
अमेरिकी गुप्तचर संस्था फेडरल व्यूरो अफ इन्भेष्टिगेसन ( एफ.बी.आई ) र लागु औषध चालु निकाय ( डिइए ) ले यूवराज पारस शाहको आगूऔषध कारोबार संबन्धि गोप्य अनुसन्धान गरिरहेका छन् ।
त्यसको लागि एफबिआई र डिइएले अर्का गुप्तचर संस्था सेन्ट्रल व्यूरो लफ इन्भेष्टिगेसन ( सि.बी.आई ) , मादक पर्दाथ नियन्त्रण बोर्ड र गुप्तचर संस्थाहरुको सहयोग मागिरहेका छन् ।
प्राप्त जानकारी अनुसार दक्षिणपूर्र्वी एसियाको अमेरिकी एक निकायले पारस शाहको लागू औषध संयन्त्र तिब्र रुपमा बृद्धि भएको पत्ता लगाएपछि अनुसन्धान गर्न थालिएको हो ।
पारस शाहले लागूऔषध व्यपार विगत सातबर्षेखि संचालन गरेको र नेपाली शाही परिवार त्यस्तो व्यबसाय गत केहि वर्षेपखि अमेरिकी र गारतीय गुप्तचर संस्था नै छक्क पर्नै गरी संलग्न रहेको रिर्पोटमा उल्लेख छ । हाल यो व्यापारको संयन्त्र दक्षिण एसिया बाहिरपनि फैलदै गइरहेको छ ।
रिर्पोटका अनुसार सन् २००४ को डिसेम्बरबाट अमेरिकाको निकट दक्षिण पूर्र्वी एसियाली एक राष्ट्रले एसियाली लागू औषध व्यपारको अनुसन्धान सुरु गर्दा त्यस्तो कारोबारको मार्ग नेपालसम्म पुगेको थियो । पर्यटकको रुपमा परिचय बदलेर आएका अनुसन्धानकर्मीहरु पारस शाह संग संवन्ध स्थापित गर्न सफल भएका थिए । ति अनुसन्धानकर्मीहरुले पर्यटन प्रबद्धनको एक कार्यक्रममा निम्ताइएका पारस र स्थानिय लागू औषध मालीकहरु संग छलफल गरेका थिए । त्यतिबेलादेखि निगरानी गरेका ति अनुसन्धान कर्मीहरुले लागूऔषधको व्यपारमा पारस शाहको संलग्नता पुष्टि गरेका हुन् ।
त्यसपछि अमेरिकी निकायहरुलेसो बिषयमा भारतीय अनुसन्धानकर्मीहरुसंग र्सर्म्पक गरेका थिए । उनीहरुले पनि लागू औषध कारोवारमा पारसको संलग्नता रहेको संकेत दिएपछि त्यतिबेलादेखिनै पारस शाहमाथि अझ उच्चस्तरको अनुसन्धान भइरहेको बताइएको छ ।
स्मरण योग्य कुरा के छ भने दरबार हत्याकाण्डपछि गठित छानबिन आयोगलाई पनि पारस शाहले यूवराज दिपेन्द्रलाई उनैको माग बमोजिम चुरोटमा कालो पदार्थ भरेर दिएको बताएका थिए भने पछि छानबिन आयेगले उक्त चिजलाई नाम नखुलेको कालो पदार्थ भनेको थियो ।