|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, August 24
by
Nepal Info
on Wed 24 Aug 2005 08:55 AM PDT
India Using Maoists Against Nepal ! काठमाडौ भदौ ८ २००४ को जुनमा राजाले भारत भ्रमण गर्दा भारतमा बसेर काम गरिरहेका ३५ उच्च माओवादीहरुका नाम भारत सरकार समक्ष बुझाएको हालै एक पाकिस्तानी अनलाइनले लेखेको छ ।अनलाइनका अनुसार ती नेताहरु भारतको दार्जलिङ्गमा लुकेर बसेको बिस्वासपनि गरेको छ । माओवादी र्सर्घषको मुख्य आधार भारत संग भएकोले त्यतिबेलाको राजाको भ्रमण त्यसैलाई नियन्त्रण गर्नकालागि भएको दावीपनि गरिएको छ । सोवीया निसारद्धारा लेखिएको र पाकटि्रव्यून अनलाइनले प्रकाशित गरेअनुसार भारतीय पत्रिकाहरुले पाकिस्तानले नेपाली माओवादीलाई र्समथन गरेको आरोप लगाउदै समाचाहरु प्रवाह गरेपनि भारतले नै नेपाली माओवादीहरुलाई नेपाल र बंगलादेश बिरुद्ध प्रयोग गरिरहेको दावी समेत गरको छ । लेखमा छिमेकी मुलुकमा आफ्नो स्वार्थबृद्धि गर्नकालागि अस्थिरता बढाउनु भारतको प्रार्थमिकता भएको आरोप लगाउदै भनिएको छ - भारतले उसको गुप्तचर संस्था र को माध्यमबाट आफ्नो छिमेकी मुलुकमा अस्थिरता बढाउन श्रीलंका भुटान नेपाल र छिमेकी देशमा आतंककारी गतिबिधी बढाएको छ । महत्वपूर्ण कुरा के छ भने भारतको माओइष्ट कम्यूनिष्ट सेन्टर , पिपल्स वार ग्रुप र माओवादीबिच कार्यगत संभावना छ । ति भारतीय कम्यूनिष्ट पार्टीहरुलेनै नेपाली माओवादीहरुलाई हतियार र अन्य सामाग्री उपलब्ध गराउंदै आएका छन् । भारतले आफ्नो लडाकु संस्था मार्फत नेपालमा आतंकवाद फैलाएको र नेपालको सुरक्षा संयन्त्रमाथि आक्रमण गर्न माओवादीलाई भारतमा संरक्षण दिएको आरोप पनि लगाइएको छ । नेपाली माओवादीहरु भारतका निम्ति आफ्नो स्वार्थ पूरा गर्ने गतिलो हतियार भएको आरोप समेत छ । बिस्तृत का लागि यहा हेर्नुहोस http://www.paktribune.com/news/index.php?id=116512
by
Nepal Info
on Wed 24 Aug 2005 07:46 AM PDT
The Maoists have publicized the names of 60 RNA soldiers abducted from Pili
काठमाडौ भदौ ८ संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गर्न अमेरिका पुग्नु अघि राजाले पूर्वाञ्चलको भ्रमण सकेर सूदूरपश्चिमाञ्चलको भ्रमण थालेका छन् । जगतको आंखामा छारो हाल्न राजाले यो भ्रमण थालेपनि राजालाई यि जिल्लाको भ्रमण गर्न सजिलो भने नहुने भएको छ । नेकपा माओवादीको पश्चिमी कमाण्डका इर्न्चाज कान्छाबहादूरले एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै राजाको भ्रमणका क्रममा राजाको भ्रमणलाई बिथोल्न र बिबिध बिरोधका कार्यक्रम थाल्न कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् । यस्ता बिरोधका कार्यक्रमहरुमध्ये जनसभा, जनप्रदर्शन, कोणसभा, नाराबाजी, फायरिङ्ग जुलुश, मशाल जुलुश, पुत्ला जलाउने, प्रशासनिक निकायहरुमाथि ध्वंश, नाकाबन्दी, जिल्ला बन्द आदि रहेका छन् । पिलीबाट लगिएका सेनाहरुको नाम प्रकाशित यरैगरी पिली आक्रमणका क्रममा माओवादीले आफ्नो साथमा लिएका शाही नेपाली सेनाका नामहरु प्रकाशित गर्दै उनीहरुलाई भेट्न मानवअधिकारवादीहरु, पत्रकारहरु र तिनका परिवार आउन सक्ने जानकारी दिएका छन् भने गत साउन २३ गते कालीकोट पिली कार्वाहीबाट गिरफ्तार भएका ६० सेनाहरुको नाम र ठेगना यस प्रकाशित गरेका छन् जुन यस प्रकार रहेका छन्: जीवन तामा ( नुवाकोट), श्याम र्राई (उदयपुर), तुलराज अर्याल (भक्तपुर) ,सुमन तामाङ (ललितपुर), सुबुनारायण श्रेष्ठ (काठमाडौं), सुरेन्द्र जौगोरे (भक्तपुर), सन्तबहादुर तामाङ (सिन्धुपाल्चोक), गुणराज रिमाल (नुवाकोट), केशर थापामगर (नुवाकोट), लक्ष्मीकृष्ण देसार (ललितपुर), राम लामा(काभ्रे) लालकृष्ण नगरकोट (काठमाडौं), जीतबहादुर खत्री (सुर्खेत), टेकबहादुर तामाङ (काभ्रे), बुद्धिबहादुर तामाङ (नुवाकोट), लक्ष्मण तामाङ (सिन्धुपाल्चोक), ठाकुर सिजाकुटी (लमजुङ), धर्मबहादुर तामाङ (नुवाकोट), जीतबहादुर मोक्तान (ओखलढुंगा), रामबाबु आलेमगर (ओखलढुंगा) कामीसिंह तामाङ (सिन्धुपाल्चोक), शिवहरि कार्की (दोलखा), खड्ग तामाङ (दोलखा), वीरबहादुर तामाङ (भक्तपुर) हेमराज भण्डारी (बर्दिया), अमर लामा (रामेछाप), सूर्यबहादुर श्रेष्ठ (काठमाडौं), दिलबहादुर खत्री (सुर्खेत), कृष्णबहादुर तामाङ (नुवाकोट), प्रदिप कार्की (भक्तपुर) सिंहबहादुर कार्की (ओखलढुंगा), रामबहादुर श्रेष्ठ (मकानपुर), तीर्थ धिताल (गोरखा) वाघसिंह तामाङ (ललितपुर) इन्द्रकुमार श्रेष्ठ (खोटाङ), कुमार थापा (स्याङजा), झिल्के तामाङ (ललितपुर), विशाल लामा (सिन्धुपाल्चोक), जीवन तामाङ (काठमाडौं), वाघसिंह तामाङ (नुवाकोट), बुद्धनारायण सिंह (काठमाडौं), टंकबहादुर आलेमगर (दोलखा), शिव कार्की (धार्दिङ), रामबहादुर तामाङ (सिन्धुपाल्चोक), काजी अधिकारी (रामेछापं), कैलाश डांगी (दाङ), सरोज रानाभाट (तनहु“), हरिराम चौगठी (भक्तपुर), जीतबहादुर तामाङ (नुवाकोट), श्याम तामाङ (भक्तपुर), अनिल कुवर (धादिङ), अमर बहादुर कुवर (कास्की), प्रेमबहादुर तामाङ (नुवाकोट), ज्ञानबहादुर तामाङ (नुवाकोट), रामबहादुर तामाङ (सिन्धुपाल्चोक), कृष्णबहादुर तामाङ (नुवाकोट), सूर्य बहादुर धमला (धादिङ), केशव फुयाल (दोलखा) निग्मबहादुर चौधरी (दाङ), नेत्रबहादुर र्घर्ती मगर (स्याङजा) । |
Categories
This Month
Month Archive
|
||