View Article  नेपाल एफ एम प्रति ऐक्यबद्धता

International support for Nepali FM radios


काठमाडौं साउन २५

सामुदायिक रेडियोहरुको अन्तराषि्ट्रय संस्था (अमार्क) ले नेपालका स्वतन्त्र रेडियोहरुको अभिव्यक्ति स्वतन्त्रता र संचारको अधिकारको पक्षमा विश्वव्यापी ऐक्यवद्धता अभियान शुरु गरेको छ । अमार्कले विश्वभरिका आफ्ना सदस्य र तिनका साझेदारहरुलाई नेपालका स्वतन्त्र रेडियोहरुलाई समाचार प्रसारणमा लगाइएको बन्देज हटाउन आग्रह गर्दै नेपालको सरकारलाई पत्र लेख्न भनेको छ ।नेपालका स्वतन्त्र रेडियोहरुलाई अभिव्यक्ति स्वतन्त्रता र संचारको अधिकारको दृष्टिले अहिले संसारमै अत्यन्त कमजोर अवस्थामा पुर्‍याइएको पनि अमार्कले जनाएको छ । अमार्कले नेपालका स्वतन्त्र रेडियोहरुको पक्षमा ऐक्यवद्धता जनाउनुका साथै स्वतन्त्र रेडियोको कर्तव्य र महत्वबारे नेपालको सरकारको सचेतना बढाउन विश्वको रेडियो आन्दोलनका लागि अहिले असाध्यै महत्वपूर्ण समय भएको पनि बताएको छ ।
यसैगरी नेपाल एफ. एम.लाई सरकारले "राजधानी खवर" बजाएको भनेर इजाजत पत्र रद्ध गर्न आदेश दिएपछि नेपाल एफ एमले गरेको पहल प्रति ऐक्यबद्धता जनाउँदै आज राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोकुल पोखरेल र नेपाली कांग्रेसका महामन्त्री सुशील कोइरालाले नेपाल एफएमको भ्रमण गर्नु भयो ।
भ्रमणको क्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोकुल पोखरेलले जनतालाई सुचना दिने काम गरेकोमा नेपाल एफएमलाई धन्यवाद दिनु भयो । सदस्य पोखरेलले मानवअधिकार आयोगले सरकारलाई यस सम्बन्धमा जनाकारी गराइसकेको पनि बताउनु भयो । देशका ग्रामीण स्तरका निरक्षर जनताले पनि एकै पटक थाहा पाउने गरी समाचार प्रसारण गर्ने रेडियोमाथि समाचार बन्द गर्ने गर्नु राज्यकै दुर्भाग्य भएको पनि उहाँले बताउनु भयो । उहाँले नेपाल एफएमलाई राजधानी खबर निरन्तरता दिन सुझाव दिंदै यसको लागि राष्ट्रिय मावनअधिकार आयोग जस्तोसुकै पहल गर्न पनि तयार रहेक बताउनु भयो ।
यसै गरी नेपाली कांग्रेसका महामन्त्री सुशील कोइरालाले सरकारले रेडियोको समाचार रोक्ने दुस्प्रयास गर्नु भनेको जनतालाई सूचनाबाट अलग गराउनु हो भन्नु भयो । महामन्त्री कोइरालाले राज्यले जनताको सूचनाको अधिकारलाई खोस्न खोजे पनि नेपाल एफएमले जनताको समाचार पाउने अधिकारलाई सम्मान गर्दै राजधानी खबरमार्फ त्यो अधिकारलाई पुरा गर्ने कार्य गरेको भन्दै नेपाल एफएमलाई धन्यवाद पनि दिनु भयो ।
कोइरालालाका साथ नेपाली कांग्रेसका प्रबक्ता अर्जुन नरसिंह के.सी., केन्द्रीय सदस्य विनयध्वज चन्द लगायतका नेताहरुले पनि नेपाल एफएममा आएर ऐक्यवद्धता जनाउनुभयो ।
View Article  क्यानाडामा नेपाली रेडियो
Namaste FM on air from Canada

काठमाडौं साउन २५
क्यानाडामा बस्ने नेपालीहरुले पनि एफएम रेडियोबाट समाचार सुन्न पाउने भएका छन् ।
त्यहाँ बस्ने नेपालीहरुले नेपाली भाषामै एउटा रेडियो स्टेशन चलाउन थालेपछि क्यानाडावासी नेपालीहरुले एफएमबाट समाचार सुन्न पाउने भएका हुन् । 'नमस्ते रेडियो' नाम दिएर खोलिएको यो एफएम रेडियो १०१.३ मेगाहर्जमा त्यहाँ सुन्न सकिन्छ । नेपालमा सरकारले एफएम रेडियोमा समाचार प्रसारणमा बन्देज लगाइरहेको बेला त्यहाँ नेपालीहरुले समाचार समेत बजाउने गरी एफएम खोलेका हुन् ।नेपाली सरकारी अधिकारीहरुले संसारमा कतै पनि एफएम रेडियोमा समाचार भन्ने चलन नरहेको बताउँदै आएका छन् ।तर अघि बिहान ७ बजे प्रसारण भएको रेडियो नेपालको राष्ट्रिय समाचारमा नै क्यानाडामा खोलिएको नेपालीहरुको एफएमले समाचार, अन्तरवार्ता लगायतका सामग्री प्रसारण गर्ने गरेको जनाएको छ ।यसबाट क्यानाडामा स्वतन्त्र एफएम रेडियोलाई समाचार प्रसारण गर्न सरकारले स्वीकृति दिने चलन रहेको पुष्टि नेपालको सरकारी रेडियोले नै गरेको छ ।
This Month
August 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive