|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
प्रचण्डद्धारा दीगो निकाशकालागि आव्हान
Maoist appeal to international bodies for democratic outlet काठमाडौ & Hotmail#2349;दौ २५ नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलन र दिगो निकाशकालागि अन्तराष्ट्रिय सहयोगको आव्हान गर्नुभएको छ। उहाले आज एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै यस्तो सहयोगको अपेक्षा गर्नुभएको हो। बिज्ञप्तीमा उहाले माओवादीका तर्फबाट भएको युद्धबिरामबाट देशमा अग्रगामी निकाश र शान्तिको चाहना पुरा होस भन्ने माओवादीको उदेश्य रहेको उल्लेख गर्दे भन्नुभएको छ हाम्रो पार्टी नेपाल र नेपाली जनताको लोकतान्त्रिक निकास र शान्तिको आकंक्षाका पक्षमा अझ घनिभूत आवाज उठाउन संयुक्त राष्ट्रसंघलगायत सिंगो अन्तराष्ट्रिय समुदायसंग समेत अपील गर्दछ। माओवादीले मुलुकमा युद्धविराम घोषणा गरेपनि सरकारले त्यसलाई बिफल पार्ने र मुलुकलाई युद्धको संघारमा लैजाने षडयन्त्र गरिरहेको आरोपपनि उहाले बिज्ञीप्तीमा लगाउनुभएको छ। बांकी बिज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समिति प्रेस वक्तव्य देश र जनताप्रतिको गहिरो जिम्मेवारीवोधका साथ लोकतान्त्रिक राजनैतिक निकास र शान्तिका निमित्त उपयुक्त वातावरण सिर्जना गर्न हाम्रो पार्टी एकपक्षीय युद्धविरामको घोषणा गरेको तथ्य सर्वविदितै छ। हाम्रो उक्त घोषणाप्रति देशभित्र र बाहिरबाट आमरुपमा उत्साहपूर्ण र सकारात्मक प्रतिकृया आएपछि राजनैतिक दृष्टिले अलग-थलग बन्न पुगेको निरंकुश शाही सत्ताले राजनैतिक निकास र शान्तिका निमित्त कुनै पहल होइन बरु युद्धविरामलाई नै ध्वस्त गर्ने षडयन्त्र शुरु गरेको छ। रक्षात्मक अवस्थामा रहेका जनमुक्ति सेनाका टुकडी, हाम्रो पार्टी कार्यकर्ता र समर्थकमाथि देशव्यापी रुपमा उत्तेजनापूर्ण आक्रमण गर्ने तथा आफैंले नियोजित घटनाको मञ्चन गरेर हाम्राविरुद्ध झुट्टा प्रचार गर्ने क्रियाकलापका रुपमा त्यो षडयन्त्र देखा परिरहेको छ। बर्दिया, कञ्चनपुर, जाजरकोट, दैलेख, उदयपुर, ताप्लेजुङ, कास्कीलगायतका जिल्लाहरुमा त्यसप्रकारका क्रियाकलाप देखा परिसकेका छन्। ती आक्रमणहरुको उद्देश्य हाम्रो तर्फबाट छिटोभन्दा छिटो युद्धविराम भंग गराइ प्रत्याक्रमणको घोषणा गर्न बाध्य तुल्याउनु रहेको कुरा स्पष्टै छ। यसबाट शाही सत्ता देशमा राजनैतिक निकास र शान्ति चाहंदैन भन्ने कुराको थप र खुला पुष्टि भएको छ। यो स्थितिमा हाम्रो पार्टी युद्धविरामको विरोधमा भइरहेको शाही षडयन्त्रका विरुद्ध आवाज उठाउन, घटनाहरुको अनुगमन गर्न र सत्य-तथ्य सार्वजनिक गरी निरंकुश राजतन्त्रका विरुद्धको आन्दोलनलाई अग्रगति प्रदान गर्न देशका सबै राजनैतिक दल, नागरिक समाज, बौद्धिक गण र आम जनसमुदायसंग हार्दिक अपील गर्दछ। साथै हाम्रो पार्टी नेपाल र नेपाली जनताको लोकतान्त्रिक निकास र शान्तिको आकंक्षाका पक्षमा अझ घनिभूत आवाज उठाउन संयुक्त राष्ट्रसंघलगायत सिंगो अन्तराष्ट्रिय समुदायसंग समेत अपील गर्दछ। सबैतिरबाट घनिभूत आवाज उठाउन ढिलाइ भएमा नेपाल अझ गम्भीर संकटमा फस्नेछ। हामी चाहन्छौ कि हाम्रो युद्धविरामको घोषणाले देशमा अग्रगामी राजनैतिक निकास र शान्तिको जनचाहना पूरा होओस्। अतः त्यो दिशामा तदारुकताका साथ पहल बढाउन देशभित्र र बाहिरका सबै जनपक्षीय शक्तिहरुसंग हामी पुनः जोडदार रुपले ध्यान आकषिर्त गराउन चाहन्छौं। मिति- २०६२ भाद्र २५
Comments
No comments found.
|
This Month
Month Archive
|
||||||