अरुण बराल, काठमाण्डौ
समाचार विश्लेषण
Analysis of last 15 days ceasefire
Arun Baral, Kathmandu
नेकपा माओवादीले एकतर्फीरुपमा युद्धविराम गरेको आज १५ दिन पूरा भएको छ।
यसबीचमा शाही नेपाली सेनाले माओवादीलाई र माओवादीले सेनालाई
आरोप-प्रत्यारोप गर्ने क्रम तीब्र भएको छ।यतिका दिनसम्म सरकारले भने
युद्धविराम गर्ने कुनै छांट देखाएको छैन। युद्धविरामपछि सेनाले आफ्ना आधा
दर्जन कार्यकर्ताहरुको हत्या गरेको माओवादीले जनाएको छ भने माओवादीद्वारा
दुइ र्सवसाधारण समेतको हत्या गरिएको सेनाले आरोप लगाएको छ। नेकपा
माओवादीले भनेको छ - 'युद्धविरामको घोषणापछि जनसेनाले आक्रमण नगर्ने
स्थितिको फाइदा उठाएर शाही नेपाली सेना अहिले युद्धविराम अघि पुग्न नसकेका
ठाउंहरुमा पुग्न थालेको छ।' माओवादीको भनाइअनुसार युद्धविरामपछि शाही सेना
जाजरकोटको पांचकटिया, पांचथरको रांके र रवी बजार, ताप्लेजुङ, इलामको
एकतप्पा र धुसेनी, भोजपुरको पान्धारे, उदयपुरका गाउंहरु, बर्दियाको लापुर
र कास्कीका विकट गाउंहरुका पुगेर खानतलासी, लुटपाट र गिरफ्तारी गर्न
व्यस्त रहेको छ। माओवादी सुत्रका अनुसार भदौ २२ गते शाही सेनाको एउटा
जत्थाले दैलेखको कालीमाटीस्थित भैरवमन्दिर डांडामा स्थानीय माओवादी नेता
उत्तम हमालसहित ... more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Sunday, September 18
by
Nepal Info
on Sun 18 Sep 2005 01:07 PM PDT
by
Nepal Info
on Sun 18 Sep 2005 12:35 PM PDT
A protest in New Delhi to support the Nepali democratic movement
Rewati Sapkota, New Delhi रेवती सापकोटा नयाँ दिल्ली, असोज २ झण्डै एक साता देखिको अविरल बर्षा रोकिएर नयाँ दिल्लीको मौसम छ्याङ्ग भएको थियो। यस्तै आन्ददायक मौसमको फाइदा उठाइहाले भारतका नेपाली माओवादीले । उनीहरुको उदेश्य थियो नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउनु। दिल्लीमा कार्यक्रम भइरहदा उनीहरुले भनिरहेका थिए 'नेपालको लोकतान्त्रिक आन्दोलनलाई जनसमुदायले मात्र होइन प्रकृतिले पनि साथ दिईरहेको छ।' विद्रोही माओवादी समर्थित नेपाली जनअधिकार सुरक्षा समितिले आइतवार भारतको राजधानी नया दिल्लीमा प्रर्दशन सहितको सभा गर्यो । पञ्जाव,हरियाना,राजस्थान,चण्डीगढ,पञ्जाव-जम्वु,न्याई,बैंगलोर,हैदरावाद,त्रिपुरा-केरला हुदै आईतवार समितीले दिल्लीको औद्योगिक क्षेत्र ओखलामा प्रदर्शन सहितको सभा गरेको हो। यस्ता प्रदर्शन र सभालाई सो समितिले भारतभर बिस्तार गर्ने योजना बनाएको छ। अखिल भारत नेपाली एकता समाज नामक माओवादी समर्थित संस्थालाई भारत सरकारले प्रतिबन्ध लगाएपछि यो समिति मार्फत भारतमा माओवादीले संगठन विस्तार गर्दै आएको छ। सभालाई सम्बोधन गर्दै सो समितिका अध्यक्ष लक्ष्मण पन्तले माओवादीले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको नेतृत्व गरेको बताए। 'हाम्रो लक्ष्य र ... more » |
Categories
This Month
Month Archive
|
||