Maoist commander breaks Pokhara Army Barrack
पोखरा भदौ २८
पश्चिम पृतना कार्यालय फूलबारी पोखराको व्यारेक तोडेर माओवादीका कंपनि उप कमाण्डर धनबहादूर राना फरार भएका छन्। नेकपा माओवादी जिल्ला समिति कास्कीले एक प्रेस बिज्ञप्ती प्रकाशित गरि उक्त समाचारको पुष्टि गरेको हो। बिज्ञप्तिका अनुसार उनले यहि भदौ २३ गते फूलबारी व्यारेक तोडेर पार्टी संपकमा पुगेका छन् । नेकपा माओवादीले उनको यो कार्यको प्रसंसा गरेको छ। तर शाही नेपाली सेनाले भने यो बारेमा कुनै प्रतिक्रिया दिएको छैन।
"संसारका मजदूरहरु एक हौं"
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)
जिल्ला समिति, कास्की
प.सं.
च.नं. मिति २०६२/०५/२७
विषय: प्रेश विज्ञप्ती
विश्व र्सवहारा वर्गको तिलस्मी टुकुडी महान् तथा गौरवशाली पार्टी नेकपा माओवादी ले विश्वभरीमै साहस, विरता र बलिदानीका नयां एवं गौरवमय उत्कृष्टम रेकर्डहरु कायम गर्दै रणनैतिक प्रत्याक्रमणको भिषण संर्घषमय र ऐतिहासिक चरणबाट नेपाली जनयुद्धलाई अगाडि बढाइरहेको त र्सवविधितै छ । यसै सर्न्दर्भमा "क्रान्तिकारीहरु लर्डाईंको मोर्चामा मात्र हैन जेलको मोर्चामा पनि साहस र विरताका अनन्त र अथक सगरमाथाको शिर चुम्न संर्घषशील हुन्छन् भन्ने तथ्य भर्खरै मात्र ऐतिहासिक भव्यताका साथ पुष्टि भएको छ । साम्राज्यवादी एवं विस्तारवादीको सहयोगमा बनेको प्रतिक्रियावादीहरुको पृतना कार्यालयको फोर्टिफिकेशनलाई चुनौती दिंदै जनमुक्ति सेना नेपाल अर्न्तर्गत परिवर्तन स्मृति नवौं व्रिगेड एस.टि.एफ. बटालियन पोखरा एस.टि.एफ. का कम्पनी उप-कमाण्डर तथा शाखा सचिवालय सदस्य धनबहादुर राना (क. धिरज) ले यही भाद्र २३ गते कथित पश्चिम पृतना कार्यालय फूलबारी ब्यारेक ब्रेक गरेर पार्टी सर्म्पर्कमा सफलतापूर्वक आइपुग्न सफल हुनु भएको छ । यो मनोबल र गौरवको उच्चताको प्रतिनिधित्व हुने घडीमा हामी बहादुर कमरेड धिरजलाई हार्दिक बधाई दिन चाहन्छौं र उक्त ब्यारेक ब्रेक गर्न सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्रवादी पंक्तिका सेनाका अधिकृत एवं जवानहरुलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्ता जनपक्षीय सहयोगमा जुटिरहन हार्दिक आब्हान गर्दछौं ।
क. सन्देश
(सेक्रेटरी)
ने.क.पा.(माओवादी)
जिल्ला समिति, कास्की
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
व्यारेक फोरेर माओवादी फरार
Comments
Re: व्यारेक फोरेर माओवादी फरार
by
Nepal Info
on Tue 13 Sep 2005 06:04 PM CEST | Profile | Permanent Link
bbbbbbbbbbbbbbbbbbbhhhhhhhhhhhhhhhhhhhhhhhhhooooooooooooooooooooooooooooooooooooobbbbbbbbbbbbbbbbhhhhhhhhhhhhhhhhoooooooooooooooooooooo
Re: व्यारेक फोरेर माओवादी फरार
by
Nepal Info
on Tue 13 Sep 2005 06:06 PM CEST | Profile | Permanent Link
Janata mara Armyko thau bata sake jati vagnu parchha jasle sakchha usaile, thik garyo thitale
|
This Month
Month Archive
|
||||||