|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
कालो झण्डा बनाउदैं हैरान
Nepalis are busy making black flags in USA न्यूयोर्क(अमेरिका), भदौ २९ राष्ट्र संघीय महासभाको ६०औं बैठकको पूर्व सन्ध्यामा त्यहा सहभागी हुने मुलुकहरुलाई आ-आफ्ना देशका प्रस्तावहरु पेश गर्न हैरान छ; तर नेपालीहरुलाई भने कालो झण्डा बनाउनकै हैरान छ भन्नुपर्दा तपाइलाई अचम्म लाग्ला। हो यतिबेला अमेरिकाबासी नेपालीहरु बिभिन्न ठाउबाट न्यू योर्कमा जम्मा भइ कालो झण्डा बनाउन व्यस्त रहेका छ्न। खासगरि न्यूयोर्क आसपासका बाल्टिमोर, बोस्टन, पिर्टर्सबर्ग, फिलादेल्फीया र बासीडटन डि.सीबाट नेपालीहरु जम्मा हुने क्रम शुरु भएको नेपाली पोष्ट अनलाइन पत्रिकाका संम्पादक गिरीश पोख्रेलले जानकारी दिनुभयो। उहाले भन्नुभयो-पर्दशनकालागि कालो झण्डा र ब्यानरहरु बनाउने काम आजसम्मपनि सकिएको छैन। शुक्रवार स्थानिय समय अनुसार दिउसो १२ बजेदेखि ३ बजेसम्म नेपालीहरुले निरंकुशता बिरुद्ध संयुक्त राष्ट्रसंघको कार्यालय अगाडी पर्दशन गर्नेछन्। त्यसदिन केही बक्ताहरुले नेपालको निरंकुशता मानव अधिकारको उल्लंघन र नेपालीको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग जस्ता बिषयमा आफ्ना भनाइहरु राख्नेछन्। त्यसबाहेक अटोक्रेसी बाइबाइ प्रजातन्त्र हाइहाइ, निरंकुश शासन मूर्दावाद, मानवअधिकारको रक्षा गर, लोकतन्त्रको पक्षमा अगाडी बढौं जस्ता व्यानरहरु प्रर्दशन गर्ने र माइकिड. गर्ने, गणतन्त्रका पक्षमा कविता वाचन गर्ने र संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानलाई नेपालमा प्रजातन्त्रको पुन स्थापनामा सशक्त भूमिका खेलीदिन आग्रह गर्दै एक स्मरणपत्र दिने कार्यक्रमपनि रहेको छ। पत्रकारहरुको लर्को यहि कार्यक्रमको रिर्पोटिड.कालागि नेपालबाट गूणराज लुइटेल, राजेश मिश्र, गौतम दाहाल त्यहा पुगिसकेका छन्। त्यसैगरि हाल अमेरिका निवासी पत्रकारहरु लेखनाथ भण्डारी, अनुप थपलिया, चन्द्र खतिवडा लगायतकालेपनि उक्त प्रर्दशनीमा सशक्त भूमीका खेल्नेछन्। प्रर्दशनमा नेपालप्रेमी बिदेशीहरुकोपनि सक्रिय सहभागिता रहनेछ।
Comments
Re: कालो झण्डा बनाउदैं हैरान
by
Nepal Info
on Wed 14 Sep 2005 06:19 PM CEST | Profile | Permanent Link
Suvakamana chha, tyo Rameshnath Pandey jo Rajako lagautiya ho teslai lajjaspad banau , Gyanendreko satta lai chunauti diu ra Sarkarko nautankilai bideshika agadi chyaatchuuat parau.
|
Categories
This Month
Month Archive
|
||||||