर होइबक्सन्छ । मौसुफले चाहे इण्डोनेशिया, चाहे कतार , चाहे मुलुकभित्र, चाहे बाहिर बोलेर हुन्छ कि, फकाएर हुन्छ प्रजातान्त्रिक परिपाटीमा आमुल परिवर्तन ल्याउन के गरिबक्सेको छैन ? हतियार बिना प्रजातन्त्र दह्रो हुन्न भन्ने कुरा मौसुफलाई अति ज्ञान भएकोले मुलुकका हतियारबिनाका आतंककारी सिध्याउन अस्ति भर्खर चीनबाट एक खेप हतियार भित्रियो । हालै मौसुफले प्रजातन्त्र रक्षाकालागि एक्लै भएपनि लड्ने र मुलुकको आन्तरिक समस्या आफै समाधान गर्ने अठोट व्यक्त गरिबक्सेको छ । र बिदेशी हस्तक्षेपबाट मलुकलाई जोगाइबक्सेर जनतालाई हौसला प्रदान गरिबक्सेको छ ।
जनताका कुरा सुनेरै मौसुफले इतिहासमा ठगिएका अपहेलित भएका व्यक्तिहरुलाई समाबिष्ट गरेर ठगिएका जनतालाई प्रजातन्त्रको मुल प्रबाहमा सामेल गरिबक्सेको छ । चाहे तुलसी गिरी , चाहे प्रकाश कोइराला , चाहे गोल्छे सार्की, चाहे सच्चित शमशेर । सबै जनामाथि कुनै न कुनै समयमा बज्रपात परेको थियो । उनीहरुको भाग खोसिएको थियो । मुल प्रबाहबाट उनीहरु गलत्यायिएका थिए । त्यसैले राष्ट्रले बिर्सनै नहुने यि पिछडिएका र ठगिएका नागरिकलाई मन्त्रीमण्डलमा समाबेस गरेर मौसुफले समाबेशी प्रजातन्त्रको उच्च अभ्यास गरिबक्सेको छ । परिणाम स्वरुप वर्तमान मन्त्रीमण्डललाई कसैलेपनि कठै भनेको छैन बरु मन्त्रीमण्डलका सबै सदस्यहरुले त जनताबाट वाह वाह र ताली पाएका छन् ।
प्रजातन्त्रको सुद्दिकरण अभियानमा श्री ५ ले के गरिबक्सेन र ? संकटकाल घोषणा गरिबक्स्यो । देश संकटमा भएका बखत नागरिकहरुले जथाभावी बोलेर कुरा बिगारीदिने डरले नागरिक अधिकारमाथि प्रतिबन्ध लगाइबक्स्यो । देश हत्या र हिंसाबाट गुज्रेकाबेला जस्तो सुकै असुविधा पनि भोग्न पर्छ भन्ने सोचेर सुपुत्रलाई जम्मा ६० लाख पर्ने मोटरसाइकल किनिबक्स्यो । यूवराज बादल र कुहिरो फाटेका बेला त्यहि भिर चढ्ने भडभडेमा चढेर नेपालका नगरकोट जस्ता दूर्गम भेगहरु पुगेर जनताका पिर मर्का बुझिबक्सन्छ ।
मौसुफ एक कर्मठ , कर्तब्य परायण राजामात्र नभएर राष्ट्र, राष्ट्रियता र मातृभूमीको रक्षामा दिलोज्यान दिइबक्सन्छ । त्यसैले माघ १९ पछि नेपालले जम्मा कालापानी बाहेक अरु जमीन गुमाएन । जनताले त्यो कुरामा चित्त दुखाएपछि मर्माहत होइवक्सेका मौसुफले तुरुन्त नेपाल, भारत र चीन बिचको सिमाना र चीन तथा भारतको सन्धि पत्र हेरिबक्स्यो । सन्धिपत्रमा कालपानी भन्ने शब्द नभएकोले जनताले चित्त दुखाउन नर्पने भनि हुकुम भो । नेपाल भारत सिमामा भारतले सडक बाहेक अरु नखनेर उदारता देखाएका कारण मौसुफ शिंह झैं गर्जिबक्सेको छैन । त्यसैले नेपालको केहि लाख हेक्टर जमिन बाहेक अरु डुबेको छैन । मौसुफले भारत र चीन जस्ता ठूला मित्रसंगको मित्रतामा सानातिना कुराको ख्याल गर्न उचित नहुने ठानेर नै शिंहको गर्जन नगरिबक्सेको हो । बरु आजकाल मौसुफले कमिलाको जस्तो मित्रता र सौहार्दता रुचाइबक्सेकोले कमिलाको जस्तै चाल अपनाइबक्सेको छ भन्ने कुरा भारदारहरुबाट व्यक्त भएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक राज्य हो । यो मुलुकमा ९१ भाषा र एक शय जातजाती तथा जनजातीका मनिसको बसोबास छ । यस्तो बिबिधता भएको मुलुकमा श्री ५ हिन्दूका एक मात्र सम्पूर्ण राजा होइबक्सन्छ ।
प्रकृतीप्रेमी राजा भनेर चिनिने भएकोले नेपालको प्रकृती संरक्षणमा त शाहवंशिय राजाहरुमध्ये र्सबाधिक लोकप्रिय राजा होइवक्सेको छ । मौसुफकै अथक प्रयत्नले हुनपर्छ अघिल्लो बर्ष ५ शय ४६ को संख्यामा रहेका गैंडा घटेर यो वर्ष ३ शय ७२ मात्र बांकी छन् । मौसुफले बडो माया गर्ने गरेको महेन्द्र प्रकृती संरक्षण कोष भने गैडा बस्ने चितवन राष्ट्रिय निकुन्जमा कार्यरत छ । श्री ५ को सो संस्थाले त झन गत बर्षेखि बाघ र गैंडाको संरक्षणकालागि बिशेष कार्यक्रम ल्याएको छ । यस्तो किन भको होला ? बाघ कराउनु र बाख्रा हराउनु यो पक्कै संयोगमात्रै त होइन होला ।
मौसुफ जि शाहका नाममा कविता रचना गरिबक्सन्छ भन्ने कुरा त नेपालीका जनजिभ्रोमा भिजेका मर्मस्पि कविताहरुबाटै थाह हुन्छ । लक्ष्मी प्रसाद देवकोटाको यात्री कविता के कविता ? न त लेखनाथ पौडेलकै चरीको बिलाप के कबिता ? कहांका गोपाल प्रसाद रिमाल , कहांकी पारिजात । श्री ५ का कुनै न कुनै मर्मस्पर्सी कविता जनजिभ्रोमा लोकगीत सरह झुण्डनुले मौसुफको कवि हृदयको जति प्रसंसा गरेपनि पुग्दैन । त्यसैले मौसुफका राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय फांटमापनि प्रसस्तै साहित्यिक रचनाहरु पाइने गरेका हुन् र अन्तराष्ट्रिय स्तरमापनि मौसुफको साहित्यिक व्यक्तित्वको चर्चा हुने गरेको हो ।
पत्रकारीताप्रति श्री ५ को रुचि त झन बिशिष्ठ किसिमको छ । राजदरवारबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित हुने रमझम पत्रिकाको सम्पादन मण्डलका अध्यक्ष समेत बनिबक्स्यो । पत्रकारिताले नै मौसुफलाई राजमुकुट प्रति सवै बफादार रहनै पर्छ भन्ने कुरा सिकाएको हो । पत्रकारितामा मौसुफको यहि रुचिका कारण अहिले राज्यले अथाह प्रेस स्वतन्त्रता पाएको छ र पत्रकारहरु त्यसको खुसीमा सिठ्ठी फुक्दै हिडेका हुन् र समाचारकोलागि भोट हाल्दै हिडेका हुन् । गोरखापत्र चाहि गोर्खापत्र त्यहि भएर बनेको हो । गोर्खापत्र दरबारमा नछापिने गरेको र साप्ताहिक नबनेको पनि त्यहि भएर हो । भने मौसुफ आफै गोर्खापत्रको संपादक नबनिबक्सेकोपनि त्यहि भएर हो । पत्रकारिता प्रतिको यस्तो लगावका कारण मौसुफले गोरखापत्रलाई दरबार बाट निकाल्न आबश्यक ठानीबक्सेको छैन । समाचार पत्रहरु राज्य र राष्ट्रमुकुटप्रति बफादार बन्नुपर्ने दूरदर्शी निर्णयका कारण अहिले सबै समाचार माध्यमहरु राज्यकेन्द्रित भएकापनि त्यहि भएर हो ।
हरेक नेपालीको घरमा शान्ति र सुरक्षा ल्याउन भनेरै शाही नेपाली सेनाका परमाधिपति आफै होइबक्सेको हो । श्री ५ यो गरिमामय पदमा आसिन भएपछि जम्मा एक हजार भन्दा बढीले ज्यान गुमाउन परेको छैन । आफ्नालाई काखा र अरुलाई पाखा पार्नै काम नगरी मौसुफ हरेक नेपालीको ज्यू ज्यानको सुरक्षाकालागि कटिबद्ध होइबक्सन्छ भन्ने कुरा त गायक प्रविण गुरुङ्गको हत्या र र्सार्बजनिक स्थानमा आतंक फैलाउने काममा दोषी यूवराज पारसलाई गरेको कारबाहीबाट प्रष्ट हुन्छ ।
मौसुफ आफ्नो देशको समृद्धि र विकासमा उल्लेखनिय काम गर्ने व्यक्तिलाईपनि उत्तिकै कदर गरिबक्सन्छ । देशका कर्मठ व्यक्ति को हुन् भन्ने कुरा दूधको दूध पानीको पानी छुट्टाएर जन्मजयन्तिमा ८ शय व्यक्तिलाई विभूषित गरेबक्सेबाट थाहहुन्छ ।
त्यसैले हरेक नेपालीको आंशु पुछ्ने, सबै नागरिकको दुख सुखलाई आफ्नै दुख सुख ठान्ने यस्ता महान, त्यागी, राष्ट्रप्रेमी, सहनशिल, निडर, मृदुभाषी, कविहृदयी, दृढ, दूरदर्शी, कुटनीतिक चार्तुयता सबै भएका र ३२ सै लक्षणले युक्त महान र प्यारा राजाको जन्मदिन साउन ७ गतेसम्म मात्रै मनाएर पुग्दैन । यो जन्मदिन बर्षभरी मनाउनु पर्छ र ७९ मूलसमिति बिस्तार गर्नुपर्छ भने सदस्य संख्यापनि २ हजार ६ शय ५६ जनाबाट बढाउनु पर्र्छ । यस्ता महान राजा एक वर्षमात्र होइन हजार बर्षबाचिरहुन् । हामी नेपालीको शुभकामना ।
लेखक नेपाल पत्रकार महासंघका सदस्य हुन् । उनले पनि आफ्नो नाम फेर्न चाहे
View Article  राजदूत पत्नीले घोक्रेठ्याक्क लगाएपछि
देशका कत्रा कत्रा समस्या मैत्रीपूर्ण ढंगले सुल्झाउन बसेका राजदूताबासका अधिकारी वा तिनका परिवारले चर्पी सफा नगरेको सामान्य बिषयलाई लिएर बर्षौ सेवा गरेको मानिसलाई घोक्रेठ्याक लगाउंछन् भन्ने कुरा कसरी पत्याउनु ?
इन्धिरा गान्धी भनेर चिनिने नेपाल स्थित चीनिया राजदूत सुन हे पिड. कि पत्नीले १५ बर्षभन्दा बढी दुतावासमा सेवा गरेका पाटन च्यासलका प्रेम मर्हजनलाई त्यसैगरि सेवाबाट निकालेकी छिन् ।
उनी बिगत १५ बर्षेखि दुतावासको चिठी ओसारपोसार गर्ने भान्सा कोठा सफा गर्ने भांडा माझ्ने जस्ता काम गर्दै आएका थिए । दूतावासको काम भनेपछि बिदापनि नलिने मर्हजनलाई एक दिन अचानक राजदूतपत्नीले आफ्नो चर्पी सफा नगरेको झोकमा काम बाट निकालीदिएपछि अहिले उनी पाटन र्फकेका छन् ।
This Month
July 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31
Year Archive