Indian Nepalis' identity crisis
सिक्कीमका मुख्य मन्त्री पवन कुमार चाम्लिड.ले भारतीय नेपालीहरुमा पहिचानको संकट परेको बताउनुभएको छ । आफूहरु गलत ढंगले नेपालका बिभिन्न घटनामा संलग्न हुने गरकोले त्यस्तो संकट परेको बताउनुभएको छ । उहांले उक्त कुरा १३ औं नेपाली भाषा मान्यता दिवसका अवसरमा मुख्य अतिथिका तर्फबाट बोल्दै बताउनुभएको हो । भारतका नेपालीहरुले आफ्नो पहिचान कायम गर्नकालागि नेपालका नेपाली र आफूहरुबिच स्पष्ठ भिन्नता छुट्टाउनपनि उहांले भारतका नेपालीहरुलाई आव्हान गर्नुभयो ।
त्यस अवसरमा उहांले अधिकांश साहित्यिक व्यक्तिहरुले पूरस्कार प्राप्त गरेपछि आफ्नो भाषा साहित्यकालागि लेख्न छोडेको आरोप लगाउंदै उहाले सिक्कीमका प्रतिष्ठित साहित्यकारहरुलाई आफ्नो संस्कुती र इतिहास बारे निरन्तर कलम चलाउनआग्रह गर्नुभयो । नेपाली भाषाले मान्यता पाएपछि त्यसबाट लाभ उठाउनुको साटो हामीले यो फाइदा कसरी प्राप्त गर्यौं भनेर जस लिन १२ वर्ष खर्च गरिसक्यौं उहाको आरोप थियो । बिस्तृत जानकारीकालागि http:// www.insn.org किलिक्क गर्नुहोस
राष्टसंघकै अगाडी राजाको बिरोध गरिने
Nepalis to protest against the king in front of the UN headquater
देशभित्र र बिभिन्न मित्रराष्टहरुवाट तिब्र बिरोधको सामना गरिरहेका राजा ज्ञानेन्द्रको हुकुमी शासन बिरुद्ध अमेरिका निवासी नेपालीहरुपनि उत्रिने भएका छन् । राजा ज्ञानेन्द्रले संयूक्त राष्टसंघको ६० औं भेलालाई सम्वोधन गर्ने सेप्टेम्वर १६ का दिन त्यहास्थित नेपालीहरुले संयूक्त राष्टसंघको भवन अगाडी बिरोध जनाउने छन् ।
नेपाल डेमोक्रेटिक यूथ काउन्सिल र अलायन्स फर डेमोक्रेटिक एन्ड ह्यूमन राइट्स नामक संस्थाद्धारा उक्त बिरोध कार्यकमको आयोजना गरिन लागिएको हो । नेपाली समुदायले त्यहा भागलिन आउने बिश्वका १७० भन्दा बढि राष्टाध्यक्ष समक्ष नेपालमा प्रजातन्त्र पूनर्स्थापित गराउनकालागि राजा ज्ञानेन्द्रलाई दवावदिन आब्हान गर्ने उदेश्यले उक्त बिरोध प्रदर्शन गरिन लागिएको हो ।
ति दूवै संस्थाहरुले संयूक्त रुपमा प्रकाशित गरिएको प्रेश बिज्ञप्तीमा भनिएको छ- राजा ज्ञानेन्द्रद्धारा फेब्रुअरी १ मा खोसीएको अधिकार जनतालाई हरुतान्तरण गर्न दवाव दिन हामी बिश्वभरीका नेताहरुसमक्ष आव्हृन गर्छौ ।
अर्थपूर्ण प्रजातन्त्र, दीघकालीन शान्ति र आर्थिक बिकास गर्ने नाममा देशको सम्पूर्ण अधिकार लिइ ६ महिना अगाडी देखि शासन गरेपनि ति कुनैपनि बाचा पूरा नभएको र देश अहिले झन संकट तर्फ मोडिएकोपनि वक्तव्यमा उल्लेख छ । बिभिन्न संघ संस्था र जनताको प्रतिनिधित्व गर्ने राजनैतिक दल लगायतका सबैको सकामुहिक प्रयासबाट मात्रै देशको वर्तमान समस्या हल हुन सक्ने बताउंदै राजालाई अविलम्व प्रजातान्त्रीक दिशातर्फ फर्किन अनुरोध गरिएको छ र त्यहा ओयोजना गरिएको बिरोध कार्यकम नेपालमा संचालन भैरहेको प्रजातान्त्रिक आन्दोलनमा र्समथनमा र एक्यवद्धताकालागि भएकोपनि स्पष्ट पारिएको छ ।
यसैविच नेपालमा भने अमेरिकामा बसोबास गर्दै आइरहेका नेपालीहरुको सहयोग लिएर राजाको हुकुमी शासन बिरुद्ध अन्तराष्टिय जगतमा व्यापक प्रचार प्रसार गरि राजालाई एक्लाउन नागरिक समाज र बिभिन्न प्रबुद्ध बर्गबाट राजनैतिका पार्टी लाई दवाव दिने कसरत शुरु भएको छ । संयुक्त राष्टसंघकै भेलामा उपस्थित भई एकतन्त्रीय शासन चलाएका राजालाई कुनैपनि खालको सहयोग नर्गन तथा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई र्समथन र सहयोग गर्न बिश्वका नेताहरुलाई आव्हृन गर्नकालागि नेकपा एमाले र नेका समर्थित बुद्धिजीवी र नेताहरु लागिपरिरहेका छन् ।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
भारतीय नेपालीमा पहिचानको संकट
Comments
No comments found.
|
Categories
This Month
Month Archive
|
||||||