The King is encouraging corruption

  वर्तमान मन्त्रमण्डलका प्रमुख नै राजा भएको मुलुकमा कुनै मन्त्रीले माथि भनेपछि त्यसको अर्थ कसलाई बुझाउंछ?  मुलुकमा प्रधानमन्त्री नभएपछि मन्त्रीमण्डलको सम्पूर्ण जिम्मा लिएका एकमात्र सर्वेसर्बा राजा हुन्। मन्त्रीमण्डलमा अनैतिक काम भयो भने मन्त्रीमण्डलका अध्यक्षका हैसियतले सम्पूर्ण जिम्मा राजाले लिनपर्छ तर मुलुकमा यस्तो भैराखेको छैन। हालैको एउटा घटना हेरौं - अबैध रुपमा मल भित्र्याउने तीन मन्त्रीको प्रयास अवरुद्ध शीर्षकमा बिहीवार प्रकाशित कान्तिपुर दैनिकको समाचार अनुसार भारतबाट अबैध रुपमा मल नेपाल भित्राउने योजना बन्यो। कृषि मन्त्रालयको बैठकमा कृषि मन्त्री बद्रिप्रसाद मण्डलले अर्थमन्त्री मधुकर शमशेरलाई देखाउदैं मातहतका कर्मचारीलाई भनेछन् -यो योजनाबारे प्रश्न उठाउन पर्दैन समस्या परे उहांले माथि जाहेर गर्नुहुन्छ।  

  नभन्दै यतिबेला समस्या आइपर्यो। योजना मुताबिक मुलुकलाई डुबाएर र अख्तियारका आंखा छलेर नेपाल भित्रीदैं गरेको मल राजश्व अनुसन्धान बिभागले समात्यो। समस्या आइपरेकोले कृषि मन्त्रीले भने झैं 'माथि' जाहेर त अवस्यै भयो होला। मन्त्रीपरिषदको अध्यक्षका हैसियतले राजाले के निर्देशन दिए त ?