नेपाली भाषा र नेपाली संस्कृति बारे संधै चिन्तित भएको कुरा गर्छन् राजा। तर उनी आफै कत्तिको सुद्द बोल्छन् भन्ने हर्न हिजो भदौ १३ को अन्तरवार्तामा हेरौं ।
मनमा शान्ति भयो भन्देखिन त्यो बाहिर फैलिए वातावरणीय शान्ति पनि हुन्छ । तर अहिले हामीलाई अप्ठयारो केही न केही तत्त्वहरू, दुर्भाग्यवश हिंसा फैलाइराख्या'छन्, चन्दा उठाइराख्या'छ रे, आतङ्क भैराख्या'छ रे, त्रसित छन् जनता ।
एक समय थियो मैले के सुन्थें भन्देखि जनताबाटै- आतङ्कवादीहरूले ल्याएको विचारहरू जनतालाई सुधार ल्याउन खोज्या'छ, जनताले खोजेको काम गर्न खोज्या'छन् यो के भा छ त ? जब त्यो विन्दु नाघ्यो र आतङ्कतिर लागे तिनीहरू अनि जनताले पनि साथ दिन छोडे ।
पहिले हामीले सुन्थेँ- एकचालीसवटा माग थ्यो रे, यति माग थ्यो रे, उति माग थ्यो रे । त्यो मागमा कति कुरा त राम्रो पनि थियो नभा' होइन । त्यो समयको सरकारहरूले विचार पुर्याउन सकेन कि ? नत्र भने केही न केही त्यो समयमा केही गर्दियायति खाल्टोमा पर्ने थिएन कि ? अब अहिले पनि म के भन्छु भन्देखि कतिपय कुरा त त्यो अहिले हाम्ले ल्याएको २१ बुँदे कार्यक्रममा पनि हाम्ले त्यो 'अड्रेस' गर्न खोज्या'
हातमा लिएको फूल पनि सुकिसक्याथ्यो तर त्यो दिनैपर्नेथ्यो, त्यो पनि मेरो अनुभव भयो यसपालि । अब अवश्य मैले के सुनेँ भन्देखिन केही तत्त्वहरूले यसलाई बिथोल्न खोज्या थियो रे । कहीँ न कहीँ उनीहरूले आफ्नो 'प्रेजेन्स फेल्ट' गराउन पनि खोजेको थियो रे, तर जनताले नै उनीहरूलाई जवाफ दिइसक्या छन् । उनीहरू आएकोमा ।
सबभन्दा पहिले म पनि एउटा 'ह्युमन बिइङ' हो । 'ह्युमन बिइङ' ले 'हिट' मा गएपछि पसिना काट्छ तर त्यो अब हामीले के गर्नुपर्छ भन्देखि त्यो पसिनालाई 'प्रोडक्टिभ' पार्ने कि न पार्ने ? 'कन्सट्रक्टिभ' पार्नुपर्यो र 'प्रोडक्टिभ' तिर लाग्नुपर्यो । यो महत्त्वपूर्ण छ र के भने पसिना पनि काडिन्छ, अप्ठयारो पनि हुन्छ, धूलो पनि खाइन्छ, देशै त्यस्तो छ, कहीँ जानुपरे पनि डाँडा एउटा काट्नै पर्छ, एउटा चढ्नै पर्छ ।
साभार: कान्तिपुर भदौ १४, 'माघ १९ पछि नेपालीको आत्मबल बढेको छ’ भएदेखि अहिले हामी छौँ ।