Price of the petrolem products to hike again by 5 rupees

काठमाडौ भदौ २

जनताका दूख र पिडा बुझ्न पूर्वाञ्चलको देखावटी भ्रमण बाट र्फकनासाथ राजाको निर्देशनमा फेरि एकपटक नेपाली जनताको ढाड सेक्ने काम भएको छ । बेरोजगार बढ्दो द्धन्द, भोकमरी र गरिवीले आहत भएका नेपाली जनतालाई फेरि एकपटक भाउ बढाएर जनता मार्ने तयारी भैरहेको छ । श्रोतका अनुसार राजाकै प्रत्यक्ष सहभागितामा बुधवार बसेको मन्त्रीपरिषद बैठकले पेट्रोलियम पदार्थमाथि पौच रुपैयाका दरले भाउ बढाइने निर्णय गरेको छ ।
राजाको अध्यक्षतामा गरिएको सो निर्णय र्सार्बजनिक गर्न मन्त्रीपरिषदका उपाध्यक्षहरु कीर्तीनिधी बिष्ट र डा. तुलसी गिरीलाई जिम्मेवारी दिइएको छ । यो निर्णय कुनैपनि बेला र्सार्बजनिक हुनेभएको छ ।

शिक्षण संस्था फेरि बन्द
Maoist student wing calls for another strike

अखिल क्रान्तिकारी ले आफ्ना तीन विद्यार्थी नेताको रिहाइका लागि चितवन जिल्लाका शिक्षण संस्था बन्द गर्ने भएका छन् ।नेकपा माओवादीको मुखपत्र जनादेशका अनुसार अखिल क्रान्तिकारीका चितवना जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी जिल्ला कोषाध्यक्ष तारा तिवारी र सन्तोष मरठाको रिहाइको माग गर्दै भदौ ५ देखि एक हप्ते बन्दको आव्हान गरिएको छ ।
उनीहरुलाई गत साउन १८ गते चितवनकै पटिहानीस्थित अमर ज्योती माध्यमिक विद्यालयवाट सूरक्षा अधिकारीहरुले गिरफ्तार गरेका थिए । उनीहरुलाई तत्काल रिहा नगरे अझ कडा संर्घषका कार्यक्रम ल्याएने चेतावनी समेत अखिल क्रान्तिकारीले दिएको छ ।