Abandon Bush, not the climate
मौसम होइन बुसलाई एक्लाऔं
बिश्व मौसम परिवर्तन सम्वन्धि क्योटो प्रोटोकल मा हस्तक्षर नर्गने बताएपछि विश्वका वातावरणबादीहरुले अमेरिकालाई एक्लाउन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरमाथि दवाब दिएका छन् ।
विश्वका आठ प्रमुख औद्योगिक राष्ट« जी ८ को हाल स्कटल्पयाडमा चलिरहेको सम्मेलनमा प्रस्ताब गरिएको मौसम परिवर्तन सम्वन्धि कार्यपत्र र क्योटो प्रोटोकलमा अमेरिकाले हस्तक्षर नर्गने भनि अमेरिकी राष्ट«पतिले बताएपछि ब्लेयरलाई सो दवाब परेको हो ।
जि ८ राष्टका वातावरणबादी संस्थाहरुले हाल विश्वभरीनै बृद्धि भइरहेको तामक्रम लागायत मौसम परिवर्तनले प्रकृती तथा मानवहितमा ठलो क्षति पारेको तथ्य प्रस्तुत गरेका छन् । त्यसको प्रमुख कारक मानब कृयाकलाप रहेकोले मौसममा असर पार्ने मानब उत्सर्ग कटौती गर्नुपर्ने तिनको भनाइ छ ।
जी ८ राष्ट«हरुले बिकासशिल देशहरुको गरिवी निवारण तथा जैविक बिबिधता संरक्षणमा आर्थिक सहयोग गर्नुपर्ने, हाल भइरहेको तापक्रम बृद्धिलाई कम गर्न बिकसित देशहरुले कार्वनडाइअक्साइड लगायत घातक ग्यासहरुको मात्रा घटाउन पर्ने, मौसम परिवतर्नबाट उत्पन्न प्रकोप कम गर्न राष्टिय र अन्तराष्टिय रुपमै स्पष्ट नीति बनाइनपर्ने र बिकाशोन्मुख देशका जनतालाई वाताबरण सुहाउंदो बिकाश निर्माणका लागि सहयोग गर्न पर्ने जस्ता कुराहरु वातावरणबादीहरुले यो बैठकमा राखेका छन् ।
यस्ता शर्त पालना गदौ आफ्नो देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने दाबी गर्दै राष्टपति बुसले ति शर्त पालना गर्न नसकिने बताएका छन् । जि ८ मा रहेका मुलुकहरुमध्ये अमेरिकाबाहेक ७ वटै राष्टहरुले क्योटो प्रोटोकलमा सहमती जनाइसकेका छन् । यसको पुर्ण कार्यान्यनकालागि अमेरिकी सरकारकोपनि सहमती चाहिन्छ । त्यसैले बेलायति प्रधानमन्त्री टोनी ब्लेयरले अमेरिकालाई सहमत गराउन भूमिका खेल्नपर्छ भनि दबाब परिरहेको छ । यदि अमेरिका सहमत हुन्न भने उसलाई एक्लाएर भएपनि बांकी राष्टले क्योटो प्रोटोकल कार्यान्यन गर्नुपर्छ भन्दै वातावरणबादीहरुले अहिले जि ८ राष्ट«हरुलाई तिब्र दबाब दिएका छन् ।
‘टोनी ब्लेयर अमेरिका र बेलायतबिच बिशेष सम्वन्ध रहेको भनि बेलाबेलामा बताउंछन् । तर यो सबालमा बेलायतलाई होच्याइएको छ । ब्लेयरले आफैंलाई क्षती हुनेभएपनि बुस संगको संम्बन्ध त्यागेरै भएपनि मौसमका बचाउनतिर लाग्नपर्छ ।’बिश्व बन्यजन्तु कोषको बिश्व मौसम कार्यक्रमकी निर्देशक जेनिफर मार्गेनले भनिन ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, July 8
by
Nepal Info
on Fri 08 Jul 2005 05:46 AM PDT
|
Categories
This Month
Month Archive
|
||