View Article  मानव अधिकार आयोगले माओवादी भेट्ने
The NHRC has already received about five hundred complaints related to Maoist



काठमाण्डौ, साउन २०

राष्ट्रिय मानव अधिकार आयोगले तामेलीमा रहेका ५ सयवटा मुद्दाहरुको छिनोफानो गर्न नेकपा ( माओवादी)संग सर्म्पर्क गर्ने भएको छ । मंगलबार सम्पन्न आयोगको बैठकले सदस्य सुदीप पाठकलाई सर्म्पर्क व्यक्तिका रुपमा तोकेको छ । साथै आयोगले शाही आयोगलगायतका केही महत्वपूर्ण सवालहरुमा पनि बिहीबार मुख खोलेको छ ।
मानवअधिकार आयोगद्वारा आफ्नै कार्यलयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कुल १६ सय मुद्दाहरुमध्ये माओवादीसंग सम्बन्धित ५सय मुद्दाहरु तामेलीमा रहेका छन् । ती मुद्दाहरुमा माओवादी पनि एउटा पक्ष रहेको र उ स‌ग सर्म्पर्क हुन नसक्दा अनिणिर्त अवस्थामा राखिएको आयोगले जनाएको छ । अपहरण, विस्थापन, हत्या, जवरजस्ति चन्दा, ज्यानको धम्कि, लगायत शाही नेपाली सेना प्रहरी र शशस्त्र प्रहरीमा कार्यरत सुरक्षा फौजका परिवारलाई विभिन्न रुपले पिडा दिएको विषय स‌ग ती मुद्दाहरु सम्बन्धीत रहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माओवादीस‌‌ग प्रत्यक्ष सर्म्पर्क हुन नसकेका कारण निर्णय हुन नसकेका ती मुद्दाहरुमा अपहरण २ सय ७५ वटा, विस्थापित ८७, यातना ९० , जवरजस्ति चन्दा असुली १३, ज्यान सम्बन्धी धम्की २९, व्यक्तिगत सम्पति नष्ट ५, र नाकाबन्दी सम्बन्धी एउटा छन् ।
आयोगले उक्त मुद्दाहरुमा माओवादीस‌ग सर्म्पर्क गर्न सकेमा उचित छिनोफानोका लागि सजिलो पर्ने बताएको छ । यसकालागि सक्दो सहयोग पुर्‍याउन आयोगले माओवादी पक्षस‌ंग आग्रहसमेत गरेको छ । आयोगद्वरा जारी विज्ञप्तिमा भनिएको छ-'सम्पूर्ण नागरिकको मानव अधिकारको संरक्षणको दायित्व भएकाले मानव अधिकार आयोग यस्ता विषयहरुमा चुप लागेर बस्न सक्दैन ।' शैक्षिक क्षेत्रमा हड्ताल लगायतमा अवरोध पुर्‍याउने गतिविधि रोक्न पनि आयोगले ओवादीसंग माग गरेको छ ।
मानव अधिकार आयोगका अध्यक्ष नयनबहादुर खत्रीले पत्रकार सम्मेलनमा बोल्दै शाही आयोगको आलोचना गर्नुभयो । शेरबहादुर लगायतलाई थुनामा राखिएको विषयमा सोधिएको प्रश्नमा खत्रीले भन्नुभयो-'आफैले मुद्दा लगाउने,आफैं छानविन गर्ने र आफैं निर्णइ समेत गर्ने कार्य न्यायको सिद्धान्तअनुरुप भएन ।' शाही आयोगले गरेको फैसलाको प्रतिलिपी अध्ययन गर्न बांकी रहेको खत्रीले बताउनुभयो ।
केही महिना अघि झापाको टांगनडुब्बा-८ मा सुरक्षाकर्मीको गोलीबाट मारिएकी रमा अधिकारीको परिवारलाई एक लाख रुपैया क्षतिपूर्ती दिन र स्थानीय सुरक्षा कर्मचरीलाई कारवाही गर्न आयोगले सरकारसंग माग गरेको छ । त्यसै गरी पोखरास्थित साष्ट्र बैंक चौकमा २०६० साल मंसिर २६ गते सुरक्षाकर्मीको लापरवाहीबाट सुरेश बराल मारिएको जनाउंदै सम्बद्ध सुरक्षा कर्मचारीलाई कार्वाही गर्न आयोगले सरकारसमक्ष सिफारिस गरेको छ । त्यसै गरी धादिङ्गको गुम्दी गाविसमा शिक्षक कृष्णप्रसाद सिंखडा भन्ने गोविन्द सिंखडालाई सुरक्षाफौजले घरैबाट पक्राउ गरी गैर कानूनीरुपमा हत्या गरेको आयोगले बताएको छ ।
सरकारले राजधानीका कतिपय स्थानहरुमा निषेधित क्षेत्र घोषणा गरेकोमा आयोगले त्यसको छानविन गर्ने आयोगका सदस्य सुदीप पाठकले बताउनुभयो । त्यसैगरी शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमनको पनि आयोगका पदाधिकारीले आलोचना गरेका छन् । आयोगले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यलयस“ग मिलेर बेपत्ता पारिएकाहरुको खोजी गर्ने र बेपत्ता पारिएकाहरुलाई राखिएको ठाउ‌ पत्ता लागेमा खानतलासीसमेत गरिने जनाएको छ ।
राजाद्वारा पुर्नर्गठित राष्ट्रिय मानव अधिकार आयोगको आलोचना गरिंदै आए पनि पछिल्लो अवधिमा सरकारको कडा आलोचना गर्दै आयोगका पदाधिकारीले आफ्नो छविमा सुधार ल्याउने प्रयास गरिरहेका छन् । आयोगका अध्यक्ष नयनबहादुर खत्रीले माघ १९ पछि नेपालको मानव अधिकारको स्थिति चिन्ताजनक बन्दै गएको बताउनुभएको छ ।
View Article  गगन थापालाई थप पांच दिन हिरासतमा राखिने
Special Court extended detention of student leader Gagan Thapa, by five more days.

काठमाण्डौ साउन १९
गत हप्ता पक्राउ परेका नेविसंघका पूर्वमहामन्त्री गगन थापालाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न विशेष अदालतले बुधबार सरकारलाई अनुमति दिएको छ । जुलुसमा नारा लगाएकै भरमा राज्यविरुद्धको अपराध सम्बन्धी सजाय गर्न तयारी गरिरहेको सरकारले छानविनका लागि विशेष अदालतसंग १५ दिनको समय मागेको थियो ।
This Month
August 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive