|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, July 27
by
Nepal Info
on Wed 27 Jul 2005 08:18 AM PDT
Gagan Thapa arrested निषेधित क्षेत्रमा नारा जुलुश गरेको आरोपमा गगन थापा फेरि पक्राउ परेका छन् । उनलाई साधा पोसाकमा आएका सुरक्षाकर्मीहरुले आज बिहान अनामनगरमा पक्राउ गरेका थिए । मध्यान्न उनलाई अनुसन्धानकालागि सात दिन हिरासतमा राख्न सुरक्षाकर्मीहरुले बबरमहलस्थित बिशेष अदालतमा पुर्याएका थिए । गगन थापाले भने आफूले संबिधानले दिएको मौलिक अधिकार प्रयोग गरेको बताएका छन् । उनले सोमबार नागरिक समाजका तर्फबाट रत्नपार्कमा आयोजित बिरोध सभामा राजतन्त्र बिरोधी नारा लगाएका थिए । उनलाई दोश्रो पटक पक्राउ गरिएको हो ।
by
Nepal Info
on Wed 27 Jul 2005 06:51 AM PDT
बुटवल साउन १२
सरकारी संरक्षणप्राप्त हातहतियार सहितका भिजीलान्तेहरुले पश्चिम नेपालका बिभिन्न क्षेत्रमा आतंक मच्चाउन थालेका छन् । यसअघि माओवादी र सरकारी सुरक्षा अधिकारीको दोहरो मारमा परेका जनता अब तिनतिरको अत्याचार खेप्न खप्न बाध्य छन् । बुटवलका स्थानिय एक पत्रकार का अनुसार हातहतियार सहितको यस्तो समुहबाट खासगरि कपिलबस्तु रुपन्देही र नवलपरासीका स्थानिय जनता बढी पिडित भएका छन् । माओवादीको प्रतिकार गर्ने नाममा सरकारी सेनाद्धारा संरक्षणप्राप्त यस्ता भिजीलान्ते समुहहरुले माओवादी संलग्न रहेको आरोप लगाउंदै स्थानिय र्सबसाधारणमाथि अनाबश्यक केरकार गर्ने, धम्काउने, लुटपाट गर्ने,जथाभावी गालीगलौज गर्ने र आक्रमण गर्ने गरेका छन् । नवलपरासी जिल्लाका माओवादीहरुको प्रतिकारमा उत्रीएका व्यक्तिहरु सरकारले र्सबसाधारण भएको बताएपनि अधिकांश भारतिय डांकाहरु रहेको र सो डांकाहरुको समुहमा सैनिक पृतनापति समेत रहेको उनले जानकारी दिए । भारतका बिभिन्न अपराधिक कृयाकलापमा संलग्न ति डांकाहरु सुरक्षाकोलागि लामो समयदेखि नेपाली सिमा क्षेत्रमा बस्दै आएका थिए र बिगतमा तिनलाई माओवादीहरुलेपनि भरपूर उपयोग गरेका थिए । सुराकी गर्ने, हातहतियार ओसार्ने तथा चन्दा संकलन गरेर सघाउने गेरर माओवादीहरुप्रति उनीहरुले गुनपनि लगाए । तर माओवादीहरुका आबश्यकता संधैपूर्र्ती गर्न नसकेपछि आक्रोशित बनेका ति डांकाहरुलाई हाल सरकारी सेनाले पूर्ण सुरक्षा दिएर उपयोग गरेको हो । स्थानिय तहमा आतंक मच्चाइरहेका ति भिजीलान्तेहरुले माओवादीको केही कार्यक्रममा सहभागी भएकै कारण माओवादीलाई सहयोग गरेको भन्दै हाल नेपाल पत्रकार महासंघ नवलपरासी जिल्लाका पूर्व सभापती कृष्णबहादूर कार्कीलाई ज्यान लिने धम्कि दिएका छन् । बुटवलका किराना पसले रामप्रसाद भट्टर्राईका अनुसार भिजीलान्ते समुहका केहि व्यक्तिहरु स्थानिय पसलहरुमा टाइसुटयुक्त पहिरनमा आउंछन् । पसलका छेउमा बसेर स्थानिय जनताका कुरा सुन्ने ,पसलमा सामानहरुको मुल्य सोध्ने बहाना बनाएर स्थानिय राजनीतिमा संलग्न व्यक्तिहरुको चियो चर्चो गर्ने, जोगीको भेषमा आएर जनताको घरघरमा आएर सुराकी गर्ने गर्छन । उनका अनुसार सरकारले यस्ता भिजीलान्तेका रुपमा पूर्व पन्च, मण्डले ज्यानमारा लगायत अपराधीहरुलाई प्रयोग गरिरहेको छ भने तिनीहरुलाई भारतिय सुरक्षा अधिकारीहरुले समेत तालिम दिइरहेका छन् । स्थानिय गाउं ठाउंमा पहिला भिजीलान्तेहरु प्रबेश गर्ने र पछिपछि सरकारी सेनाहरु हिड्ने गरेको देखिन्छ । देखावटी रुपमा माओवादीलाई खोज्ने बहाना बनाएपनि यिनीहरुको उदेश्य सबै राजनैतिक पार्टी कार्यकर्ताहरुलाई तह लगाउने र धम्काउने र सुराकी गर्ने सरकारी मनसाय रहेको छ । तिनथरीको कर्फयू पश्चिम नेपालको रुपन्देही , नबलपरासी, कपिलबस्तु लगायत बिभिन्न ठाउंमा अहिले तिनथरीको कर्फ्यू छ । ठाउं न कुठाउंमा लगाइने कर्फ्यू कतिबेला सुरु भएको हो र कतिबेला अन्त्य हुने हो थाह हुदैन । सरकारी पक्षको वेलुका संधै कर्फ्यु छ भने भिजीलान्तेहरुकोपनि छुट्टै कर्फयू छ । त्यसैगरी माओवादीहरु आफ्नो सुरक्षा गर्न र तिनलाई अप्ठेरो पार्न आफ्नै तरिकाको कर्फ्यू छ । यि तिनै पक्षले कहां कब्जा जमाएका छन् कहां कर्फयू छ कतिवेला अन्त्य हुने हो भन्ने थाह नपाएर र्सबसाधारण अति पिडीत भएको बताउछन् बुटवलका पत्रकार । |
Categories
This Month
Month Archive
|
||