View Article  नियोगद्वारा दरबारलाई सुझाब
International mission suggests to Royal Palace


काठमाडौं । नेपालको प्रेस स्वतन्त्रताको स्थितिको अध्ययन गर्न आएको अन्तराष्ट्रिय संयुक्त नियोग ( इन्टरनेशनल एड्भोकेसी मिशन फर प्रेस फ्रिडम इन नेपाल) ले नेपालमा प्रेस स्वतन्त्रताको पक्षमा दरवार र सैना लगायत का निकायलाई बिभिन्न ३५ बुँदे सिफारिस गरेको छ ।
नियोगले १४ वटा सिफारिश राजदरबार र सरकारलाई, ७ वटा सिफरिश शाही नेपाली सेना र नेपाल प्रहरीलाई, ७ वटा सिफारिश माओवादीलाई गरेको छ । यसैगरी राष्ट्रिय सञ्चार समुदाय र अन्तराष्ट्रिय समुदायका नाममा पनि नियोगले २-२ वटा सिफारिश गरेको छ भनै ५ वटा साधारण सिफरिश गरेको छ ।

नियोगले नेपालका एफएम रेडियोहरुलाई संसारभरिकै एफएम रेडियोहरुको अगुवाको रुपमा सम्मान पहिचान गरेको छ । नियोगले जारी गरेको वक्तव्यमा एफएम रेडियोहरुले नेपालको विकास, चेतना, शान्ति र स्थिरताका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख छ ।
उच्चस्तरीय मिसनले संसारभरिका विभिन्न देशमा एफएम रेडियोहरुले समाचार प्रसारण गर्ने गरेको पनि जनाएको छ । मिसनले नेपालमा पनि संविधान, राष्ट्रिय कानुनहरु, सर्वोच्च अदालतको निर्णय समेत अधिकार दिएकोले एफएम रेडियोहरुबाट समाचार प्रसारण गर्नबाट रोक्न नहुने सिफारिश सरकारसमक्ष गरेको छ ।
एफएम रेडियोहरुमा समाचार प्रसारणमा बाधा गर्दा जनताको सूचनाको अधिकारमाथि हनन हुने नियोगको ठहर छ । यसैगरी नियोगले एफएम रेडियोहरुमा समाचार प्रसारणमा बाधा पार्दा स्वतन्त्र रेडियोमा आर्थिक संकट पर्नुका साथै रेडियोमा कार्यरत ठूलो जनशक्ति बेरोजगार हुनेतर्फसरकारलाई सचेत गराएको छ ।
अभिव्यक्ति स्वतन्त्रताका पक्षधर विश्वका एक दर्जनभन्दा बढी संस्थाका प्रतिनिधिहरुले भाग लिएको नियोगका सदस्यहरु एक हप्तादेखि नेपालमा क्रियाशील छन् । टोलीमा युनेस्को, अन्तराष्ट्रिय पत्रकार महासंघ, कमिटी टु प्रोटेक्ट जर्नालिष्ट, रिपोर्र्टर्स सान फ्रन्टियर्स, समाचारपत्रहरुको विश्व संस्था, विश्व प्रेस स्वतन्त्रता समिति, अन्तराष्ट्रिय प्रेस इन्स्टिच्यूट, अन्तराष्ट्रिय मिडिया सपोर्ट, दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन, सामुदायिक रेडियोहरुको अन्तराष्ट्रिय संगठन - अमार्क, आर्टिकल उन्नाइस लगायतका सहभागी छन् ।
टोलीको उपस्थितिमा असार ३२ गते काठमाण्डुमा भएको राष्ट्रिय सम्मेलनका साथै विराटनगर, धरान, बुटवल, नेपालगञ्ज र महेन्द्रनगरसमेतको भ्रमण र सरकारी अधिकारीहरुसँगको छलफलपछि नियोगले यो सिफरिश गरेको हो ।
नियोगले ५ वटा साधारण सिफरिश गरेको छ भने १४ वटा सिफारिश राजदरबार र सरकारलाई, ७ वटा सिफरिश शाही नेपाली सेना र नेपाल प्रहरीलाई, ७ वटा सिफारिश माओवादीलाई गरेको छ । यसैगरी राष्ट्रिय सञ्चार समुदाय र अन्तराष्ट्रिय समुदायका नाममा पनि नियोगले २-२ वटा सिफारिश गरेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, यी सिफारिशहरु कार्यान्वयन भए नभएको निरन्तर अनुगमन गरिने छ र अन्तराष्ट्रिय समुदायले नेपाली संचारजगतसँग निरन्तर मिलेर काम गरिरहने छ ।


View Article  डा. भट्टराई माथिको कारबाही फुकुवा
Dr. Bhattarai back in the high command


राजतन्त्र समाप्त पार्न सम्पूर्ण शक्ति लगाईने

नेपाल कम्यूनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले राजतन्त्र समाप्त पार्नकालागि सम्पुर्ण शक्ति   more »
This Month
July 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31
Year Archive