जुलाई २८ मा छापिएको जोशेफ पियत्रीको लेखको बांकी अंश


The majority of drug dealers are from the royal family


पछिल्लो सरकार अघिल्लोको अनुपातमा झन भ्रष्टाचारी देखिनमा सन् १९९० को प्रजातन्त्रले झन सफल बनायो । सन् १९९६ मा माओवादी आन्दोलन शुरु भएपछि झण्डै तर वर्तमानमा भने यो संख्या बढिसकेको छ । नेपाल अहिले रगतको आहालै भएको छ ।राजा वीरेन्द्रले शाही नेपाली सेनालाई कहिल्यैपनि माओवादी बिरुद्ध परिचालीत गराएनन । जुन २००१ को शाही नरसंहारको कारण बन्यो । ज्ञानेन्द्रलाई राजा बन्नबाट अबरोध पुग्ने सबैको हत्या गरियो ।

अधिकांस सञ्चार माध्यमले यसलाई दोहोरो भिडन्त भरुपमा चित्रण गर्छन् । तर त्यो बाहृय शक्तिको आशिर्वादमा ज्ञानेन्द्र र शाही सेनाद्धारा रचिएको राष्ट्रिय कु हो । हत्याकाण्डबाट बच्न शाहज्यादा भागेर बालाजु सैनिक व्यारेक पुगेका थिए जाहां उनलाई हत्या गरिएको थियो । थोरै नेपालीले मात्र राजदरवार हत्याकाण्डको सरकारी भनाईलाई बिश्वास गर्छन। लामो समयदेखिको रक्सी र हेरोइनको समस्याले गर्दा दीपेन्द्रलाई दोष लगाउन सजिलो भयो । आफ्ना दाजुको अकस्मात मृत्यु भएको खण्डमा यस्ता राजकुमारलाई राजा हुनदिने संभावन थिएन ज्ञानेन्द्रबाट । रक्सीले गर्दा राजामापनि स्वास्थ्यमा समस्या थियो । सेनाले पनि त्यस्तै सोच्नाले ज्ञानेन्द्र अहिले राजा भएका छन् । अहिले उनैको बाबुको एकतन्त्रिय शासन फर्कीएको छ ।
अमेरिकामा सेप्टेम्वर ११ मा भएको आतंककारी हमलाले गर्दा परिस्थत बदलियो । नेपालपनि आतंकको लडाइमा समाहीत भयो र बि ५२ जस्ता लडाकू वीमानलाई आफ्नो आकासमा उड्न दिन स्विकार गर्यो । राजालेपनि माओवादी आन्दोलनलाई आतंककारी घोषणा गरे । अहिले वेलायत अमेरिका र भारतबाट माओवादी बिरुद्ध लड्न राजाले ठूलो सहयोग पाउंछन् । अमेरिकी र वेलायती उच्च्स्तरिय सेनाद्धारा शाही नेपाली सेनालाई तालीम दिइन्छ । राजाले चारसय भाडाका सैनिक रादेका छन् जसले माओवादीसंगको लडाइमा अग्रिम पंक्तिमा नेतृत्व गर्छन् । राजा ज्ञानेन्द्रले अमेरिकी र्समथन पाउन बुस प्रसासन संग के वाचा गरेका छन् ?

शाही नेपाली परिवारको अमेरिकीगुप्तचर संस्था सिआइए संग बर्षौंदेखिको संलग्नता छ । सन् १९६० र ७० को दशकमा सिआइएले लोमान्थाड.को चीनिया पठारमा गोप्य आधारक्षेत्र खडा गरेको थियो । यो ठाउ सिआइएद्धारा तालिम प्राप्त तिब्बती खम्पाहरुको प्रमुख अवतरण केन्द्र थियो जो चीनीया सरकारबिरुद्ध लडिरहेका थिए । अहिले उनीहरुले भारतीय सीमा क्षेत्रबाट लोमान्थाड. जाने सडक निर्माण गरिरहेका छन् ।

अहिले माओवादीहरुको ग्रामीण क्षेत्रको ८५ प्रतिशत भू भाग नियन्त्रण गरेका छन् । पांच जिल्लामा त सरकारको उपस्थिति पूर्ण रुपमा खाली गराएका छन् ।महिलाहरु भारतको बेश्यालयमा बेचबिखन भइने भयले त्रसत छन् । जसले माओवादीको लडाकु दस्ताको ४० प्रतिशत भाग ओगटेका छन् । अहिले स्वतन्त्र चुनाव भएको खण्डमा नेपालामा समाजवाद आउंछ र यदि स्वतन्त्र ढंगले मत हाल्न पाए जनता राजा फाल्ने पक्षमा भोट हाल्छन् ।

माओवादी आन्दोलन राष्ट्रवादी आन्दोलन हो । यो २५० बर्षे सामन्ती व्यवस्था बिरुद्धको सचेतता हो । भारती क्षेत्रको वीरगन्ज शहरबाट काठमाडौ आउने शहर माओवादीले हड्ताल गर्नासाथा सजिलै बन्द हुन्छ । सरकारी सेना काठमाडौं र मुख्य सदरमुकाम रेखदेखमै सिमीत रहेको छ ।
 
फ्रेबुअरी १ २००५ मा ज्ञानेन्द्रले सरकारलाई वर्खास्त गरेर राज्यमा संकटकाल लगाए । टेलीफोन, इन्टरनेट, हवाइसेवा सबै बिच्छेद गराएर नेपाललाई बांकी बिश्वसंगै र्संपक टुटाए । सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर संवैधानीक छपाइका स्वतन्त्रता, वाक तथा अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाए । कानूनीहकको सुबिधा खोसीयो । सयौंलार्य जेलमा कोचियो । प्रमुद राजनैतिक पार्टीका प्रमुख नेताहरुलाई शसस्त्र सुरक्षा अधिकारीहरुद्धारा घरमै थुनियो । राजाको उक्त कदमको बिरुद्धमा उत्रेका बिद्यार्थीमाथि पोखरामा हेलीकोप्टरवाट गोली खसालीयो र २० जना घाइते पारियो । यसरी उनका बाबु राजा महेन्द्रको मुठुटीभरको शासन दोहरियो ।
एकपटक अमेरिकी पत्रिका टाइममा राजा महेन्द्रको आलोचना गरेर आलेख छापिएको थियो । त्यो पत्रिका काठमाडौ आइपुग्नासाथ त्यस पानामा कालो पोतेर मात्र बितरण गर्न दिइयो । हिटलर, स्टालिन सद्धामले अनियन्यत्रित शक्ति हातमा लिएझैं अहिले राजा ज्ञानेन्द्रले गरेका छन् ।

राजदरबार हत्याकाण्ड गराएर उनी राजा भएदेखिनै आफ्ने छवी राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पखाल्ने प्रयत्न गरेका चन् ज्ञानेन्द्रले । उनका भाइ धिरेन्द्रपनि उक्त दरवार हत्या काण्डमा मारिएका थिए। तथ्य त केहो भने ज्ञानेन्द्र र अन्नपूर्ण होटलका मालिक ( हेलेन शाह ? )सन् १९६० देखि हेरोइन व्यपारमा संलग्न छन् ।

नेपाल सन् १९७० को दशकको तुलनामा आज १० गुणा गरिव छ । यत्रो बिधि बैदेशिक सहायता, कार्पेट उद्योग, टेक्सटायल उद्योग पर्यटन हुंदापनि यस्तो गरि हुन कसरी संभव छ ? तानशाह मार्कोसलाई संझनुहोस त । नेपालका शाही परिवारले नेपाल आउने डलर समेत आफ्नै स्वार्थकालागि हडपेका छन् । असफल अमेरिकी बैदेशिक नीति र हामीले कसरी आतंकवाद जन्माउंछौं भन्ने उत्तम उदाहरणपनि हो आजको नेपाल । आज हामीले हेरोइनको कारेवार गर्ने जनतापिडक राजालाई र्समथन गरेर हिमाल जंगलमा एकजोर जुत्ता जुराउन नसक्ने जनता मारिरहेका छौं ।


सन् १९६० को दशकबाट लागु औषधकालागि पश्चिमा जगतमा स्वर्ग मानिएको नेपालको छबी अझै पनि धमिलो छ । त्यसैले पश्चिमी मुलुकमा यस्ता भ्रमहरु अझै बांकी छन् । कतिपय बिदेशीले अतिरन्जनापनि गरेका छन् । बिदेशीहरु नेपालका यस्ता गंभिर बिषयहरुमा के सोच्दछन् भन्ने कुरा नेपालीहरुलेपनि बुझ्न सक्नेछन् भनि हामीले जोशेफ पियत्रीको यो लेखलाई स्थान दिएका हौं । उनी किङ्गस अफ नेपाल भन्ने पुस्तकका लेखक हुन् ।