Where did they go after Royal massacre?
हत्याकाण्डपछि ति कहां गए ?

सन् २००१ जुन महिनाको पहिलो रात नारायणहिटी राजदरबारभित्र के भयो ? के यो कु अमेरिकी राष्ट्रपनि बुस प्रसासनद्धारा रचिएको थियो ? राजदरबारको नरसंहार हुनुभन्दा केहि दिन अगाडी केहि अमेरिकीहरु बौद्धस्थित हायात रिजेन्सीमा बसेका थिए । आफूहरुले पाटनमा एक अस्पताल बनाउन लागेको तिनिहरु बताउंथे । तर नारायणहिटी दरबारकाण्डपछि तिनीहरु त्यहां कहिल्यै देखापरेनन् । त्यतिबेला अधिराजकुमार ज्ञानेन्द्र ( बर्तमान राजा) पोखरामा आफ्नो प्रकृती संरक्षणको कामको रेखदेख गर्दैथिए भनि र्सार्बजनिक गरिएको थियो । तर वास्तविकता के हो भने उनी दरबारभित्र रचिएको कु को खवर प्रतिक्षा गरेर काठमाडौको विमानस्थलमा बसेका थिए । राजकुमार दीपेन्द्रलाई पहिलानै पक्राउ गरेर बालाजुस्थित सैनिक व्यारेकमा राखिएको थियो । शाहज्यादा पारस ( बर्तमान राजकुमार) र सैनिक अधिकृत मिलेर हत्यकाण्डको काम फत्ते गरे ।

 राजदरवारभित्र राजा विरेन्द्रका कर्मचारी र पारस तथा उनीसंग हत्यामा संलग्नहरुबिच भिषण गोलीहानाहान भएको थियो । हेलिकप्टरहरु रातभर उडेका देखिएका थिए र तिनले राजा वीरेन्द्रका कर्मचारीहरुको लाश बोकेका थिए । तिनलाई सीमा क्षेत्रको नदी किनारमा तह लगाइयो । मलाई योपनि थाह छ कि यो घटनाका प्रत्यक्षदर्शीहरुलाई मारियो र कतिलाई देश निकाला गरियो ।

जसले त्यो काम गर्न भूमिका खेल्यो ति त्रासमा बांचे । यदि योजना असफल भएमा भाग्न सजिलो हुनेगरी ज्ञानेन्द्र विमानस्थलमा बसे । पारसले चाहि यो घृणीत काम फत्ते गरे । आफ्ना बाबु मारिनेबेलासम्म पनि राजकुमार दीपेन्द्रलाई जिबीतै राखिएको थियो । त्यसपछि सैनिकहरुद्धारा उनको हत्या गरियो । योजना असफल भएको खण्डमा अन्यत्र शरणलिन या मुलुकबाट भाग्नकालागि दीपेन्द्रको जीवनलाई मोलमलाईकालागि जीवितै राखिएको थियो , कु मा संलग्न सैनिकहरु अधिकृतहरुद्धारा ।

अमेरिकीहरु रामरमिते मात्रै थिए की यो आमसंहारको योजनामापनि संलग्न थिए ? बेलायती र भारतीय सरकारपनि यसमा संलग्न हुनपर्छ । तर खास दृष्यबाट भने तिनले आफूलाई टाढै राखे । जे होस भारत एउटा हिन्दु राष्ट्र हो र वीरेन्द्र हिन्दू राजा । नेपाल र वेलायत दूबै शाही परिवारबिचपनि एउटा लामो संवन्ध छ ।
राजा वीरेन्द्रले कहिल्यैपनि नेकपा माओबादी बिरुद्ध शाही नेपाली सेनालाई परिचालनमा ल्याएनन् । जसले गर्दा त्यो हत्याको कारका बन्यो । ज्ञानेन्द्रलाई बुस, ब्लेयर , भारतीय शासक र नेपाली सेनाको र्समथन थियो ।

अहिलेपनि तिनले भारतीय सिमाबाट लोमान्थाङ्ग जाने बाटो निर्माण गर्दैछन । लोमान्थाङ्ग चीनियाहरु संग लड्ने अमेरिकी तालिम प्राप्त तिब्बती गुरिल्लाहरु अवतरण गर्ने प्रमुख स्थान हो चीनको सीमास्थित । अमेरिकी गुप्तचर संस्था सि आइ ए ले सन् १९६० र ७० को दशकभरी त्यहा तिब्बती गुरिल्लाहरुको क्याम्प खडा गरेको थियो । भविष्यमापनि यो भू भाग चीन विरुद्ध प्रयोग गर्न सकिने उत्तम हवाई आधार हो ।

ज्ञानेन्द्र एक सद्धाम हुसेन हुन् जसले राजाहुनका निम्ति आफ्नै दाजुभाई र परिवारको हत्या गरे । यस घटनाकौ तथ्य र्सार्वजनिक हुनपर्नै समय हौ यो । यो घटनाबारे हाम्रो सरकारको भूमिकाबारेपनि र्सार्वजनिक हुनपर्छ । हाम्रो रक्तपातपर्ण इतिहासको यो एक अर्को अध्याय हो । र हामीले हिरोइनको कारोवार गर्ने हत्यारा तानाशाहहरुलाई र्समथन गरेका छौं । म नैपाललाई संधै प्रैम गर्नैछु र नैपालका प्रसस्त संझनायौग्य क्षणहरु छन् मेरो यौवनकालका । बुद्धको जन्मभूमीमा हत्या गराउन मेरो आफ्नै देशको भूमिका रहेकोमा म लज्जितपनि छु । अमेरिकी परराष्ट्र नीतिले नेपाललाई खतम पार्यो । मन्दिरहरुको भूमीमा बि ५२ का आधार खडा गर्ने अमेरिकी नियतले मलाई सिरीङ्ग गराउंछ ।

हामीले ओसामाविन लादेन जन्मायौं । यसरी नैं हामीले आतंकवाद जन्मायौं । हामीले यसरी नै अमेरिकाप्रतिको घृणा जन्मायौं । वीरेन्द्रको विरुद्ध भन्नै पर्नै कुरा भन्नुस , नेपालीले तिनका राजा र रानीलाई प्रेम गरे । तिनले यो सत्य थाहपाएपछि यो बिछोडको घटनामा हाम्रो भूमिकाको घृणा गर्नेछन् ।
जय नेपाल । स्वतन्त्र नेपाल ।

दरवार हत्याकाण्ड भएको ४ बर्षसम्म पनि नेपाली जनताले आफ्ना राजारानीको हत्यारा को थियो भन्ने कुरा थाह पाउन सकेनन । पर्दाभित्र भएको यो घृणित काण्डमा अमेरिका तथा भारतकोपनि भित्री सहयोग र र्समथन थियो कि थिएन भन्नै कुरा पनि हाम्रालागि रहस्यकै बिषय हौ । दरबार हत्याकाण्ड जति पुरानो भयो अब सत्य तथ्य पत्ता पाउने समयपनि टाढै हुदै गएको छ ।

विदेशीहरु दरबार हत्याकाण्डबारे के सोच्दा रहेछन् भन्ने कुरा 'द किङ्ग अफ नेपाल' पुस्तकका लेखक जोशेफ पियत्रीको यो लेख उनको सहमातीमा अनुवाद गरेर राखेका हौं । उनी नेपाली राजदरबारका ज्ञाता मानिन्छन् । यो उनको स्वतन्त्र बिचार हो