The Nepal representative of the United Nations Office of the High Commissioner for Human Rights (OHCHR) has published the investigation report on Citwan and Kavre incidents
काठमाण्डौ,भदौ-३
संयुक्त राष्ट्र संघ मानव अधिकार उच्चायुक्तको कार्यालय, नेपालले चितवन जिल्लाको माडी, काभ्रेजिल्लाको नार्के र कैलाली जिल्लाको बनबेहडामा भएका बिष्फोटन र नागरिक हत्याका घटनाका बारेमा अनुसन्धान प्रतिवेदनहरु र्सार्वजनिक गरेको छ । ललितपुरको पुल्चौकस्थित राष्ट्रसंघ भवनमा आयोजित पत्रकार सम्मेलनमा आयोगका नेपालस्थित प्रतिनिधि इयान मार्टिनले ती प्रतिवेदनहरु शुक्रबार र्सार्वजनिक गर्नुभएको हो ।
माघ-१९ पछि काठमाण्डौमा स्थापित उच्चायुक्तको कार्यालयले मानव अधिकार उल्लंघनका घटनाहरुको स्थलगत छानविन गरी प्रतिवेदन र्सार्वजनिक गरेको यो पहिलो घटना हो ।उच्चायुक्तले र्सार्वजनिक गरेका दूइवटा प्रतिवेदनहरुमा गत जेठ २३ गते चितवनको माडीस्थित बांदरमुढेमा माओवादीले गराएको बिस्फोटन र जेठ २७ गते काभ्रे जिल्लाको नार्केमा यात्रुबसमाथि गराइएको अर्को बिष्फोटनका बारेमा चर्चा गरिएको छ भने अर्को प्रतिवेदनमा कैलालीको बनबेहडामा जेठ ३१ गते अज्ञात व्यक्तिहरुले एकवर्ष बालक र महिलाहरुसहित ६ जनाको हत्या गरेको विषयलाई उल्लेख गरिएको छ । मार्टिनका अनुसार बनबहेडाको घटनाका दोषीहरुबारे आयोग निश्कर्षमा पुग्न सकेको छैन । सो घटनामा आफ्नो संलग्नता नभएको माओवादीले बताइसकेको छ । यस घटनाका सम्बन्धमा आयोगले प्रहरीलाई अनुसन्धान जारी राख्न र माओवादीलाई पनि अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको छ ।
माडी र नार्केको घटनामा भने माओवादीबाट अन्तरराष्ट्रिय मानवीय कानूनको उल्लंघन भएको आयोगले निश्कर्ष निकालेको छ । माडी घटनाका सर्न्दर्भमा चितवन गएको आयोगको टोलीलाई माओवादीहरुले तयार पारेको छानविन प्रतिवेदन उपलब्ध गराउनुका साथै छानविनमा समेत सहयोग गरेको मार्टिनले जनाउनुभएको छ । माओवादीको प्रतिवेदनलाई आधार मान्दै आयोगले भनेको छ-'माडी क्षेत्रमा सैनिक गस्ती वा सवारी साधनमाथि आक्रमण गर्न चार सदस्यीय विशेष कार्यदल पठाउने निर्णय गरिएको थियो । सैनिकहरु र्सार्वजनिक बसमा चढे भने माइनमात्र फ्याक्न निर्देशन दिइएको थियो । जसले गर्दा छतमा बसेकाहरुले मात्र क्षति ब्यहोर्नु परोस् । तर उक्त टोलीले बसको छतमा रहेकाहरुलाई लक्षित गर्नुको सट्टा जमीनमा धराप राखेर बसलाई नै लक्षित गर्ने निर्णय लियो ।' आयोगका अनुसार माओवादीले माडी घटनाका ५ जना कार्यकर्ताहरुलाई थुनामा राखी श्रम शिविरमा पठाएको छ ।
माडी र नार्केमा सेना पनि दोषी
राष्ट्रसंघीय उच्चायोगको प्रतिवेदनमा शाही नेपाली सेनाले र्सार्वजनिक सवारी साधनहरुको प्रयोग गरिरहेको निश्कर्षनिकालिएको छ । प्रतिवेदनमा भनिएको छ-'समग्र चितवन जिल्लामा शाही नेपाली सेनाले र्सवसाधारण चढ्ने बसहरुलाई जवर्जस्ती सैनिक कारवाहीमा समेत प्रयोग गर्दै आएको छ । यस्ता घटनामा सेनाले र्सार्वजनिक बसलाई इन्धन उपलब्ध गराइदिने र चालकलाई बस हांक्न बाध्य पार्ने गर्दछन् । र्सार्वजनिक बसहरुको प्रयोग नगर्ने भनेर मौखिक सहमति जनाए पनि व्यवहारमा सेनाले यसो गर्न छाडेन ।
मानवअधिकार उच्चयुक्तको कार्यालयका अनुसार माओवादीले माडी उपत्यकाका र्सवसाधारणलाई सैनिकहरु चढेको गाडीमा नचढ्न र चढेमा ओर्लन अनुरोध गरेको थियो । बस कम्पनीका प्रतिनिधिहरुले यस विषयमा चितवन प्रमुख जिल्ला अधिकारी र सेनाका उच्च अधिकारीहरुसंग वार्ता पनि गरे । चितवनका प्रमुख जिल्ला अधिकारीले यसप्रति चासो राखेर यसलाई रोक्नेतर्फ थप प्रयास गर्नु भएन ।
माडी घटनामा माओवादी अध्यक्ष प्रचण्डले गल्ती स्वीकार गरेको चार दिन नबित्दै नार्केमा पुनः यात्रुहरु चढेको बसलाई निशाना बनाइएकोमा आयोगले माओवादीप्रति खेद व्यक्त गर्नुका साथै नार्केको घटनामा पनि सेनाले र्सार्वजनिक सवारी साधन प्रयोग गरेको आयोगको निश्कर्ष छ । नार्के घटनाबारे माओवादीले छानविन गरि नसकेको बताएको छ । आयोगले भने छिटो छानविन गरी यथार्थ स्थिति र्सार्वजनिक गर्न माओवादीलाई आग्रह गरेको छ ।
माडीको वस विष्फोटनमा ३५ जना र्सवसाधरण र ३ जना सेना मरेका थिए भने ३० जना घाइते भएका थिए । त्यसैगरी नार्के वजारमा वसमा भएको आक्रमणमा २ र्सवसाधरण र ४ सैनिक मारिनुका साथै थुप्रै नागरिक घाइते भएका थिए । वनवेहडामा ससस्त्र प्रहरी कार्यलयबाट अपहरण गरि नजिकैको जंगलमा लगेर नृशंसढंगबाट मारिने हरुमा एक वर्षो बालक, तीन महिला, र दूइ पुरुष रहेका छन् ।
बन्दी र्सार्वजनिक गर्न माग
यसैगरी चितवन, काभ्रे र कैलालीमा भएका हिंसाका घटनाहरु सम्बन्धी अनुसन्धान प्रतिवेदन र्सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मार्टिनले शाही नेपाली सेनालाई ब्यारेकभित्र राखिएका बन्दीहरु तुरुन्त र्सार्वजनिक गर्न र प्रहरी हिरासत तथा जेलमा सार्न आग्रह गर्नुभयो । साथै आफूहरुले पूर्वजानकारी बिना ब्यारेकमा गएर बन्दीहरुलाई भेट्ने योजना बनाएको पनि मार्टिनले बताउनुभयो । पिली आक्रमणपछि बन्दी बनाइएका शाही नेपाली सैनिकहरुका सम्बन्धमा अन्तराष्ट्रिय मानविय कानुनहरुको सम्मान गर्न नेकपा माओवादीलाई मैले आह्वान गरेको बारे तपाईहरुलाई थाहा नै छ भन्दै मार्टिनले अगाडि भन्नुभयो -'उनीहरुलाई छोडिने छ भनी माओवादीले दिएको आश्वासनको म स्वागत गर्दछु र सकेसम्म चाडै होस् भन्ने अनुरोध गर्दछु ।'
मार्टिनले अक्टोबर महिनाभित्रै बिराटनगर, पोखरा, नेपालगञ्ज र काठमाण्डौमा आफ्नो काम थाल्ने र सोको प्रतिवेदन संयुक्त राष्ट्रसंघीय महासभाको आउंदो अधिवेशनमा पेस गर्ने बताउनु भयो ।संयुक्त राष्ट्र संघ मानव अधिकार उच्चायुक्तको कार्यालय स्थापना भएयता २ सय ७० भन्दा वढी मानवअधिकार उलंघनका उजुरीहरु दर्ता भइसकेको मार्टिनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, August 19
by
Nepal Info
on Fri 19 Aug 2005 09:21 AM PDT
by
Nepal Info
on Fri 19 Aug 2005 07:46 AM PDT
रत्नपार्क स्थित अखिलको रातो घर कब्जा गरेर ससस्त्र प्रहरी कार्यलय राखिसकेपछि शाही सरकारले विहिवारदेखि प्रजातन्त्रको भित्तो डोजर लगाएर भत्काउन थालेको छ । यो भित्तोलाई प्रजातन्त्रबादीहरुले पछिल्लो समयमा सुचना पार्टीको रुपमा प्रयोग गदै आइरहेका थिए ।यो भित्ताका लागि एमाले समर्थित विद्यार्थी र माओवादी समर्थित विद्यार्थी विच केहि वर्ष पहिले कुटाकुटपनि भएको थियो । भित्ताको पछाडि विद्युत प्राधिकरणको कार्यलय थियो । फोटो शुशिला
by
Nepal Info
on Fri 19 Aug 2005 07:24 AM PDT
General secretary Nepal`s resignation asked
काठमाण्डौ, भदौ ३ बल्खुमा चलिरहेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा संगठन विभाग प्रमुख बिष्णु पौडेलले बिहीबार महासचिव माधवकुमार नेपालसहित स्थायी समितिका सबै सदस्यहरुको राजीनामा मागेका छन् । वर्तमान नेतृत्वले राजीनामा दिएमा नयां दिशामा पार्टीलाई लान सकिने पौडेलको भनाइ छ । पौडेलद्वारा प्रस्तुत २२ पृष्ठ लामो प्रस्तावमा गणतन्त्र, पूर्ण प्रजातन्त्र, संविधान सभाको निर्वाचन र प्रतिनिधिसभाको पुनर्स्थापनाका मागहरु असान्दर्भिक रहेको र यसबाट आन्दोलनलाई अघि बढाउन नसकिने दाबी गरिएको छ । पौडेलले आफ्नो प्रस्तावमा र्सवदलीय सरकारको वकालत गरेका छन् । बैठकमा अर्का केन्द्रीय सदस्य शंकर पोखरेलले भने लोकतन्त्रमा जानका लागि विशेष महाधिवेशन डँक्नुपर्ने भन्दै बिहीबार नै अर्को प्रस्ताव दर्ता गराएका छन् । बैठक अझै जारी छ । एमालेका पूर्व विद्यार्थी नेताहरु टंक कार्की, योगेश भट्टर्राई, राजेन्द्र र्राई, रुपनारायण श्रेष्ठ, लगायतका नेताहरुले चाहिं महासचिव नेपाललाई भेटेर पार्टीलाई गणतन्त्रको दिशामा अगाडि बढाउन माग गरेका छन् । महासचिव नेपालले युवाहरुको भावनालाई कदर गर्ने जनाउंदै चालु बैठकमा यसबारे छलफल गरिने आश्वासन दिनुभएको छ । माडी घटनाका पीडितलाई राहत Madi victims knocked the door of Royal palace काठमाण्डौ, भदौ ३ चितवनको माडीमा माओवादीबाट गराइएको बम बिस्फोटनबाट गम्भीर घाइते भएका ३० जना पीडितहरुले सरकारबाट उपचारमा बेवास्ता गरिएको भन्दै उपचारका लागि सहयोग संकलन गर्ने भएका छन् । घाइतेका आफन्तहरुले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी बिहीबार सो निर्णय र्सार्वजनिक गरेका हुन् । गत जेठ-२३ गते चितवनको माडीस्थित बांदरमुढे भन्ने ठाउंमा माओवादीले यात्रुबसमा बम बिस्फोटन गराउंदा ३६ जना र्सवसाधारण र तीनजना सुरक्षाकर्मीको मुत्यु भएको थियो । सो घटनामा परी ३० र्सवसाधारण घाइते भएका थिए । घाइतेमध्ये कोही गर्भवती अवस्थाका समेत छन्, कसैका दुबै खुट्टा भांचिएका छन् र कसैको मेरुदण्ड भांचिएको छ भने कोहीका दुबै आंखा काम नलाग्ने भएका छन् । घटनामा परेकाहरुको उपचारका लागि सहयोग जुटाउन 'माडी बांदरमुढे घटना पीडित उपकार उपत्यका समन्वय समिति' समेत गठन गरिएको छ । कार्यक्रममा एमाले नेता योगेश भट्टर्राई, नेपाली कांग्रेसका जगन्नाथ पौडेल, नेपाली कांग्रेस प्रजातान्त्रिकका होमनाथ दहाल र सहयोग समितिका संयोजक प्रेमराज तिम्सिनाले मन्तव्य राखेका थिए । मन्तव्य दिने क्रममा उनीहरुले लण्डनमा मान्छे मर्दा सहानुभूति दिने राजा ज्ञानेन्द्रले माडी घटनाका पीडितहरुलाई एक शब्द सहानुभूति पनि नदिएको भन्दै गुनासोसमेत गरेका छन् । सभापतिमा नरहरी आचार्य काठमाण्डौ, भदौ ३ पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले दरबारिया भनेर आरोप लगाएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले आसन्न महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका छन् । बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले कांग्रेसको आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गर्नुभयो । उहांले कोइराला यथास्थितिवादी भएकाले पार्टी लोकतान्त्रिक विचार स्थापित गर्न सभापतिको प्रत्यासी बन्न लागेको बताउनुभयो । संबैधानिक राजसंस्थासंग निरपेक्ष भएर कांग्रेसलाई लोकतान्त्रिक पार्टीका रुपमा लानुपर्छ भन्दै उहांले यसका लागिपार्टीका अन्य सदस्यहरुको समर्थनपनि माग्नु भएको छ । आउंदो महाधिवेशनमा संविधानसभा, आन्तरिक लोकतन्त्र, माओवादी द्वन्द्व र राजसंस्थाको एजेण्डामा छलफल गरिने आचार्यले बताउनुभएको छ । कांग्रेसले राजतन्त्र कहिल्यै नमानेको र संबैधानिक राजतन्त्रलाई माध्यमका रुपमामात्रै लिएको आचार्यले बताउनुभयो । सभापति कोइरालाले दरबारिया भनी लगाएको आरोपका सम्बन्धमा उहांले प्रतिक्रिया दिने बेला भैनसकेको भन्दै उहां कहिलेसम्म त्यसमा अडिनुहुन्छ, त्यसपछिमात्रै प्रतिक्रिया दिने समय आउंछ भन्नुभयो ।पोखरामा भइरहेको नेविसंघको महाधिवेशन बिथोलिएपछि बिराटनगर पुगेका कोइरालाले मंगलबार नरहरी आचार्य र गगन थापालाई 'रोयलिष्ट' को आरोप लगाएपछि कांग्रेसमा अहिले तरंग पैदा भइरहेको छ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो Petroleum price hiked काठमाडौ भदौ ३ सरकारले आजबाट फेरि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको छ । अबदेखि पेट्रोल प्रतिलिटर ६७, डिजेल ४६, मट्टीतेल ३९ र हवाई इन्धन ५३ रुपैयाँ पुगेको छ । नयाँ मूल्यअनुसार निगमलाई अझैपनि मासिक २७ करोड घाटा हुनेछ भनेर डिजेल र मट्टीतेलमा मूल्य वृद्धिभएपनि घाटा कायमै रहनेछ । डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ५० पैसा र मट्टीतेलमा ६ रुपैयाँ घाटा हुनेछ । यसअघि डिजेलमा १० रुपैयाँ ५० पैसा र मट्टीतेलमा ११ रुपैयाँ घाटा थियो । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्टिय बजारअनुरूप समायोजन गर्न नसक्दा मुलुकले हालसम्म करिब ७ अर्ब ५० करोड गुमाइसकेको छ । यो कुल राष्ट्रिय बजेटको साढे पाँच प्रतिशत हो । यसमा पछिल्लो छ महिनाको घाटा मात्र २ अर्ब २९ करोड छ । यसअघि पुस २६ गते तत्कालीन देउवा सरकारले मूल्य वृद्धि गर्दा निगमको सञ्चित घाटा ५ अर्ब २१ करोड थियो । |
Categories
This Month
Month Archive
|
||