Dialogue with king is meaningless: UML leader Nepal


काठमाडौ , साउन १८
नेकपा एमालेका महासचिव माधव कुमार नेपालले राजाले तीन वर्षभन्दा बढी सासन गर्न चाहेको वताउनुभएको छ । राजाले शक्ति लिएपछिका ६ महिनाको कार्यकालको लेखाजोखा गर्दे उहांले उक्त कुरा बताउनुभएको हो । माघ १९ गते प्रत्यक्ष सासन हातमा लिदा राजाबाट तीन वर्षमा शान्ति सुरक्षा पूर्ण रुपले कायम गरि बहुदलीय प्रजातन्नत्रलाई पूर्ण सक्रिय बनाउने घोषणा भएको थियो । तर नेकपा एमालेको अंग्रेजी मुखपत्र द डेमोक्रेसीमा महासचिव नेपालले वर्तमान कार्यशैली हेर्दा राजाले सासन गर्ने रोडम्याप तीन वर्षभन्दा बढी देखिएको उल्लेख गर्नुभयो ।
सन् १९९० को संबिधानको परिधिमै रहेर राजाले वार्ताको प्रस्ताव गरेपनि त्यसलाई स्विकार नगरिने र अहिले राजा संग वार्ता गर्नुको कुनैपनि औचित्य पनि नहुने बिचार उहाले दोहराउनुभएको छ ।


प्रसासकद्धारा धम्कि


NGOs are threatened by government

काठमाडौ , साउन १८
राजाद्धारा मनोनित क्षेत्रिय प्रसासक र अञ्चल प्रसासकको धम्किका कारण जिल्लामा कार्यरत गैहृसरकारी संस्थाका व्यक्तिहरु खिन्न हुन थालेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अनुसार सोमवार जिल्ला समिती उदयपुरले राष्ट्रिय र अन्तराष्ट्रिय गैहृसरकारी संस्थाबिच एक अर्न्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा गएका क्षेत्रीय प्रसासक र अन्चल प्रसासक रामबाबु सुव्वाले गैहृ सरकारी संस्थाको पुच्छर बनेर सदरमुकाममा बसी गाउमा काम गर्ने नपाउने धम्कि दिए । उनीहरुले १२ बर्षो कालमा राजनीतिक दल र गैहृ सरकारी संस्थाहरुले ठूला ठूला गल्ती गरेको आरोपपनि लगाए ।


फुको माटोमा धान रोपियो




फुको माटोमा
रोपेको धान गोड्दै पश्चिम चितवन शारदानगरकी ७२ वर्षीया धनमाया अर्याल

चितवन संवाददाता , साउन १८

साउनको आधाआधि बितिसक्दा पनि पर्याप्त पानी नपरेपछि चितवनको पश्चिम क्षेत्रका कृषकहरुले फुको माटोमा धान रोप्न थालेका छन् । पानीको अभावमा धानको बीउ व्याडमै सुकेर पराल बन्न थालेपछि उनीहरुले फुको माटोमा बीउ रोप्न बाध्य भएका हुन् ।
पश्चिम चितवनको शारदानगर २ की ७२ वर्षीया धनमाया अर्याल १०-१२ वर्षपहिले पनि यस्तै खडेरी परेको र यसरी नै बीउ रोपिएको सझनुहुन्छ । 'फल्न त फल्दैन तर नइ खाने बाटो भने हुन्छ' उहाँले खेत बाँझो राख्नभन्दा आफूले अपनाएको प्रक्रिया राम्रो ठान्नुहुँदै भन्नुभयो । पहिले पहिले वर्षाको पानी कटाउने ठाउँ नभएकाले उहाँको जग्गामा सधैं पानी ताल पर्ने र रोपेको बिउ पानीले खाने गर्दथ्यो ।
पार्वतीपुर ४ रङ्गलिका कृषक ज्ञानु गुरुङ रोपाई गर्न नपाएर बीउ व्याडमै सुक्न थालेको देखाउँदै पानी नपरेका कारण आफ्नो डेढ विगाह र ठेक्कामा लिएको २६ कठ्ठा जग्गा बाँझै रहेको बताउनुहुन्छ। असारको अन्तिमतिर रोप्न तयार बीउ सुकेपछि एउटा व्याडको बीउ जोत्नु परेको पिडा उहाँ संग छ । यसैगरि शारदानगर ५ का मानबहादुर गुरुङ समयमा पानी नपरेपछि दोस्रो पटक बीउ राखेको तर त्यो बीउ पनि मर्न थालेको बताउनुहुन्छ ।आफू चितवन आएको बीस वर्ष पछि पहिलो पटक यस्तो अवस्था देखेको उहाँले बताउनुभयो । प्रायः साउनको १५-१६ सकिने चितवनको उत्पादनयोग्य पश्चिम क्षेत्र गीतानगर, शुक्रनगर, दिव्यनगर, मेघौली, जगतपुर, पटिहानी, फूलबारी, शारदानगरलगायतका गाविस अहिले पानी नपरेपछि हरिया हुन पाएका छैनन । यस क्षेत्रमा केवल १५ प्रतिशत मात्र धान रोप्ने काम भएको अनुमान छ । धान उत्पादनको हिसाबले चितवन उर्वर भूमी मानिन्छ । यो क्षेत्रले चितवन जिल्लाको झण्डै ५० प्रतिशत धान खेतीयोग्य जमीन ओगटेको छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार,चितवनको ४६ हजार आठ सय ९४ हेक्टर खेतीयोग्य जमिनमध्ये ३१ हजार हेक्टरमा धान खेती गरिंदै आएको छ । बरिष्ठ कृषि विकास अधिकृत सुरोज पोखरेल चितवनमा एक लाख मेटिक टन धान उत्पादन हुने गरेको र एक हप्ता यस्तै अवस्था रहृयो भने समग्र उत्पादन ५० प्रतिशत ह्रास हुने बताउनुहुन्छ । कृषि प्रसार अधिकृत इश्वरीप्रसाद न्यौपाने चितवन खाद्यान्न उत्पादनको दृष्टिले नेपालको १४ औं जिल्ला भएको र चितवन समग्र धान उत्पादनको दुइ प्रतिशत योगदान रहेको बताउनुहुन्छ ।


बहुदलीय प्रजातन्त्रमा प्रतिबद्ध छौं - डा बाबुराम भटराई

We are committed to Multyparty Democracy: Dr Bhattarai


काठमाडौ , साउन १८
आन्तरिक कारवाहीलाई झेलेर पुन स्थायी समितीमा पुन स्थापित हुनुभएका नेकपा माओवादीका नेता डा बाबुराम भटर्राईले आफ्नो पार्टीले अन्तिम सैनिक विजय नखोजेर गणतान्त्रीक मुलुक वा संबिधान सभाको चुनाव गर्न राजनीतिक सहमतीकालागि कार्य गरिरहेको बताउनुभएको छ। यसका पछाडी प्रमुख दुइ कारण रहेको वताउदै उहांले सवैलाई उपयुक्त हुने मध्यम खाले मार्गका रुपमा प्रजातान्त्रिक गणतन्त्र वर्तमानमा उपयुक्त रहेको बताउनुभएको छ। संवेदनशिल भू राजनीतिक बनावट भएको नेपाल चीन र भारत जस्ता ठूला देशका बिचमा रहेको र ति मुलुकहरु क्रान्तिकारी परिवर्तनकालागि मैत्रीपूर्ण अवस्थामा नरहेकोले सबैकालागि मान्य हुने सहमतिको उपाय खोज्न बाध्य भएकोलेपनि संबिधान सभाको निर्वाचन नै उपयुक्त बिकल्प भएको उहांको ठहर छ।
अमेरिकी पत्रिका द वासिङ्गटन टाइम्सलाई शनिवार इमेल अन्तवार्ता दिदै उहाले नेकपा माओवादीको सक्रिय सहभागिताबिना नेपालको दीर्घकालीन समस्या समाधान नहुने कुरा राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुले राम्रो संग बुझेको दाबी गर्नुभयो। राजनीतिक पार्टी र माओवादी सहकार्यकालागि माओवादीले हतियार बिसाउन पर्ने या नपर्ने बारेको प्रश्नमा उहाले राजनीतिक दलहरुले माओवादी पार्टीलाई हतियार बिसाउन पर्ने शर्त नराखेको बरु निशस्त्र जनतामाथि कुनैपनि खालको सैनिक आक्रमण गर्न नहुने शर्त भने राखेको वताउनुभयो।उहाले माओवादीहरुले हतियार बिसाएमा बरु सबै माथि सामन्ती शाही सेनाको अत्याचार बढ्ने कुरा संसदीय पार्टीहरुले बुझेकोपनि बताउनुभयो।नेकपा माओवादीको उच्च नेतृत्वले आफना् कार्यकर्ता र जनसेनालाई शाही शसस्त्र शक्ति बाहेक अन्य जनतामाथि आक्रमण नर्गन निर्देशन दिएपछि अन्य राजनितीक दल र माओवादी बिचको सहकार्यको संभावना बढिरहेको उल्लेख गर्दै उहाले आफ्ना कार्यकर्ता र जनसेना पार्टीको पूर्ण नियन्त्रणमा रहेको प्रष्ट पार्नुभयो।
"संबिधान सभाको निर्बाचन कालमा दूवै तर्फका ससस्त्र शक्तिलाई कसरी व्यबस्थापन गर्ने भन्ने पक्षमा राजनीतिक पार्टीहरु संग छलफल गर्न हामी तयार छौं र निष्पक्ष तथा स्वतन्त्र तरीकाले भएको संबिधान सभाको नतिजा मान्न पार्टी तयार रहेको छ"- उहाले भन्नुभयो।
बहुदलीय प्रजातन्त्र प्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको र यो कुरा पटक पटक र्सार्बजनिक भइसकेको खुलासा गर्दै उहाले जुन २००२ मा पार्टीद्धारा पारित एक्काइसौ सताव्दीमा प्रजातन्त्रको बिकास भन्ने दस्तावेजमा उक्त बिषय समाबिष्ट भएको बताउनुभयो ।तर राजनीतिक पार्टीहरु पुन सामन्ती राजसंस्था समक्ष घुडा टेकेमा आफनो पार्टीले तानाशाही राजतन्त्र बिरुद्ध जनताको लडाइलाई नेतृत्व गरेर प्रजातान्त्रिक आन्दोलनको दायित्व पुरा गर्ने प्रतिबद्ध रहेको दृढता पनि उहाले ब्यक्त गर्नुभयो।