नेपाली व्लग तथा वेभसाइटहरु
Contact us: nepalinfoblog@yahoo.com
|
Tuesday, August 30

कति शुद्द राजाको भाषा !
by
Nepal Info
on Tue 30 Aug 2005 01:02 PM PDT
How clear Nepali does the king speak !
नेपाली भाषा र नेपाली संस्कृति बारे संधै चिन्तित
भएको कुरा गर्छन् राजा। तर उनी आफै कत्तिको सुद्द बोल्छन् भन्ने हर्न हिजो
भदौ १३ को अन्तरवार्तामा हेरौं ।
मनमा शान्ति भयो भन्देखिन त्यो बाहिर फैलिए वातावरणीय शान्ति पनि हुन्छ । तर अहिले हामीलाई अप्ठयारो केही न केही तत्त्वहरू, दुर्भाग्यवश हिंसा फैलाइराख्या'छन्, चन्दा उठाइराख्या'छ रे, आतङ्क भैराख्या'छ रे, त्रसित छन् जनता ।
एक समय थियो मैले के सुन्थें भन्देखि जनताबाटै- आतङ्कवादीहरूले ल्याएको विचारहरू जनतालाई सुधार ल्याउन खोज्या'छ, जनताले खोजेको काम गर्न खोज्या'छन् यो के भा छ त ? जब त्यो विन्दु नाघ्यो र आतङ्कतिर लागे तिनीहरू अनि जनताले पनि साथ दिन छोडे ।
पहिले हामीले सुन्थेँ- एकचालीसवटा माग थ्यो रे, यति माग थ्यो रे, उति माग थ्यो रे
। त्यो मागमा कति कुरा त राम्रो पनि थियो नभा' होइन । त्यो समयको
सरकारहरूले विचार पुर्याउन सकेन कि ? नत्र भने केही न केही त्यो समयमा केही गर्दियायति खाल्टोमा पर्ने थिएन कि ? अब अहिले पनि म के भन्छु भन्देखि कतिपय कुरा त त्यो अहिले हाम्ले ल्याएको २१ बुँदे कार्यक्रममा पनि हाम्ले त्यो 'अड्रेस' गर्न खोज्या'
हातमा लिएको फूल पनि सुकिसक्याथ्यो तर त्यो दिनैपर्नेथ्यो, त्यो पनि मेरो
अनुभव भयो यसपालि । अब अवश्य मैले के सुनेँ भन्देखिन केही तत्त्वहरूले
यसलाई बिथोल्न खोज्या थियो रे । कहीँ न कहीँ उनीहरूले आफ्नो 'प्रेजेन्स फेल्ट' गराउन पनि खोजेको थियो रे, तर जनताले नै उनीहरूलाई जवाफ दिइसक्या छन् । उनीहरू आएकोमा ।
सबभन्दा पहिले म पनि एउटा 'ह्युमन बिइङ' हो । 'ह्युमन बिइङ' ले 'हिट' मा गएपछि पसिना काट्छ तर त्यो अब हामीले के गर्नुपर्छ भन्देखि त्यो पसिनालाई 'प्रोडक्टिभ' पार्ने कि न पार्ने ? 'कन्सट्रक्टिभ' पार्नुपर्यो र 'प्रोडक्टिभ' तिर लाग्नुपर्यो ।
यो महत्त्वपूर्ण छ र के भने पसिना पनि काडिन्छ, अप्ठयारो पनि हुन्छ, धूलो
पनि खाइन्छ, देशै त्यस्तो छ, कहीँ जानुपरे पनि डाँडा एउटा काट्नै पर्छ,
एउटा चढ्नै पर्छ ।
साभार: कान्तिपुर भदौ १४, 'माघ १९ पछि नेपालीको आत्मबल बढेको छ’
भएदेखि अहिले हामी छौँ ।
Monday, August 29

कांग्रेसले संबैधानिक राजतन्त्र झिक्यो
by
Nepal Info
on Mon 29 Aug 2005 07:37 AM PDT
NC omites the Constitutional monarchy from its Statute
काठमाण्डौं भदौ १३,
भोलीदेखि हुन लागिरहेको नेपाली कांग्रेसको एघारौं महाधिवेशनको पूर्वतयारीका क्रममा आज बसेको नेपाली कांग्रेसको केन्द्रिय कमिटीको बैठकले आफ्नो बिधानबाट संवैधानिक राजतन्त्रलाई हटाएको छ । नेपाली कांग्रेका तर्फबाट अब नेपालको राजतन्त्रबारेको निर्णय गर्ने जिम्मा जनतालाई नै सुम्पने ऐतिहासिक निर्णय भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा राजतन्त्रसम्बन्धी चर्को विवाद भएपछि आज बसेको केन्द्रिय समितीको बैठकले उक्त निर्णय गरेको हो । संवैधानिक राजतन्त्रलाई यथावत राख्नुपर्ने भनि अडान लिएकी शैलजा आर्चायले आजको बैठक बहिस्कार गर्दै नोट अफ डिसेन्ट लेख्नुभएको थियो ।
स्रोतका अनुसार हिजोको बैठकमा रामचन्द्र पौडेल, रामशरण महत र नरहरी आचार्यलगायतले अब कांग्रेसको विधानमा राजतन्त्रलाई राख्न नहुने अडान राखेका थिए भने कृष्ण सिटौला, सैलजा आचार्य, रामवरण यादब लगायतका मध्यमार्गी नेताहरुले अहिल्यै राजतन्त्र हटाउने बेला भइनसकेको जिकिर गरेका थिए ।
त्यसै गरी नेपाली कांग्रेसका अर्का नेता नरहरी आचार्यले हिजै सभापति पदमा उमेद्वारीको औपचारिक घोषणा गर्नुभएको छ। आफ्नै निवासमा केही पत्रकारहरुलाई बोलाएर आचार्यले महाधिवेशनमा कांग्रेस सभापतिमा चुनाव लड्ने घोषणा गर्नुभयो । आचार्यले भन्नुभयो-'पार्टी आफ्नै परीक्षाका लागि पनि म सभापतिमा उठ्छु । आचार्यले मुलुक गणतन्त्र उन्मुख हुदै गएकाले परम्परागत यथास्थितिमा नेपाली कांग्रेस रहन नसक्ने बताउनुभएको छ । साथै जनतालाई शासनको सर्वोच्चता सुम्पन संविधान सभालाई एजेण्डा बनाइनुपर्ने धारणा आचार्यले अघि सार्नुभएको छ ।
राजधानीमै आइतबार आयोजित एक कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय नेता कृष्णप्रसाद सिटौलाले पनि मुलुक गणतन्त्र उन्मुख भएको बताउनुभएको छ । कांग्रेस महाधिवेशनले जनताको सर्वोच्चता, सेनालाई जनताको अधीनमा राख्ने र राज्यको पुनसंरचना सम्बन्धी विषयमा अग्रगामी निर्णय लिने सिटौलाले आश्वासन दिनुभएको छ । जनतालाई राष्ट्रिय एकताको मूल धारमा त्याउन र सबैमा राष्ट्रिय भावनाको विकास गराउन महाधिवेशनले विशेष कार्यक्रम तर्जुमा गर्ने सिटौलाको कथन छ । त्यसैगरि संयुक्त आन्दोलनलाई सशक्त पार्ने कुरामा पनि ध्यान केन्द्रित गरिने उहांले बताउनु भएको छ । महाधिवेशनमा कार्यसमितीका ३० जना सहित कुल १४ सय ६५ जना प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
Friday, August 26

सभामुखद्वारा राजाको विरोध
by
Nepal Info
on Fri 26 Aug 2005 07:02 AM PDT
House of representative's spokeman is also against the king
काठमाण्डौ भदौ, १०
विघटित प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाटले माघ १९ पछिको राजाको प्रयोग असफल भएकाले देश दौडाहामा निस्किनुपरेको बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख रानाभाटले भन्नुभयो-'श्री ५ स्वयं बर्तमान अवस्थाबाट असन्तुष्ट होइबक्सन्छ । निर्दलीय चरित्र भएका व्यक्तिहरु टिपेर काम लिन खोजिएको थियो तर, त्यसले काम नगरेपछि महाराजधिराज आफै दौडिइराख्नु परेको छ ।'
असोज १८ पछि आन्दोलनमा नआएका कारण दलहरुबाट राजापरस्तको आरोपसमेत खप्दै आउनुभएका सभामुखले राजाका सबै प्रयोगहरु असफल भैसकेको ठोकुवासमेत गर्नुभयो । कार्यक्रममा बोल्दै रानाभाटले भन्नुभयो-' पहिले लोकेन्द्रबहादुर चन्दलाई ल्याएर र्सवदलीय प्रयोग गर्न खोजियो, त्यो असफल भयो । त्यसपछि सूर्यबहादुर थापालाई ल्याएर निर्दलीय अभ्यास गरियो, त्यो पनि सफल भएन । एमाले र देउवाहरुलाई टिपेर र्सवदलीय अभ्यास गरियो, त्यो पनि सफल भएन र अहिले निर्दलीय चरित्रका मान्छेलाई टिपिएको छ ।' राजाको भ्रमणका सम्बन्धमा टिप्पणी गर्दै सभामुखले भन्नुभयो-'सहयोगीहरु कमजोर भएपछि राजा र प्रधानमन्त्रीहरु स्थिति बुझ्न भन्दै आफैं देश डुल्ने गर्दछन् । अब महाराजधिराज के आशा गरेर फर्किबक्सेला ?
बर्तमान मुलुकको समस्या समाधानका लागि राजाले सैनिक सहयोगबाट मात्रै अगाडि बढ्न खोज्ने हो भने त्यो अत्यन्तै अदुरदर्शी काम हुने र त्यसले राजाकै लागि दुर्घटना निम्त्याउन सक्ने उहांले चुनौतीसमेत दिनुभएको छ । संसद पुनर्स्थापना भएमा द्वन्द्व समाधानमा सजिलो हुने भए पनि राजाले धारा १२७ प्रयोग गरेर संसदको पुनर्स्थापना गर्न नमिल्ने सभामुखले बताउनुभयो ।'संसद पुनस्थापना धारा १२७ लगाएर गर्ने हो भने भोलि फेरि विघटन र पुनर्गठन गर्ने अधिकार पनि राजालाई जान्छ, त्यसो गरिनु हंदैन ।'-उहांले भन्नुभयो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न सक्ने तर अहिले यसबारे त्यहां बहस चलिरहेकाले बोल्नु उपयुक्त नहुने उहांले तर्क गर्नुभयो । स्मरण रहोस् सभामुख रानाभाट शुरुदेखि नै संसद पुनर्स्थापनाको पक्षमा उभिंदै आउनुभएको छ । विहीबारको कायैक्रममा उहांले भन्नुभयो-' हिजो संसद विघटनमै पनि मेरो सहमति थिएन ।'
रानाभाटले नेपालमा प्रजातन्त्रपछि पनि शोषण र अन्याय यथावत रहेकाले माओवादी आन्दोलन फष्टाएको बताउनुभयो । '१५ वर्ष शासनमा हामीले निष्पक्षता देखाउन सकेनौं, शुशासन कायम गर्न सकेनौं, जनताको चित्त बुझाउन सकेनौं, त्यसैले सारा युवायुवतीहरुले बन्दूक बोके, माओवादीहरुले उनीहरुको मन जिते ।'-सभामुखले भन्नुभयो ।
आसन्न कांग्रेस महाधिवेशनमा आफूले गिरिजाप्रसाद कोइरालालाई नै सभापति पदमा मत दिने तर उहांले नेपाली कांग्रेसलाई एकतावद्ध र प्रजातान्त्रीकरण गर्नुपर्ने शर्त पनि रानाभाटले अघि सार्नुभयो । सभामुखको तर्क थियो- 'म गिरिजाबाबुलाई नै भोट दिन्छु तर शर्तसहित ।' कांग्रेसले महाधिवेशनमा गणतन्त्र र संविधान सभाका विषयमा छलफल गर्नै नहुने र संबैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रप्रतिको पुरानो अडान फेर्न नहुनेमा उहांले विशेष जोड दिनुभयो ।
Wednesday, August 24
राजाले ३५ माओवादीको नाम बुझाए
by
Nepal Info
on Wed 24 Aug 2005 08:55 AM PDT
India Using Maoists Against Nepal !
काठमाडौ भदौ ८
२००४ को जुनमा राजाले भारत भ्रमण गर्दा भारतमा बसेर काम गरिरहेका ३५ उच्च माओवादीहरुका नाम भारत सरकार समक्ष बुझाएको हालै एक पाकिस्तानी अनलाइनले लेखेको छ ।अनलाइनका अनुसार ती नेताहरु भारतको दार्जलिङ्गमा लुकेर बसेको बिस्वासपनि गरेको छ । माओवादी र्सर्घषको मुख्य आधार भारत संग भएकोले त्यतिबेलाको राजाको भ्रमण त्यसैलाई नियन्त्रण गर्नकालागि भएको दावीपनि गरिएको छ ।
सोवीया निसारद्धारा लेखिएको र पाकटि्रव्यून अनलाइनले प्रकाशित गरेअनुसार भारतीय पत्रिकाहरुले पाकिस्तानले नेपाली माओवादीलाई र्समथन गरेको आरोप लगाउदै समाचाहरु प्रवाह गरेपनि भारतले नै नेपाली माओवादीहरुलाई नेपाल र बंगलादेश बिरुद्ध प्रयोग गरिरहेको दावी समेत गरको छ । लेखमा छिमेकी मुलुकमा आफ्नो स्वार्थबृद्धि गर्नकालागि अस्थिरता बढाउनु भारतको प्रार्थमिकता भएको आरोप लगाउदै भनिएको छ - भारतले उसको गुप्तचर संस्था र को माध्यमबाट आफ्नो छिमेकी मुलुकमा अस्थिरता बढाउन श्रीलंका भुटान नेपाल र छिमेकी देशमा आतंककारी गतिबिधी बढाएको छ । महत्वपूर्ण कुरा के छ भने भारतको माओइष्ट कम्यूनिष्ट सेन्टर , पिपल्स वार ग्रुप र माओवादीबिच कार्यगत संभावना छ । ति भारतीय कम्यूनिष्ट पार्टीहरुलेनै नेपाली माओवादीहरुलाई हतियार र अन्य सामाग्री उपलब्ध गराउंदै आएका छन् । भारतले आफ्नो लडाकु संस्था मार्फत नेपालमा आतंकवाद फैलाएको र नेपालको सुरक्षा संयन्त्रमाथि आक्रमण गर्न माओवादीलाई भारतमा संरक्षण दिएको आरोप पनि लगाइएको छ । नेपाली माओवादीहरु भारतका निम्ति आफ्नो स्वार्थ पूरा गर्ने गतिलो हतियार भएको आरोप समेत छ । बिस्तृत का लागि यहा हेर्नुहोस
http://www.paktribune.com/news/index.php?id=116512
माओवादीले राजाको भ्रमण बिथोल्ने
by
Nepal Info
on Wed 24 Aug 2005 07:46 AM PDT
The Maoists have publicized the names of 60 RNA soldiers abducted from Pili
काठमाडौ भदौ ८
संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गर्न अमेरिका पुग्नु अघि राजाले पूर्वाञ्चलको भ्रमण सकेर सूदूरपश्चिमाञ्चलको भ्रमण थालेका छन् । जगतको आंखामा छारो हाल्न राजाले यो भ्रमण थालेपनि राजालाई यि जिल्लाको भ्रमण गर्न सजिलो भने नहुने भएको छ । नेकपा माओवादीको पश्चिमी कमाण्डका इर्न्चाज कान्छाबहादूरले एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै राजाको भ्रमणका क्रममा राजाको भ्रमणलाई बिथोल्न र बिबिध बिरोधका कार्यक्रम थाल्न कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् । यस्ता बिरोधका कार्यक्रमहरुमध्ये जनसभा, जनप्रदर्शन, कोणसभा, नाराबाजी, फायरिङ्ग जुलुश, मशाल जुलुश, पुत्ला जलाउने, प्रशासनिक निकायहरुमाथि ध्वंश, नाकाबन्दी, जिल्ला बन्द आदि रहेका छन् ।
पिलीबाट लगिएका सेनाहरुको नाम प्रकाशित
यरैगरी पिली आक्रमणका क्रममा माओवादीले आफ्नो साथमा लिएका शाही नेपाली सेनाका नामहरु प्रकाशित गर्दै उनीहरुलाई भेट्न मानवअधिकारवादीहरु, पत्रकारहरु र तिनका परिवार आउन सक्ने जानकारी दिएका छन् भने गत साउन २३ गते कालीकोट पिली कार्वाहीबाट गिरफ्तार भएका ६० सेनाहरुको नाम र ठेगना यस प्रकाशित गरेका छन् जुन यस प्रकार रहेका छन्:
जीवन तामा ( नुवाकोट), श्याम र्राई (उदयपुर), तुलराज अर्याल (भक्तपुर) ,सुमन तामाङ (ललितपुर), सुबुनारायण श्रेष्ठ (काठमाडौं), सुरेन्द्र जौगोरे (भक्तपुर), सन्तबहादुर तामाङ (सिन्धुपाल्चोक), गुणराज रिमाल (नुवाकोट), केशर थापामगर (नुवाकोट), लक्ष्मीकृष्ण देसार (ललितपुर), राम लामा(काभ्रे) लालकृष्ण नगरकोट (काठमाडौं), जीतबहादुर खत्री (सुर्खेत), टेकबहादुर तामाङ (काभ्रे), बुद्धिबहादुर तामाङ (नुवाकोट), लक्ष्मण तामाङ (सिन्धुपाल्चोक), ठाकुर सिजाकुटी (लमजुङ), धर्मबहादुर तामाङ (नुवाकोट), जीतबहादुर मोक्तान (ओखलढुंगा), रामबाबु आलेमगर (ओखलढुंगा) कामीसिंह तामाङ (सिन्धुपाल्चोक), शिवहरि कार्की (दोलखा), खड्ग तामाङ (दोलखा), वीरबहादुर तामाङ (भक्तपुर) हेमराज भण्डारी (बर्दिया), अमर लामा (रामेछाप), सूर्यबहादुर श्रेष्ठ (काठमाडौं), दिलबहादुर खत्री (सुर्खेत), कृष्णबहादुर तामाङ (नुवाकोट), प्रदिप कार्की (भक्तपुर) सिंहबहादुर कार्की (ओखलढुंगा), रामबहादुर श्रेष्ठ (मकानपुर), तीर्थ धिताल (गोरखा) वाघसिंह तामाङ (ललितपुर) इन्द्रकुमार श्रेष्ठ (खोटाङ), कुमार थापा (स्याङजा), झिल्के तामाङ (ललितपुर), विशाल लामा (सिन्धुपाल्चोक), जीवन तामाङ (काठमाडौं), वाघसिंह तामाङ (नुवाकोट), बुद्धनारायण सिंह (काठमाडौं), टंकबहादुर आलेमगर (दोलखा), शिव कार्की (धार्दिङ), रामबहादुर तामाङ (सिन्धुपाल्चोक), काजी अधिकारी (रामेछापं), कैलाश डांगी (दाङ), सरोज रानाभाट (तनहु“), हरिराम चौगठी (भक्तपुर), जीतबहादुर तामाङ (नुवाकोट), श्याम तामाङ (भक्तपुर), अनिल कुवर (धादिङ), अमर बहादुर कुवर (कास्की), प्रेमबहादुर तामाङ (नुवाकोट), ज्ञानबहादुर तामाङ (नुवाकोट), रामबहादुर तामाङ (सिन्धुपाल्चोक), कृष्णबहादुर तामाङ (नुवाकोट), सूर्य बहादुर धमला (धादिङ), केशव फुयाल (दोलखा) निग्मबहादुर चौधरी (दाङ), नेत्रबहादुर र्घर्ती मगर (स्याङजा) ।
Monday, August 22
प्रेसमाथि अंकुश कायम
by
Nepal Info
on Mon 22 Aug 2005 10:22 AM PDT
Findings of the 'International Press Freedom and Freedom of Expression Mission to Nepal' published today
काठमाडौ भदौ ६
जुलाइको मध्यमा नेपालको संचार माध्यमको अध्ययनकालागि नेपाल गएको अन्तराष्टिय मिडिया मिसन टोलीले आज एक संयुक्त प्रेस बिज्ञप्ती प्रकाशित गरेको छ । अभिव्यक्ति स्वतन्त्रता तथा संचार अधिकार, संचार माध्यममा काम गर्ने संचारकर्मीहरुमाथि भएको र्दूव्यवहार, नेपालको संचार कानून, संचार माध्यममाथि भैरहेको प्रत्यक्ष र अप्रत्यक्ष सेन्सरसिप, एफ एम रेडियो र जिल्लाका संचार माध्यम गरि रिर्पोटलाई ६ भागमा बिभाजित गरिएको छ ।
बितेका १० वर्षा नेपालको संचार क्षेत्रले शान्ति, प्रजातन्त्र बिकास र स्वच्छ सरकारको प्रर्वद्धनकालागि महत्वपूर्ण भूमिका खेलीरहेको भएपनि माघ १९ पछि यि अधिकारहरुमा अंकुश लगाइएको उल्लेख गर्दे भनेको छ - प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम निरन्तर भैरहेको छ ।
मिडीया मिसनमा १२ वटा अन्तराष्टिय गैहृ सरकारी संस्थाको सहभागिता रहेको थियो । बिज्ञप्ती जस्ताको तस्तैकालागि किल्क गर्नुहोस
http://www.rsf.org/article.php3?id_article=14744
शाही सेनामा भ्रष्टाचार बढ्यो
by
Nepal Info
on Mon 22 Aug 2005 09:34 AM PDT
Corruption is increasing in RNA
काठमाण्डौ भदौ ६
कालीकोटको पिलीमा हार खाएको शाही नेपाली सेना यतिखेर आन्तरिक झगडा र
आर्थिक अनियमितामा चुर्लुम्म डुब्न थालेको छ । पिलीमा सेना पठाउने जर्नेल
नरेश बस्नेतले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि हुनेवाला चिफ रुक्माङ्गत
कटुवाललाई ६० लाखको गाडी र एउटा घर किनिदिएका छन् ।
पिलीमा विनापूर्वाधार शाही नेपाली सेनालाई बाटो. खन्न पठाएको नरेश
बस्नेतमाथि आरोप लागेको छ । उनले विकास निर्माण सम्बन्धी सेनाको
ठेक्कापट्टामा हात हालेर ठूलो रकम कमाउंदै आएका छन् । हाल बस्नेतले
युद्धकार्य निर्देशक डीएमआइ का किरणसमशेर थापाबाट खप्कीसमेत खाएका छन् ।
त्यसपछि आफूलाई कार्वाहीबाट जोगिन कोटेश्वरमा रुक्माङगत् कटुवालको साथीको
घरै छेउमा अर्को घर किनिदिएका छन् । डीएमओका किरणसमशेर थापा भने भर्खर्रै
अमेरिका गएका छन् ।
उता पोखरामा पृतनापति हुंदा हेलीकोप्टरबाट मान्छे खसाल्ने तथा माओवादीबाट
कब्जा गरिएको सुनचांदी आफ्नो खल्तीमा हाल्ने प्रकाश बस्नेतलाई सम्भार रथी
विभागमा ल्याइने भएको छ । सैनिकका लागि आवश्यक सामग्रीहरु खरीद बिक्री
गर्ने सम्भार रथी विभागमा सरदचन्द्र शाहको इन्ट्रेसमा बस्नेतलाई ल्याइएको
रहस्य खुलेको छ । यस कारणले कि शरदचन्द्रका छोरा सविन शाह ठेक्कापट्टा
गर्ने व्यक्ति हुन् ।
नेपाल एफएमविरुद्ध राजासंग गुहार
by
Nepal Info
on Mon 22 Aug 2005 08:43 AM PDT
Minister of information suggested to the King to close Nepal FM
काठमाडौं ( भाद्र ६) । नेपाल एफएम ९१.८ को इजाजत पत्र रद्द गर्न सूचना तथा सञ्चारमन्त्री टंक ढकाल र शाही नेपाली सेना फेरि लागिपरेको छ । यसक्रममा सरकारको आदेश पालना नगर्ने नेपाल एफएमको इजाजत पत्र रद्द गर्न पाउनुपर्ने माग दावी गर्दै सरकारले हिजो महान्याधिबक्ताको कार्यालयमा पत्र पठायो भने आज महान्याधिबक्ताको कार्यालयले सवोच्च अदालतमा नेपाल एफ एमका बिरुद्ध मुद्दा दायर गर्यो । उक्त मद्दामाथि भोलीबाट सुनुवाइ शुरु हुने भएको छ ।
असंवैधानिक सरकारका असंवैधानिक उपाध्यक्ष डा. तुलसी गिरीको सिंहदरबारस्थित कार्यालयमा भएको एक छलफलपछि जसरी पनि एफएममा समाचार रोक्ने निर्णयमा सरकार पुगेको हो । अदालतले अन्तरिम आदेश दिएको भोलिपल्टै भएको त्यो छलफलमा सेना र सूचना तथा सञ्चारका उच्च अधिकारीहरु सामेल थिए ।
त्यही निर्णय र त्यसपछिको कानूनी तयारी नेपाल एफएमको इजाजत पत्र रद्द लागिएको प्रक्रिया रोक्न अदालतले अन्तरिम आदेश दिएपछि सरकारले त्यसविरुद्ध अदालती प्रकृया थालेको हो । सूचना तथा सञ्चार मन्त्रालयले र्सत नमान्ने प्रसारण संस्थाहरूलाई कारबाही गर्न पाउने आफ्नो अधिकार भएको दाबी गरेको छ ।
मन्त्रालयका सचिव लोकमानसिंह कार्कीले हस्ताक्षर गरेको पत्रमा एफएमविरुद्ध चालिएको कारबाही रोक्ने अदालतको अन्तरिम आदेश फुकुवा गर्न माग गरिएको छ । तर, यो तयारी टंक ढकाल वा लोकमानसिंह कार्कीको बुता र बुद्धिले मात्र पूरा भएको होइन ।दरबारीया श्रोतहरुबाट प्राप्त जानकारी अनुसार, यसै हप्ता टंक ढकालले जसरी पनि एफएममा समाचार बन्द गर्न राजालाई भेटी प्रधानन्यायाधीशलाई आदेश दिनसमेत राजासंग गुहार मागेका थिए । त्यसपछि राजाले प्रधानन्यायाधीशलाई आदेश दिए नदिएको भने थाहा हुनसकेको छैन ।
राजासंग टंक ढकालले एफएममा समाचार बन्द नगरिए राजीनामा दिने घुर्कीसमेत लगाएका थिए । "सरकार, अरु उपाय केही नलागे सेना पठाएर भए पनि एफएममा समाचार रोक्नुपर्यो, नत्र म त चलाउन सक्दिन, राजीनामा दिन्छु", उनले विन्ती बिसाएको भाषा उनकै मुखबाट सुनेका एक दरबारियाले उनलाई उद्धृत गर्दै सुनाए- सरकारको माघ १९ को कदमपछिको यो नै सबैभन्दा ठूलो धक्का हो, यसलाई जसरी पनि रोक्नुपर्यो ।
माघ १९ गतेको राजाको निरंकुश कदमपछि सबै रेडियोहरुले समाचार प्रसारण बन्द गरेकोमा सरकारको आदेशको अवज्ञा गर्दै नेपाल एफएमले असार २३ गतेदेखि दिनको दुइ पटक राजधानी खबर प्रसारण गरिरहेको छ । तर त्यसमा आपत्ति जनाउंदै साउन १९ गते सञ्चार मन्त्रालयले नेपाल एफएमको इजाजतपत्र नै रद्द गर्नसकिने धम्कीसहितको सात दिने निर्देशन दिएको थियो ।
त्यो आदेशविरुद्ध नेपाल एफएमले रिट निवेदन दायर गरेपछि साउन २६ गते न्यायाधीश अनुपराज शर्माको एकल इजलासले विवादको अन्तिम टुंगो नलागेसम्म एफएमको इजाजतपत्र खारेज नगर्न सरकारलाई आदेश दिएको थियो । तर, सरकारी पत्रमा नेपाल एफएमले इजाजतपत्रको माध्यमबाट प्राप्त गरेको सिर्जित हक भनेको प्रचलित कानुनबमोजिमसम्म उपभोग गर्न पाउने हक हो भन्दै समाचारमूलक कार्यक्रम प्रसारण गर्न रोक लगाएको कानुनको अधीनमा छ भन्ने दाबी गरिएको छ । मन्त्रालयले हिजो अदालतका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाएको पत्रमा सर्वोच्च अदालतको अन्तरिम आदेश संविधान र कानुनविपरीत भएको दाबी गर्दै खारेज गर्न मागसमेत गरिएको छ ।
अदालतले नेपाल एफएमलाई कारबाही नगर्न सरकारलाई अन्तरिम आदेश दिएपछि अरु एफएम रेडियोहरुले पनि समाचार तथा समाचारमूलक कार्यक्रम प्रसारण गर्न थालिसकेका छन् । नेपाल एफएमले राजधानी खवरलाई निरन्तरता दिंदै बिहान ६ बजे 'नेपाल डायरी' नामक आधा घण्टको कार्यक्रम पनि प्रशारण गर्ने गरेको छ ।
सर्वोच्चले नेपाल एफएमको इजाजतपत्र रद्द गर्ने सम्बन्धि पत्र पठाउनुको कारण खुलाई जवाफ १५ भित्र पेश गर्न पनि सरकारलाई आदेश दिएको थियो । त्यस अनुसार सूचना तथा सञ्चारमन्त्री टंक ढकालले हिजै अदालतलाई जवाफ दिएका छन् । उनले जवाफमा संविधानमा भएको छापाखाना तथा पत्रपत्रिकासम्वन्धी हक प्रसारण संस्थाहरुलाई नभएको अदालतकै एक नजीरविरुद्ध हुने दावी गरेका छन् ।
भारतीय नेपालीमा पहिचानको संकट
by
Nepal Info
on Sun 21 Aug 2005 09:11 PM PDT
Indian Nepalis' identity crisis
सिक्कीमका मुख्य मन्त्री पवन कुमार चाम्लिड.ले भारतीय नेपालीहरुमा पहिचानको संकट परेको बताउनुभएको छ । आफूहरु गलत ढंगले नेपालका बिभिन्न घटनामा संलग्न हुने गरकोले त्यस्तो संकट परेको बताउनुभएको छ । उहांले उक्त कुरा १३ औं नेपाली भाषा मान्यता दिवसका अवसरमा मुख्य अतिथिका तर्फबाट बोल्दै बताउनुभएको हो । भारतका नेपालीहरुले आफ्नो पहिचान कायम गर्नकालागि नेपालका नेपाली र आफूहरुबिच स्पष्ठ भिन्नता छुट्टाउनपनि उहांले भारतका नेपालीहरुलाई आव्हान गर्नुभयो ।
त्यस अवसरमा उहांले अधिकांश साहित्यिक व्यक्तिहरुले पूरस्कार प्राप्त गरेपछि आफ्नो भाषा साहित्यकालागि लेख्न छोडेको आरोप लगाउंदै उहाले सिक्कीमका प्रतिष्ठित साहित्यकारहरुलाई आफ्नो संस्कुती र इतिहास बारे निरन्तर कलम चलाउनआग्रह गर्नुभयो । नेपाली भाषाले मान्यता पाएपछि त्यसबाट लाभ उठाउनुको साटो हामीले यो फाइदा कसरी प्राप्त गर्यौं भनेर जस लिन १२ वर्ष खर्च गरिसक्यौं उहाको आरोप थियो । बिस्तृत जानकारीकालागि http:// www.insn.org किलिक्क गर्नुहोस
राष्टसंघकै अगाडी राजाको बिरोध गरिने
Nepalis to protest against the king in front of the UN headquater
देशभित्र र बिभिन्न मित्रराष्टहरुवाट तिब्र बिरोधको सामना गरिरहेका राजा ज्ञानेन्द्रको हुकुमी शासन बिरुद्ध अमेरिका निवासी नेपालीहरुपनि उत्रिने भएका छन् । राजा ज्ञानेन्द्रले संयूक्त राष्टसंघको ६० औं भेलालाई सम्वोधन गर्ने सेप्टेम्वर १६ का दिन त्यहास्थित नेपालीहरुले संयूक्त राष्टसंघको भवन अगाडी बिरोध जनाउने छन् ।
नेपाल डेमोक्रेटिक यूथ काउन्सिल र अलायन्स फर डेमोक्रेटिक एन्ड ह्यूमन राइट्स नामक संस्थाद्धारा उक्त बिरोध कार्यकमको आयोजना गरिन लागिएको हो । नेपाली समुदायले त्यहा भागलिन आउने बिश्वका १७० भन्दा बढि राष्टाध्यक्ष समक्ष नेपालमा प्रजातन्त्र पूनर्स्थापित गराउनकालागि राजा ज्ञानेन्द्रलाई दवावदिन आब्हान गर्ने उदेश्यले उक्त बिरोध प्रदर्शन गरिन लागिएको हो ।
ति दूवै संस्थाहरुले संयूक्त रुपमा प्रकाशित गरिएको प्रेश बिज्ञप्तीमा भनिएको छ- राजा ज्ञानेन्द्रद्धारा फेब्रुअरी १ मा खोसीएको अधिकार जनतालाई हरुतान्तरण गर्न दवाव दिन हामी बिश्वभरीका नेताहरुसमक्ष आव्हृन गर्छौ ।
अर्थपूर्ण प्रजातन्त्र, दीघकालीन शान्ति र आर्थिक बिकास गर्ने नाममा देशको सम्पूर्ण अधिकार लिइ ६ महिना अगाडी देखि शासन गरेपनि ति कुनैपनि बाचा पूरा नभएको र देश अहिले झन संकट तर्फ मोडिएकोपनि वक्तव्यमा उल्लेख छ । बिभिन्न संघ संस्था र जनताको प्रतिनिधित्व गर्ने राजनैतिक दल लगायतका सबैको सकामुहिक प्रयासबाट मात्रै देशको वर्तमान समस्या हल हुन सक्ने बताउंदै राजालाई अविलम्व प्रजातान्त्रीक दिशातर्फ फर्किन अनुरोध गरिएको छ र त्यहा ओयोजना गरिएको बिरोध कार्यकम नेपालमा संचालन भैरहेको प्रजातान्त्रिक आन्दोलनमा र्समथनमा र एक्यवद्धताकालागि भएकोपनि स्पष्ट पारिएको छ ।
यसैविच नेपालमा भने अमेरिकामा बसोबास गर्दै आइरहेका नेपालीहरुको सहयोग लिएर राजाको हुकुमी शासन बिरुद्ध अन्तराष्टिय जगतमा व्यापक प्रचार प्रसा |