Nepalis  gather infront of UN headquater with many black flags 
न्यूयोर्क, भदौ ३१
अमेरिकी समय अनुसार यतिवेला मध्यान्न हुदैछ। न्यूयोर्क नजिकका नेपालीहरु हातमा कालो झण्डा र व्यानर बोकेर संयुकराष्ट्र  संघको अगाडी जम्मा हुने क्रम बढ्दैछ। निजी कार बाट चार पांच घण्टा लगाएर बिरोधका सामाग्रीहरु सहित नेपालीहरु कार्यक्रमस्थल आउंदैछन्। स्थानिय समय अनुसार त्यहा मध्यान्न १२ बजेदेखि दिउसो ३ बजेसम्म बिरोध कार्यक्रम हुदैछ।  हामीसंगको संक्षिप्त कुराकानीमा आयोजक मध्ये एक एक आनन्द बिष्टले अहिले नेपालीहरु जम्मा हुने क्रम बढिरहेको बताउनुभयो। जनताबाट चुनिएका नभएर सडकबाट उठाएर ल्याइएका नेपाली प्रतिनिधीहरुले नेपालीहरुको प्रतिनिधित्व गर्न नसक्ने भएकोले उनीहरुलाई बहिष्कार गर्न संयुक्त राष्टसंघको कन्सुलेट अफिसलाई यसअघिनै पत्र बुझाइएको जानकारी बिष्टले दिनुभयो। नेपालमा प्रजातन्त्र पुनस्थापनाकोलागि राजालाई दबाब दिनुहोस् भन्ने आग्रहकासाथ नेपालीहरुका तर्फबाट उक्त महासभामा भाग लिन आउने झण्डै १८९ मुलुककै प्रमुखहरुलाई समेत अनुरोध गरिएकोपनि उहाले बताउनुभयो।राजाको भ्रमण एकाएक रद्ध भएपछिभने बिरोध कार्यक्रममा सहभागी नेपालीहरुको संख्या केही घट्ने अनुमान गरिएको छ।उक्त कार्यक्रममा नेपालबाट समेत केही संघ संस्थाका प्रतिनिधीहरु त्यहा पुगेका छन्। अहिलेको कार्यक्रममा त्यहा ५०० नेपालीहरु जम्मा हुने अनुमान गरिएको छ। हप्ताका अन्तिम दिनहरु नपरेको र शुक्रबार कार्यालय समय परेपनि सकेसम्म बढीभन्दा बढी नेपालीहरु बिरोध प्रर्दशनमा सहभागी हुने बिश्वास गरिएको छ।

पहिलो अपडेट

हामीलाई प्राप्त जानकारी अनुसार न्यूयोर्कमा आयोजना भएको बिरोध कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। रात बिरात खटेर नेपालीहरु सक्रियतापूर्वक नेपालीहरुले कार्यक्रममा भाग लिए ।शिरमा श्रीपेच लगाएका ज्ञानेन्द्र अन्त्यमा माग्ने भएको नाटक सहित कार्यक्रममा नेपाली पोष्ट डट कमको सहयोगमा खगेन्द्र संग्रौलाको किताव फूल पात पत्कर बिमोचन भएको थियो । यसैगरी भाषण कबिता बाचन र नाराहरुले यूनको बंगैचा भरीभराउ भएको थियो । 'राजाको बिरुद्ध सबैले  नारा लगाइयो'- हामी संग कुरा गर्दै नेपाली पोष्टका संचालक गिरीस पोख्रेलले भन्नुभयो । उहाका अनुसार ज्ञाने चोर देश छोड र प्रजातन्त्र हाइ हाइ भन्ने नारा नेपालीहरुका प्रिय नारा बने। कार्यक्रममा ५०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो। भने बिदेशी पत्रकारहरुकोपनि उल्लेख्य सहभागिता थियो ।

नोट: तस्बिर र सबिस्तार समाचार प्राप्त हुनासाथ राखिनेछ