Rizal admitted at hospital
काठमाण्डौ, साउन २१
भूटानी मानव अधिकारवादी आन्दोलनका नेता टेकनाथ रिजाल अकस्मात् बिरामी परेपछि बिहीबार उहालाई ललितपुरस्थित पाटन हस्पिटलमा भर्ना गरिएको छ ।
अत्यधिक ज्वरोका कारण उहा तीन दिनयता खाना खान सक्नुभएको छैन । डायविटिजका पुराना रोगीसमेत रहनुभएका ५५ वर्षिय रिजालको अस्वस्थताको कारण भने डाक्टरहरुले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । नेपालमा शरणार्थी जीवन बिताइरहनु भएका चर्चित नेता रिजालको स्वास्थ्य उपचारमा नेपाल सरकारले कुनै चासो देखाएको छैन । उहालाई म्रिगौलामा खरावी भएको हुन सक्ने अनुमान चिकित्सकहरुले लगाइरहेका छन् र रोग पत्ता नलागेका कारण उहाको अवस्था चिन्ताजनक बन्दै गइरहेको छ ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, August 5
by
Nepal Info
on Fri 05 Aug 2005 08:48 AM PDT
by
Nepal Info
on Fri 05 Aug 2005 06:50 AM PDT
Nepal FM will continue to boardcast news
सरकारले समाचार प्रसारण गर्न नपाउने भनि दिइएको ठाडो आदेशलाई अवज्ञा गर्दै नेपाल एफ एमले आफ्नो समाचार प्रसारण कार्यक्रमलाई जारी राख्नै बताएको छ । स्वतन्त्र रेडियो पत्रकार र्सघषसमितीका संयोजक बिनोद ढुगेलले हामीसंग टेलिफोनमा कुरा गर्दै उक्त जानकारी दिनुभएको हो । गत माघ २० गते सरकारले एक सूचना प्रकाशित गरी नेपालका एफ एम रेडियो स्टेशनहरुले बिशुद्ध मनोरन्जनात्मक कार्यक्रम बाहेक समाचारहरु दिन नपाउने बनाएको थियो । तर नेपाल एफ एमले यसको बिरोध गर्दै गत असार २३ बाट पुन समाचार प्रसारण थालेको थियो । नेपाल एफ एमका तर्फबाट समाचार प्रसारण गर्न पाउने हकलाई सरकारले कुण्ठित गरैको भन्दै आजै राष्ट्रिय मानबअधिकार आयोग र संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालयमा उजुरी दर्ता भएको छ भने राष्ट्रिय मानबअधिकार आयोगका सदस्य सुदिप पाठकले नेपाल स्टेशनको कार्यालयमै गएर सूचना बजाउन पाउने हकमाथि सरकारले हस्तक्षेप गर्ननहुने भनि बल्नुभएको थियो । उपभोक्ता का तर्फाबाट समाचार सुन्न पाउने हक माथि प्रतिवन्ध लगाइएको, नेपालका रेडियो स्टेशनहरुबाट समाचार प्रसारण गर्न पाउने हक माथि प्रतिवन्ध लगाएको र नेपाल एफ एमका तर्फाट सरकारले जारी गरेको सरकारी सूचनानै नियम बिपरीत भएको दाबी गर्दै छिटै सर्वोच्च अदालतमा छुटाछुटै मुद्धा दायर हुने भएको छन्।
by
Nepal Info
on Fri 05 Aug 2005 05:30 AM PDT
पूर्ण प्रजातन्त्रको माग गर्दै राजधानीमा नारा जुलुश र प्रदर्शन जारी छ । हामीलाई फोटोग्राफर अरुण बरालले पठाएको तस्विर |
Categories
This Month
Month Archive
|
||