View Article  लोखर्के हेलिकोप्टरको चर्चानै ठूलो
ददिराम सापकोटा

French helicopter didn't land on the Everest--Nepal Government

सगरमाथामाथि बसेको भनि दावी गरिएको हेलिकोप्टर

 फ्रान्स ,असोज १४
बिश्वको सर्वोच्च शिखर सगरमाथामाथि फ्रान्सेली हेलीकोप्टर बसेको बिषयमा बिभिन्न कोणबाट नेपालमा बिरोध गरियो। सरकारले आज सगरमाथामाथि हेलिकोप्टर नबसेको भनेर बताएपनि फ्रान्समा उक्त हेलिकोप्टर सगरमाथामाथि बसेको थियो भनेर प्रचार भएको छ।

 फ्रान्सबाट निस्कने विज्ञान सम्वन्धी लोकप्रिय पत्रिका 'सिअंस ए भि' अर्थात विज्ञान र जीवन भन्ने मासिक पत्रिकाले सगरमाथाको एक हिमनदीमाथि हेलीकोप्टर उडीरहेको चित्र सहितको आलेख प्रकाशन गरेपछि यो मुद्धा यहा निकै चर्चित भैरहेको छ।उक्त पत्रिकाले गत अंकमा 'सगरमाथामाथि हेलीकोप्टर बस्यो' शिर्षकमा उक्त लेख प्रकाशित गरेको छ। सगरमाथा (नेपाल) डेटलाइन राखेर आलेखलाई निकै ...   more »
View Article  प्रजातन्त्रको अन्तिम उपलब्धि संकटमा
नेपाली प्रेसलाई सहयोग गर्न अन्तराष्ट्रिय समूदाय संग आग्रह

RSF appeals to the international community to set up support for the Nepali Independent Media

फ्रान्स, असोज १४

  नेपालको स्वतन्त्र प्रेस प्रजातन्त्रको एउटा अन्तिम उपलब्धिका रुपमा रहेको भन्दै त्यसको सूरक्षा गर्न अन्तराष्ट्रिय समूदाय समक्ष आब्हान गरिएको छ। विश्वभरी प्रेस स्वतन्त्रका पक्षमा कार्यरत रिर्पोटर विथआउट बोर्डरले बिहीवार एक प्रेस बिज्ञप्ती मार्फत अन्तराष्ट्रिय  समूदाय संग यस्तो आव्हान गरेको हो।

 राज्यपक्षबाट स्वतन्त्र प्रेसलाई खतमा पार्न अनेक तरिकाले दमन गर्दागर्दैपनि त्यसलाई चिर्दै अगाडी बढेकोमा नेपाली प्रेस जगतको प्रसंसा गर्दै बोर्डसले अन्तराष्ट्रिय  सुरक्षाकोलागि सबैको सहयोग रहनुपर्ने आवश्यकताको बोध गराएको छ।बितेका केहिदिन देखि राज्य स्वतन्त्र प्रेसप्रति झन ...   more »
View Article  संबिधानसभाकालागि संघर्ष जरुरी
काठमाडौ ,असोज १४

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता कृष्ण बहादूर महराले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको राजनैतिक निकासमा धु्रवीकृत हुन र संघर्षको आधी सृष्टि गर्नसम्पूर्ण राजनैतिक शक्ति तथा नागरिक समाजलाई आग्रह गर्नुभएको छ ।

  उहाले आज एक प्रेस बिज्ञप्त मार्फत यस्तो आग्रह गर्नुभएको हो । हिजो राजधानीमा नेकपा एमालेका महासचिव माधव नेपाल र गिरीजा प्रसाद कोइराले भारतीय नेताहरुसंगको भेटघाटका क्रममा आफूहरुले पहिला संसद स्थापना गर्न चाहेको र पछि संबिधान सभामार्फत मुलुकको राजनीतिक समस्या हल गर्न चाहेको उल्लेख गर्नुभएको लगत्तै माओवादी नेताको यो आग्रह सार्वजनिक भएको हो।

यसैगरी उहाले अघिल्लो शनिबार पाल्पामा भएको हत्याकान्डको निन्दा र ...   more »
1 Attachments
View Article  राजा ज्ञानेन्द्र र निरोको बासुरी
King Gyanendra and the flute of Greece king Niro

अरुण बराल

विचार/विवेचना

सात राजनैतिक दलहरुले राजधानीमा सधैंको भन्दा भिषण आन्दोलन चर्काउनुका साथै ६ दर्जनभन्दा बढी पत्रकारहरुले रत्नपार्कमा गिरफ्तारी दिएर निषेधाज्ञा तोडिरहेका बेला राजा ज्ञानेन्द्र मकवानपुरमा आइमाई, केटाकेटी र वृद्धवृद्धाहरुबाट फूल र   more »
View Article  मण्डलेहरु विदेशी पाहुनामाथि खनिए
King's supporters attack the Indian political leaders at TIA

        

                     नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाउन भारतबाट आएका नेताहरुको बिरुद्धमा राजधानीमा मन्डलेहरुले निकालेको  कालो झन्डा र व्यानर सहितको  जुलुश।  आजको जुलुशको चांजोपांजो राजाका तीनमन्डले  मन्त्रीहरु निक्षशमशेर जबरा, सिनेट श्रेष्ठ र जगत  गौचनले मिलाएका थिए भनी काठमाडौबाट हाम्रा समाचारदाताले जनाएका छन् । मन्डलेहरुले ति नेताहरुको आवागमनलाई बैदेशिक हस्तक्षेपभनि व्याख्या गरेका थिए।  तस्विर / नेपाल न्यूज

काठमाण्डौ, असोज १२

 आफ्नो निरंकुश कदमलाई र्समर्थन गरिपाउ भनेर विदेशीहरुलाई हारगुहार गर्दै हिडेको राजा   more »
View Article  खै त पार्टीहरुको स्पष्ट एजेन्डा ?
Parliamentary Parties are in political dilemma
 Political news analysis

समाचार विश्लेषण

काठमाण्डौ

आफ्नो नीति र कार्यक्रममा राजतन्त्रको सट्टा लोकतन्त्रलाई समावेश गरे पनि नेपाली कांग्रेस र नेकपा एमालेले आन्दोलनको पुरानै एजेण्डाको चर्चा गर्नथालेपछि फेरि यी दुइ दलहरु आलोचनाको शिकार हुन थालेका छन्। नागरिक अन्दोलनका चर्चित व्यक्तित्व डा देवेन्द्रराज पाण्डेले एक कार्यक्रममा कांग्रेस महामन्त्री रामचन्द्र पौडेलकै अगाडि प्रश्न गर्नुभयो- कांग्रेसले आफ्नो विधानबाट संबैधानिक राजतन्त्र त झिक्यो, तर अब त्यसका ठाउंमा के राख्ने त?  त्यस्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता नरहरी आचार्यले नेपाली कांग्रेसका नेताहरुले नै महाधिवेशनका निर्णयहरुको अपव्याख्या गर्न थालेको भन्दै पार्टीको  निर्णय कार्यन्वयन हुनेमा शंकासमेत व्यक्त गर्नुभएको छ। 'सातदलको आन्दोलनमा स्पष्ट एजेण्डा भएन' - कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा सभापतिको प्रत्यासीसमेत बन्नुभएका आचार्यले भन्नुहुन्छ।

कांग्रेसको हालै सम्पन्न महाधिवेशनले आफ्नो विधानबाट राजतन्त्रलाई झिक्ने निर्णय गरेपछि त्यसको र्सवत्र स्वागतमात्रै गरिएन, राजधानीमा आन्दोलनले पनि एकाएक गति लिन थालेको थियो। कांग्रेसको नया निर्णय आउनुभन्दा केही दिन अघिमात्रै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले संविधानसभाको चुनाबमार्फत लोकतान्त्रिक गणतन्त्रसम्म जाने निर्णय गरेको थियो। कांग्रेस र एमालेद्धारा गरिएका यी निर्णर्यहरुले आन्दोलनलाई तताइरहेकै बेला नेकपा माओवादीले दुवै दलको अग्रगामी निर्णयलाई स्वागत   more »
View Article  माओवादी र शाही सेनाबिच जुहारी
अरुण बराल, काठमाण्डौ

समाचार विश्लेषण

Analysis of last 15 days ceasefire

Arun Baral, Kathmandu

नेकपा माओवादीले एकतर्फीरुपमा युद्धविराम गरेको आज १५ दिन पूरा भएको छ। यसबीचमा शाही नेपाली सेनाले माओवादीलाई र माओवादीले सेनालाई आरोप-प्रत्यारोप गर्ने क्रम तीब्र भएको छ।यतिका दिनसम्म सरकारले भने युद्धविराम गर्ने कुनै छांट देखाएको छैन। युद्धविरामपछि सेनाले आफ्ना आधा दर्जन कार्यकर्ताहरुको हत्या गरेको माओवादीले जनाएको छ भने माओवादीद्वारा दुइ र्सवसाधारण समेतको हत्या गरिएको सेनाले आरोप लगाएको छ। नेकपा माओवादीले भनेको छ - 'युद्धविरामको घोषणापछि जनसेनाले आक्रमण नगर्ने स्थितिको फाइदा उठाएर शाही नेपाली सेना अहिले युद्धविराम अघि पुग्न नसकेका ठाउंहरुमा पुग्न थालेको छ।' माओवादीको भनाइअनुसार युद्धविरामपछि शाही सेना जाजरकोटको पांचकटिया, पांचथरको रांके र रवी बजार, ताप्लेजुङ, इलामको एकतप्पा र धुसेनी, भोजपुरको पान्धारे, उदयपुरका गाउंहरु, बर्दियाको लापुर र कास्कीका विकट गाउंहरुका पुगेर खानतलासी, लुटपाट र गिरफ्तारी गर्न व्यस्त रहेको छ। माओवादी सुत्रका अनुसार भदौ २२ गते शाही सेनाको एउटा जत्थाले दैलेखको कालीमाटीस्थित भैरवमन्दिर डांडामा स्थानीय माओवादी नेता उत्तम हमालसहित ...   more »
View Article  भारतीय भूमीमा राजाको सत्तोसराप
A protest in New Delhi to support the Nepali democratic movement
Rewati Sapkota, New Delhi

रेवती सापकोटा
नयाँ दिल्ली, असोज २

झण्डै एक साता देखिको अविरल बर्षा रोकिएर नयाँ दिल्लीको मौसम छ्याङ्ग भएको थियो। यस्तै आन्ददायक मौसमको फाइदा उठाइहाले भारतका नेपाली माओवादीले । उनीहरुको उदेश्य थियो नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउनु। दिल्लीमा कार्यक्रम भइरहदा उनीहरुले भनिरहेका थिए 'नेपालको लोकतान्त्रिक आन्दोलनलाई जनसमुदायले मात्र होइन प्रकृतिले पनि साथ दिईरहेको छ।' विद्रोही माओवादी समर्थित नेपाली जनअधिकार सुरक्षा समितिले आइतवार भारतको राजधानी नया दिल्लीमा प्रर्दशन सहितको सभा गर्यो ।

पञ्जाव,हरियाना,राजस्थान,चण्डीगढ,पञ्जाव-जम्वु,न्याई,बैंगलोर,हैदरावाद,त्रिपुरा-केरला हुदै आईतवार समितीले दिल्लीको औद्योगिक क्षेत्र ओखलामा प्रदर्शन सहितको सभा गरेको हो। यस्ता प्रदर्शन र सभालाई सो समितिले भारतभर बिस्तार गर्ने योजना बनाएको  छ। अखिल भारत नेपाली एकता समाज नामक माओवादी समर्थित संस्थालाई भारत सरकारले प्रतिबन्ध लगाएपछि यो समिति मार्फत भारतमा माओवादीले संगठन विस्तार गर्दै आएको छ। सभालाई सम्बोधन गर्दै सो समितिका अध्यक्ष लक्ष्मण पन्तले माओवादीले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको नेतृत्व गरेको बताए।  'हाम्रो लक्ष्य र ...   more »
View Article  राजाकै संरक्षणमा अर्को भ्रष्टाचार
The King is encouraging corruption

  वर्तमान मन्त्रमण्डलका प्रमुख नै राजा भएको मुलुकमा कुनै मन्त्रीले माथि भनेपछि त्यसको अर्थ कसलाई बुझाउंछ?  मुलुकमा प्रधानमन्त्री नभएपछि मन्त्रीमण्डलको सम्पूर्ण जिम्मा लिएका एकमात्र सर्वेसर्बा राजा हुन्। मन्त्रीमण्डलमा अनैतिक काम भयो ...   more »
View Article  अमेरिकी प्रदर्शनका झलकहरु
नेपालमा प्रजातन्त्रको पुनर्स्थापना, मानबअधिकारको रक्षा, पूर्ण प्रेस स्वतन्त्रता र निरकुंशताको अन्त्यकालागि अमेरिकाबासी नेपालीहरुले हिजो गरेको प्रदर्शनका तस्बिरहरु । प्रदर्शन संयुक्त राष्ट्र संघको मूख्य कार्यालय अगाडी भएको थियो । बांकी भित्र
  फोटो सौजन्य: भूमी जुनो, अमेरिका...   more »
This Month
September 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive