रेवती सापकोटा
Committees formed to study Nepali immagration to India
Rewati Sapkota, Banabasa, India
वनवासा (सिमाक्षेत्र) भदौ १
राजनीतिक अस्थिरता र आर्थिक असमानताले भारत प्रवेश गर्ने नेपालीहरुको संख्या तीब्र रुपमा बढिरहेको बेला यसरी प्रवासिने नेपालीहरुको अध्ययन तथा उनीहरुलाई भारत पुगेपछि पनि हुन सक्ने समस्याको वारेमा जानकारी गराउने उद्देश्यले नेपाल भारतका सिमा क्षेत्र ६ वटा स्थानमा संयन्त्र निर्माण हुन लागेको छ ।
यो संयन्त्रले नौ महिनासम्म ६ वटा नाकामा अध्ययन गरेपछि भारत प्रवासिने नेपालीहरुको संख्या र उनीहरुको अवस्थाको वारेमा जानकारी प्राप्त हुने बिश्वास सो अध्ययनमा संलग्न हुन लागेका संस्थाहरुले लिएका छन । साउथ एसिया स्टडी सेन्टर भारत,साउथ एसिया स्टडी सेन्टर नेपाल र साउथ एसिया स्टडी एण्ड डेभलपमेन्ट सेन्टर महेन्द्रनगरले संयुक्त रुपमा ६ वटा नाकामा अध्ययन गर्न लागेका हुन ।
उनीहरुको कार्यक्रम अनुसार वनवासा र सुनौलीमा एक साथ तीन महिना, रुपेडिया र रक्सौलमा एक साथ तीन महिना अनि काँकडभित्ता र जोगवनीमा एक साथ तीन महिना अध्ययन गर्न लागेको साउथ एसिया स्टडी सेन्टर भारतका कार्यक्रम निर्देशक हिरण्य जोशीले बताउनुभयो । उहाँले भन्नुभयो "कम्तिमा हाम्रो यो अध्ययन तथा जानकारीले भारतमा आएर काम गर्ने नेपालीको संख्या थाहा पाउन र उनीहरुलाई भारतमा आईसकेपछि हुनसक्ने समस्याको वारेमा पहिले नै जानकारी गराउन सकिन्छ । त्यसले उनीहरु पहिले नै यहाँ आईसकेपछि हुने समस्याको वारेमा जानकारी पाउन सक्छन ।रुती प्रत्येक ठाउँमा तीन वटा संस्थाका एक एक जना अध्यता रहनेछन ।"
नेपालमा बिद्रोही माओबादीले हिंसात्मक आन्दोलन शुरु गरेपछि राज्य र बिद्रोहीको त्रासमा परेर बिस्थापित हुनेहरुको संख्या बढदै आईरहेको बेला १९ माघको शाही घोषणा पछि यो संख्या निकै बढेको छ । परम्परागत रुपमा रोजगारीको खोजीमा भारत आउने र र्फकने क्रम त पहिले देखि नै निरन्तर नै थियो । तर अहिले भारत प्रवासमा मात्र कति नेपाली प्रवासिएका छन भन्ने एकिन तथ्यांक छैन । भारत सरकारको अनुमान अनुसार करीव ८० लाख नेपाली भारतमा छन । तर नेपाल सरकारले आफना कति नागरिक भारत प्रवासमा छन भन्ने तथ्यारुनै राखेको छैन ।
भारत प्रवासमा आउने नेपालीको संख्या बढनुमा सन १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दस्तावेजलाई प्रमुख मानिन्छ । जसले दुवै मुलुकका नागरिकलाई एक अर्को देशमा गएर रोजगारी तथा व्यापार ब्यवसाय गर्न छुट दिएको छ । दुबै मुलुकका नागरिक बिनारोकतोक एक अर्को मुलुकमा स्वतन्त्रता पूर्वक आवत जावत गर्न सक्छन ।
अध्ययनहरु अनुसार १९ औ शताब्दीको शुरु देखि नै नेपालीहरु लाहुरेको रुपमा भारतको पञ्जाब क्षेत्रबाट बैदेशिक रोजगारीको लागि आउन थालेको पाइन्छ । सन १८१४ देखि १६ मा ब्रिटिस इष्ट इण्डिया कम्पनी र ब्रिटिस गोर्खा सैनिकको रुपमा भर्ना भएर शुरु भएको भनिएको भारत प्रवासमा नेपालीहरुको बैदेशिक रोजागारी अहिले पनि जारी छ ।
सन १९२० देखि १९३० सम्म नेपालका महिला तथा पुरुष भारत आएर काम गर्नेको संख्या बढेको अध्ययनहरुले देखाएका छन । सन १९९० को अन्त्यसम्ममा दई लाख ५० हजार नेपालीले भारतीय सरकारी सेवामा रोजगारी पाएको बताईन्छ । त्यसमध्ये अहिले पनि करीव ५० हजार नेपाली भारतीय सुरक्षा निकायमा कार्यरत छन । नेपाल इष्टिच्युट फर डेभलपमेन्ट स्टडीले सन १९९७ मा गरेको अध्ययन अनुसार सात लाख ५० हजार नेपाली भारतको नीजि क्षेत्रमा काम गरिरहेका थिए । तिनीहरु मध्ये धेरै उद्योग निर्माण तथा कृषि क्षेत्रमा काम गर्छन । तिनिहरुको ज्याला कम र काम खतरा छ । सन १९९० को मध्यसम्म २५ देखि ३० बिलियम नेपाली रुपैया भारतबाट नेपाल पठाएको अनुमान गरिन्छ ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, August 17
by
Nepal Info
on Wed 17 Aug 2005 07:12 AM PDT
|
Categories
This Month
Month Archive
|
||