View Article  नेपाल एफ एमले इजाजत पायो
The Supreme Court protects Nepal FM

काठमाडौ साउन २६

र्सबाच्च अदालतले अर्को आदेश जारी नभैन्जेल सम्मकालागि नेपाल एफ एमले समाचार प्रसारण गर्न पाउने भनि आज अन्तरिम आदेश आज जारी गरेको छ । नेपाल एफ एमको इजाजत किन रद्ध गर्न चाहेको कारण सहित उपस्थित हुन र्सबोच्च अदालतले सूचना तथा संचार मन्त्रालयलाई अनुरोध गर्दै उक्त आदेश जारी गरेको हो । सबोच्च अदालतका न्यायधिस अनुपराज शर्माको एकल बेञ्चले उक्त आदेश जारी गरको हो ।
एफ .एम स्टेशनहरुमा समाचार प्रसारण गर्न नपाइने भनि सरकारले दिएको निर्दैशनको उल्लंघन गर्दै राजाको जन्मउत्सव पारेर नेपाल एफ एमले असार २३ देखि समाचार प्रसारण शुरु गरेको थियो । सरकारले दिएको आदेश उल्लघंन गरेर समाचार प्रसारणको भन्दै सूचना तथा संचार मन्त्रालयले गत अगष्ट ३ तारिखका दिन नेपाल एफ एमको इजाजत रद्ध गरिदिने धम्कि दिएको थियो ।
नेपाल एफ एमले र्सबोच्चको यो आदेशबाट आफू अत्यन्त उत्साहित भएको र आउदा दिनमा समाचार प्रसारणको समय अबधि अझ बढाइने जानकारी दिएको छ ।
उता आजैबाट र्सुखेतको रेडियो भेरी, दाड.को रेडियो स्वर्गद्धारी, पाल्पाको रेडियो मदनपोखरा, चितवनको सिर्नजी एफ एम ले पनि समाचार प्रसारण शुरु गरेका छन् ।
उता कम्यूनिकेशन कर्नरले रोकिदै आएको समाचारमुलक रेडियो कार्यक्रम कायाकैरनपनि भोलीबाटै प्रसारण गरिने भएको छ भने यो कार्यक्रमलाई मनकामना एफ .एम हेटौडा, कालिका एफ .एम भरतपूर, रेडियो बीरगन्ज, रेडियो मदनपोखरा ,रेडियो भेरी र बुटवल एफ .एमले पुन प्रसारण गर्ने भएका छन् ।
View Article  आज सैनिक हेडक्वाटरमा खैलाबैला
Big debeats today at the RNA headquarter

काठमाण्डौ संवाददाता साउन २६

कालिकोट जिल्लाको पिलीमा माओवादीले भिषण आक्रमण गरेर २ सय २७ जना सैनिकहरुलाई पराजित गरेपछि शाही नेपाली सेनाको हेडक्वाटरमा खैलाबैला मच्चिएको छ । पिली घटनाको भोलिपल्ट मंगलबार दिउ“सो दुइ बजे सेनाको युद्ध कार्य विभाग (डिएमओ) हलमा डिएमओका प्रमुख किरणसमशेर थापाले ब्रिगेडियर जनरल नरेश बस्नेतलाई बोलाएर धतुरो झारेका छन् ।
श्री ५ का पञ्चायतकालीन सैनिक सचिव ऋषिकुमार पाण्डेका ज्वाइ पर्ने नरेश बस्नेत सेनाभित्रका अरबपति हुन् । बस्नेतको काठमाण्डौं विशालनगरस्थित घरमा स्वमिङ पुलसमेत छ । यिनै बस्नेतले ठेक्का पट्टाबाट ठूलो धनराशि हात पार्ने उद्देश्यले पिलीमा पूर्वाधारबिनै सेना र हतियार   more »
View Article  राजा र दलहरु मिल्न राजदूतको सुझाव


Why the United States is so interested in Nepal ?American Ambassador to Nepal James F Moriarty



काठमाडौ साउन २५
नेपालकालागि अमेरिकी राजदूत जेम्स एफ. मोरीआर्टीले पार्टी संसदीय पार्टी र राजा मिलेर नेपालको समस्या समाधान गर्न पर्ने बताउनुभएको छ ।
उहाले आज “नेपाल विश्व सम्बन्ध परिषद” र “अमेरिकी सूचना केन्द्र” द्वारा आयोजित नेपाल - अमेरिका सम्बन्ध विषयक काठमाडौंमा आयोजित कार्यवक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
माओवादीहरु शिक्षित, खुला-सोच राख्ने जनतालाई सखाप पार्ने योजनामा रहेको र उनीहरुले आफ्नो क्रान्तिलाई दक्षिण एसियाभरि नियार्त गर्न चाहेको उल्लेख गर्दै उहाले यस्तो युद्धले पुरै दक्षिण एसियालाई खतरामा पार्ने दावी समेत गर्नुभयो । त्यसैले नेपालको वर्तमान समस्या समाधान गर्न राजा , राजनीतिक पार्टीहरु मिलेर माओवादी समास्या समाधान गर्न पर्ने बिचार राख्नुभयो ।

उहाको भनाइ जस्ताको तस्तै

आज म, नेपाल र संयुक्त राज्य अमेरिकाको लामो मित्रतालाई आत्मसात गर्दै दुइवटा सर्न्दर्भमा चर्चा गर्न चाहन्छु, जुन इतिहासको यस कालखण्डमा नेपालका लागि अत्यन्तै महत्वपूर्ण रहेको म विश्वास गर्दछु । ती दुइ सर्न्दर्भहरु हुन् - प्रजातन्त्र र मेलमिलाप । खास विषयमा प्रवेश गर्नु अगाडि म मेरो देश ; संयुक्त राज्य अमेरिकाले किन यी यस्ता विषयहरुमा आवाज उठाउने साहस गर्दछ भन्ने सर्न्दर्भमा पनि प्रकाश पार्न चाहन्छु ।

राष्ट्रपति जर्ज डब्लु बुसले आफ्नो दोस्रो कार्यकालको सम्बोधन मन्तब्यमा घोषणा गर्नुभएको थियो कि संयुक्त राज्य अमेरिका प्रत्येक शासक र राष्ट्रको सामु निरन्तररुपमा यो कुरा स्पष्ट राख्दछ ; अमेरिका दमन, जुन सधैं गलत ठहरिन्छ त्यसको पक्षधर नभएर स्वतन्त्रता, जुन शाश्वत सत्य हो सधैं त्यसको नैतिकतापूर्वक छनोट गर्दछ ।

स्वतन्त्रता नै, मेरा मित्रहरु, हाम्रो इतिहासको यस कठिन कालखण्डमा विश्वसंगको अमेरिकी संलग्नताको आधारशीला हो । तपाईहरुको इतिहासको यस कठिन कालखण्डमा नेपालसंगको हाम्रो संलग्नताको आधारशीला पनि यही स्वतन्त्रता नै हो ।

स्वतन्त्रता, नागरिक हक-अधिकार र प्रजातन्त्र नै यस्ता सिद्धान्तहरु हुन् जसको आधारमा मेरो राष्ट्र उभिएको छ । यिनै सिद्धान्तहरुलाई आज हामीले आत्मसात गरेका छौं । यिनै सिद्धान्तहरु हाम्रो भविष्यका लागि पनि महत्व राख्दछन् । म मेरा राष्ट्रपतिको नेपालका लागि प्रतिनिधि भएका कारणले यो मान्दछु की, यिनै सिद्धान्तहरु तपाईहरुको राष्ट्रको भविष्यका लागि पनि महत्व राख्दछन् ।नेपाल आज दोसांधमा उभिएको छ जबसम्म मूल्यमा आधारित स्वतन्त्रता, नागरिक हक-अधिकार र प्रजातन्त्रले एकपल्ट फेरि वैधानिक राजनैतिक दलहरु मार्फत दलहरुको बिचमा निरन्तर रुपमा रहिरहेको फाटोले खालि माओवादी र तिनीहरुको नेपाललाई बर्बर र प्राचीनकालीन युगमा परिणत गर्ने योजनामा सहयोग पुऋयाउंछ ।
मलाई सधैंजसो संयुक्त राज्य अमेरिका नेपाल प्रति यति धैरै किन चासो राख्दछ भन्ने प्रश्न गर्ने गरिन्छ । यो आउंदो वर्षअमेरिकी सरकारले ४४ मिलियन अमेरिकी डलर द्विपक्षिय विकास सहयोगका रुपमा - स्वास्थ्य कार्यक्रम, सुशासन, जलविद्युत लगायत द्वन्द प्रभावितहरुका लागि र प्रजातन्त्र एवं शान्तिका लागि प्रदान गर्दैछ । यो सहयोग हाम्रो नेपालप्रतिको सद्भावपूर्ण निरन्तर सहयोगको प्रमाण त हो । यी सहयोग के ले प्रेरित छन् त ?

हाम्रो क्षेत्रीय स्थायित्व प्रतिको चासो निःसन्देह यसको एउटा कारक तत्व हो । माओवादी व्रि्रोहले हिंसात्मक विचारधाराको माध्यमबाट पहिले राष्ट्रलाई आफ्नो कब्जामा लिएर, त्यसपछि शान्त छिमेकी राष्ट्रहरुमा संर्घष फैलाउने दुरासय एकदम चिन्ताजनक देखिन्छ । हाम्रो अर्को चासो चाहि जुन मेरा राष्ट्रपतिले इङ्गति गर्नुभएको सर्न्दर्भ हो ; स्वतन्त्रता । स्वतन्त्रता र प्रजातन्त्रको परिचायक रहेको मेरो राष्ट्र ; संयुक्त राज्य अमेरिका यी नै दइ कुराहरु विश्वभरी फैलियोस भन्ने सदिक्षा राख्दछ । हामी यो कुरामा विश्वास गर्दछौं की स्वतन्त्रता मानिसको जन्मसिध्द अधिकार हो र अधिकारमा आधारित प्रजातन्त्र यस्तो बाटो हो जसले बहुसंख्यकको इच्छा र अल्पसंख्यकको सुरक्षालाई सन्तुलनमा राख्दछ ।

तपाईहरुको १२ वर्षो क्रियाशिल प्रजातन्त्रकालमा नेपालले गर्व गर्न लायक उपलब्धि हासिल गरेको थियो । साक्षरताको प्रतिशत बृध्दि भएको थियो, सडकहरु निर्माण भएका थिए, विकास योजनाहरुले गति लिएका थिए, वैदेशीक लगानि बृध्दि भएको थियो, अनि चुनावद्वारा जनताको आवाज सुनिन थालिएको थियो । यद्दपि कलिलो प्रजातन्त्र शान्त सागरमा कहिले तैरिन सक्दैन । यहांका राजनैतिक संगठनहरुमा भ्रष्टाचार, फितला नीति र अन्यौल चाहिं थिए नै , यो कुरा चाहिं नकार्न सकिंदैन । तर यस्तो अवस्था कलिलो प्रजातन्त्रकालमा रहनसक्छ । मेरै देशको प्रजातन्त्रकालका शुरुका केही दशकहरुलाई हेरौं ; धेरै कुराहरु पक्कै पनि अन्योल ग्रस्त थिए । हामीलाई थाहा छ, प्रजातन्त्रिक पद्दतिको विकास गर्न कत्तिको चुनौतीपूर्ण हुन्छ भनेर तर नेपाल ती चुनौतीहरुको सन् २००२ पूर्व सामना गर्ने कार्यमा लागिरहेकै थियो ।

वास्तवमा, नेपाल विश्वका अन्य नवविकाशोन्मुख प्रजातन्त्र मध्येको एक हुनसक्थ्यो । संर्घषशील तर विस्तारै नव-प्रजातान्त्रिक वातावरण निर्माण गर्दै आएको राष्ट्र । एउटा कुरा नभएको भए मात्र । त्यो हो माओवादी विद्रोह ।कतिपयले बिद्रोहीहरुलाई एउटा यस्तो समाजवादीहरुको समूह भनेर चित्रित गरेका छन् जो उत्पीडितहरुलाई बढि अधिकार दिन चाहन्छन् र सरकारद्वारा ग्रामीण जनतालाई ध्यान दिन र सामाजिक न्याय दिलाउन चाहन्छन् । त्यस्ता उद्देश्यहरु प्रशंसनीय छन् , तर अन्य राजनीतिक दलहरुले तिनलाई हिंसारहित रणनीतिद्वारा नै सम्बोधन गरिरहेका छन् । हामी आशा गछौं की एक दिन माओवादीहरु पनि राजनीतिक मूलधारको एक हिस्सा बन्नेछन् र हतियार त्याग गर्नेछन् । तर अहिले नै चैं उनीहरुका आफ्नै शब्दहरु र व्यवहारले अन्य कुराहरु बताइरहेकाछन् । उनीहरु कृषिलाई सामूहिकीकरण गराउन चाहन्छन् । व्यापक भोकमरीको एक सूत्र । उनीहरु वर्ग शत्रुहरुलाई पुनःशिक्षित गराउन चाहन्छन । शिक्षित, खुला-सोच राख्ने जनतालाई सखाप पार्ने एक योजना । उनीहरु आफ्नो क्रान्ति नियार्त गर्न चाहन्छन् ।एक यस्तो युद्ध जसले पुरै दक्षिण एसियालाई खतरामा पार्नेछ ।

हामी कदापि यो भुल्न सक्दैनौ कि हामी यस्ता विचारधारीहरुसंग व्यवहार गरिरहेका छौं जो संग स्टालिन, माओ र पोल पोटका सबै हिंसात्मक छापहरु छन् र जो उनीहरुको सशस्त्र संर्घषको न्यायिकताबारेमा लगातार जोड दिन्छन् । उनीहरुको शासन परोपकारी समाजवादको हुने छैन । यो त स्वाधिन नेपालीहरुमाथि एक अधिनायकवादी प्रहार हुनेछ । शान्तिभन्दा अरु केही नचाहेका राजनीतिक दलका कार्यकर्ता, स्थानीय सरकारी कार्यालय, पत्रकार, मानव अधिकारवादी कार्यकर्ता र अन्य निर्दोष नागरिकहरुमाथिको आक्रमणद्वारा माओवादीहरुले प्रजातन्त्रलाई नै दिनहुं प्रहार गरिरहेका छन् । माओवादीहरुले त्यस्तो केही काम गरेका छैनन् जसले उनीहरु परिवर्तनका लागि तयार रहेको संकेत दिन सक्छ । उनीहरुको शब्दभन्दा उनीहरुको कार्यले नै ठूलो आवाज दिएको छ । उनीहरु प्रजातन्त्रप्रति निष्ठा राख्दैनन् । यो कुरा नबिर्र्सौं कि माओवादीहरुले नेपालमा सन १९९९ देखि चुनाव सम्पन्न हुनवाट रोक्न बल र धम्कीको प्रयोग गरेका छन् । चुनाव नभएको अवस्थामा क्रियाशिल प्रजातन्त्र रहन सक्दैन ।

नेपालका वैधानिक राजनीतिक दलहरुले पनि हाल देशले सामना गरिरहेको समस्या सुल्झाउन केही जिम्मेवारी लिनै पर्छ । दलहरु सत्तामा रहेका बेला धेरै नेपालीहरुले उनीहरुलाई देशको आवश्यकताभन्दा पनि आफ्नो दलगत र निजि स्वार्थलाई माथि राखेका झगडालु जातिका रुपमा देखे । सत्ताबाट बाहिरिएपछि दलहरुले भ्रष्टाचार, नातावाद, दलभित्रै प्रजातन्त्रको कमी र पारदर्शिताको कमी लगायत उनीहरुका कमी-कमजोरीलाई सम्वोधन गर्न केही कदम चालेका छन् । जबसम्म दलहरुले यी कमी-कमजोरीहरुलाई प्रभावकारी ढंगले सम्वोधन गर्दैनन् उनीहरुले धेरै नेपालीहरुको विश्वास र भरोसा पुनः जित्नसक्ने छैनन् । तर दलहरुका कमी-कमजोरीहरुको माने यो होइन कि प्रजातन्त्रले नेपालमा काम गर्न सक्दैन । बरु यसले त निर्वाचनको र क्रियाशील प्रजातन्त्रको आवश्यकतामानै जोड दिन्छ ता कि नेपाली जनताले उनीहरुको हुनेवाला नेताहरुका लागि आफ्नो राय राख्न सक्नेछन् ।

माघ १९ को कारवाहीले प्रजातन्त्र एक ठूलो कदम पछाडी धकेलिएको स्पष्ट रुपमा प्रतिविम्वित गऋयो । धेरैजसो राजनीतिक बन्दीहरुको रिहाई र औपचारिक संकटकालको अन्त्यसंगै हामीले अप्रिल र मे महिनामा केही प्रगति देख्यौं । त्यसपछि हामीले सरकारले बहुदलिय प्रजातन्त्रको लक्ष्यका लागि आफैंले उल्लेख गरेका कुराहरुतर्फकमै मात्र गतिविधि चालाएको देखेका छौ । सरकारले कागजमा राखेको चार बुंदे योजना सह्रानिय छ । यसले भ्रष्टाचार हटाउने, आतंकवादलाई प्रहार गर्ने, वित्तीय अनुशासन लागु गर्ने र कुशल शासन सुनिश्चित गर्ने कुराहरु सम्पन्न गरेमा ती पनि सह्रानिय नै हुनेछन् ।

यद्यपी सरकारले कसरी भन्न सक्छ कि उसले वित्तीय अनुशासन लागु गरिरहेको छ जब कि यसका दुइ मन्त्रीहरु नै ऋण चुककर्ता छन् ? सरकारले कसरी भन्न सक्छ कि उ भ्रष्टाचार विरुद्ध लड्न गंभीर छ जब कि पूर्वप्रधानमन्त्री देउवालाई लगाइएको भ्रष्टाचार आरोपका बारेमा एसियाली विकास बैंकको आफ्नै प्रतिवेदनलाई उ जानी बुझी उपेक्षा गर्दछ ? सरकारले कसरी भन्न सक्छ कि उ विधानको नियम अन्तरगत रहि कुशल शासन संचालन गरिरहेछ जब कि गैरन्यायिक भ्रष्टाचार निवारण शाही आयोगको हालैको फैसला वैधानिक अधिकारको एक गंभीर प्रयोग भन्दा पनि एउटा राजनीतिक प्रतिशोध जस्तो देखिन्छ र जब कि अभिव्यक्तिको स्वतन्त्रताका लागि जनता आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्दा राजद्रोहको आरोपमा बन्दी बनाइन्छन् ?

माघ १९ मा लागु गरिएको प्रत्यक्ष शासनको छ महिना पछि सरकार पंचायतकालका राजनीतिक नेताहरुले भरिएको र दोषी-प्रमाणित अपराधी समेत रहेको संदिग्ध मन्त्रीमण्डलसंगै आफ्नै भित्री सिद्धान्तहरुमा पछाडि गएको देखिन्छ । यदि दरबार सा“च्चै नै प्रजातन्त्रप्रति प्रतिबद्ध छ भने उसले त्यो बोली र व्यवहार दुवैमा देखाउनु पर्छ ।
हामी सरकारलाई संचार जगत र निजी अभिव्यक्तिको स्वतन्त्रता लगायत आम नागरिक अधिकारको पूनस्थापना गर्न आव्हान गर्छन् । हामी सरकारलाई सबै राजनीतिक बन्दीहरु रिहा गर्न आव्हान गर्छन् । हामी दरबारलाई सच्चा प्रस्तावसहित राजनीतिक दलहरुसंग हात बढाउन आव्हान गछौर्ं जसले उनीहरुको बहुदलिय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको साझा कार्यक्रमलाई प्रतिबिम्बित गर्दछ र पूर्ण निर्वाचकीय प्रजातन्त्र पुर्नस्थापना गर्दछ ।

राजनैतिक दलहरुले पनि अर्कोतर्फबाट हात बढाइएमा, खुला बिचारका साथ त्यसलाई स्वीकार गर्नुपर्दछ । यसको अर्थ सरकारले सतहीरुपमा भनेका सबै कुरालाई स्वीकार गर्ने भन्ने होइन, यसको मतलब नेपालका विद्यमान समस्याहरुको समाधानका निम्ति विश्वासिलो ढंगले वार्ता गर्न इच्छुक हुनु हो । सातदलद्वारा निर्मित न्यूनतम साझा कार्यक्रम एक राम्रो शुरुवात हो, यस वृहत एकताले हामीलाई खुसी बनाएको छ । तर नेपाल अगाडि बढ्नका निम्ति एक आठौं पक्ष-दरबार-पनि समावेश गरिनु जरुरी छ । प्रजातन्त्रलाई क्रियाशील बनाउन दलहरु सबै विचारहरु माथि छलफल गर्न तयार छन् भन्ने कुरा स्पष्ट पार्नु पर्दछ । राजनैतिक दलहरुले गर्ने त्यही हो । उनीहरु सम्झौता गर्छन्, छलफल गर्छन्, गठबन्धन निमार्ण गर्छन्, जनताको आकांक्षा पुरा गर्ने सरकार र नीति निर्माण गर्न दलहरु सहकार्य गर्दछन् ।जनता मेलमिलाप चाहन्छन् । उनीहरु शान्ति चाहन्छन् । माओवादी आक्रमणको विरुद्ध एकताबद्ध प्रजातान्त्रिक सरकारनै शान्ति प्राप्तिको बाटो हो ।

नेपाल कस्तो किसिमको प्रजातन्त्र चाहन्छ भन्ने कुरा आम रुपमा कहिल्यै चर्चा भएको पाईंदैन । २०४६ को संविधँन युगान्तकारी थियो र यसले १२ वर्षम्म राम्रै काम गर्यो । अहिलेको उद्देश्य चांहि क्रियाशील प्रजातन्त्रमा र्फकनु नै हो । खासमा त्यसको अर्थ चुनाव नै हो । प्रजातन्त्र जनताको, जनताद्वारा र जनताकालागि नै हो । प्रजातन्त्र भनेको निर्वाचित सरकार हो । प्रजातन्त्र भनेको जीवन्त राजनैतिक दलहरु र स्वतन्त्र राजनैतिक छलफल हो । नेपाल कसरी त्यसतर्फ र्फकन सक्छ र त्यो नेपालीहरुले निधो गर्ने कुरा हो । तर सबै वैधानिक शक्तिहरु ,दलहरु र दरबार एक ठाउंमा नभएसम्म त्यो हुन सक्दैन ।

नेपालका बालबलिकाहरु ,तपाईका छोराछोरीहरु, बालबलिकाहरु जसो काठमाडौं उपत्यका बाहिर द्वन्दमा फसेकाछन्, जो बन्दुक बोक्छन्, जो केवल शिक्षा, रोजगारी र शान्तिपूर्ण भविष्य चाहन्छन् र भविष्यमा गएर यस देशमा शासन गर्नेछन्, यिनीहरुका निम्ति सबै वैधानिक राजनैतिक शक्तिहरु आ-आफ्ना मतभेदहरु भन्दा माथि उठेर संगै काम गर्ने योजना तयार गर्नुपर्दछ । अन्यथा शासन गर्नका लागि देशनै नरहन पनि सक्दछ ।

जब मेरो आफ्नै देशको अस्तित्व गृहयुद्धले संकटमा पारेको थियो, राष्ट-पति अब्राहम लिंकनले एक लोकप्रिय घोषणा गर्नुभयो, “एउटा विभाजित घर आफैं खडा रहन सक्दैन ।” यी विचारशील शब्दहरु केबल फोस्रा अभिव्यक्तिहरु मात्र होइनन्, तर सत्य हुन् । नेपालको संदर्भमा यो यहां अहिले सत्य प्रतित हुन्छ । यदी वैधानिक शक्तिहरु विभाजित रहिरहेभने नेपालले यो खप्न सक्दैन । आफ्ना बालबच्चाहरुको भविष्य सुरक्षित राख्नका लागि तपाईहरुले अहिले कदम चाल्नपर्छ ।अन्त्यमा म के भन्न चाहन्छु भने, नेपालको प्रजातन्त्र कसरी निमार्ण गर्ने भन्ने कुरा अमेरिकाले भन्ने होइन । तर हामी स्पष्टसंग भन्न चाहन्छौं कि यो प्रजातन्त्र यहां हुनै पर्दछ र त्यो पनि तत्कालै । भावुक हुने समय गइसक्यो । अब काम गर्ने बेला भएको छ ।
This Month
August 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive