|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Thursday, August 11
by
Nepal Info
on Thu 11 Aug 2005 09:17 AM PDT
When Madhab Nepal spoke about Republic काठमाण्डौ साउन २७ नेकपा ( एमाले)का महासचिब माधवकुमार नेपालले तीन दिनअघि पुल्चौक इञ्जिनियरिङ क्याम्पसमा आयोजित अनेरास्ववियूका भूतपूर्व विधार्थीहरुको कार्यक्रमलाई सम्वोधन गर्दा सबैलाई एकपटक हंसाउनुभयो । उहांले भन्नुभयो- अब हामी माओवादीसंग मिल्यौं मिल्यौं । कसैको धाकधम्कीले डराउने छैनौ । सक्छौ भने हामीलाई पक्र, तागत छ भने हामीलाई प्रतिवन्ध लगाऊ वा आंतकवादी घोषणा गर । अब हामी अगाडि बढ्यौ बढ्यौं । ढुलमुल र धर्मर राजनीतिक अभिव्यक्ति दिइरहनुभएका एमाले महासचिवले अचानक यसरी क्रान्तिकारी कुरा गरेपछि सहभागीहरुले तालीको गड्गडाहटद्धारा त्यसलाई स्वागत गरे । त्यसपछि फेरि महासचिव नेपालले भन्नुभयो - 'नेकपा एमाले गणतन्त्रवादी पार्टी हो , अब हामीले यही मञ्चबाट गणतन्त्रमा जाने घोषणा गर्नुपर्दछ । फेरि हलमा ताली पड्कियो । तर, ताली रोकिनासाथ महासचिव नेपालले अघिल्लो वाक्यलाई पूरा गर्दै भन्नुभयो- 'बामदेव कामरेडले अघि सोफामा बसेका बेला मलाई यसो भन्नुभयो । वामदेब कामरेडले यही मञ्चबाट गणतन्त्रमा जाने घोषणा घोषणा गर्नुपर्छ भन्नुभयो । महासचिवले यसो भनेपछि हल सुनसान भयो । कसैले पनि ताली बजाएन । महासचिब नेपालचाहिं अगाडि भन्दै हुनुहुन्थ्यो- 'यसरी मञ्चबाटै गणतन्त्रमा जाने घोषणा गरेर हुंदैन, बैठक वस्नुपर्छ, निर्णय गर्नुपर्छ, डिसिजन गर्नुपर्छ ।
by
Nepal Info
on Thu 11 Aug 2005 08:02 AM PDT
Another clash in Nawalparasi; eight more in Maoist captivity
काठमाडौ साउन २७ नवलपरासी जिल्लाको महेन्द्र राजमार्ग खण्डमा पर्ने आरुडखोलामा आज भएको भिडन्तमा १० माओवादी मारिएको र ५ शाही नेपाली सेना घाइते भएको शाही नेपाली सेनाले जनाएको छ ।महेन्द्र राजमार्ग खण्डमा रहेका बमहरु निष्क्रय पार्ने क्रममा सेनामाथि माओवादीले आक्रमण गरेको सेनाको दावी भएपनि मारिनेहरुको शव कहा छ भन्ने बारे बिस्तत बिबरण आइसकेको छैन। यसैगरि नेकपा माओवादीको जनमुक्ति सेना पश्चिम डिभिजनले आज एक प्रेस विज्ञप्ती मार्फत अहिले आफ्नो कव्जामा ६० जना सैनिकहरु रहेको उल्लेख गरेको छ । कालिकोटको पिला आक्रमणपछि माओवादीहरुले कूल ५२ जना सेनाहरु आफ्नो कव्जामा रहेको वताएका थिए । तर आक्रमण पछि घटनास्थल वरपर आफ्नो सेनाले र्सच गर्दा थप ८ सेनालाई आफ्नो कव्जामा लिएको बताएपनि माओवादीहरुले कुन ठाउवाट उनीहरुलाई कव्जामा लिए भन्ने कुरा वताएका छैनन । हेरौ उनीहरुको विज्ञप्ती जस्ताको तस्तै ने.क.पा.(माओवादी) जनमुक्ति सेना, नेपाल पश्चिम डिभिजन प्रेस वक्तव्य जनमुक्ति सेना, नेपालको पश्चिम डिभिजनले यही साउन २३ गते सा“झ ५.४० देखि भोलिपल्ट विहान ४ बजेसम्म कालिकोट पिलीमा रहेको श्वेत सेनाको आधार शिविरमाथि सशक्त आक्रमण गरी विजय प्राप्त गरेको घटनाबारे डिभिजन क.प्रभाकरले आफ्नो प्रेस वक्तव्यमार्फ स्पष्ट जानकारी र्सार्वजनिक गरिसक्नुभएको छ । यस सर्न्दर्भमा संयुक्त राष्ट्रसंघको मानवधिकार उच्च आयुक्तका नेपालस्थित कार्यालय र अन्य मानवधिकारवादीहरुको यस कार्वाहीमा कब्जा गरिएका शवेत सेनाका जवानहरुलाई मानवीय व्यवहार गर्न भनि गरिएको अनुरोधका सर्न्दर्भमा ने.क.पा (माओवादी)का अध्यक्ष तथा जनमुक्ति सेना, नेपालका र्सवोच्च कमाण्डर क.प्रचण्डले श्रावण २६ गते एक प्रेस वक्तव्यमार्फ र्सार्वजनिक गर्नुभएको निर्देशनबमोजिम कार्यान्वयन गर्न बचनबद्धता जाहेर गर्दछ । हामी मानवधिकारवादी, संचार जगत र आदरणीय जनसमुदाय यस कार्वाहीका सर्न्दर्भमा के थप जानकारी गराउन चाहन्छौं भने पश्चिम डिभिजनको एक टुकुडी कार्वाहीस्थल वरिपरि र्सच गरी साउन २५ गते सर्म्पर्कमा आएको छ त्यसैले थप आठ जना शाही सेनाका जवानहरुलाई कब्जा गरेर ल्याएको छ । अतः कब्जा गरिएका शाही सेनाहरुको संख्या ६० पुगेको जानकारी गराउ“दछौं । मिति २०६२ साल श्रावण २७ सुदर्शन प्रवक्ता जनमुक्ति सेना, नेपाल पश्चिम डिभिजन ने.क.पा.(माओवादी) |
Categories
This Month
Month Archive
|
||