A protest in New Delhi to support the Nepali democratic movement
Rewati
Sapkota, New Delhi
रेवती सापकोटा
नयाँ दिल्ली, असोज २
झण्डै एक साता देखिको
अविरल बर्षा रोकिएर नयाँ दिल्लीको मौसम छ्याङ्ग भएको थियो। यस्तै आन्ददायक
मौसमको फाइदा उठाइहाले भारतका नेपाली माओवादीले । उनीहरुको उदेश्य थियो
नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउनु। दिल्लीमा कार्यक्रम
भइरहदा उनीहरुले भनिरहेका थिए 'नेपालको लोकतान्त्रिक आन्दोलनलाई जनसमुदायले
मात्र होइन प्रकृतिले पनि साथ दिईरहेको छ।' विद्रोही माओवादी समर्थित
नेपाली जनअधिकार सुरक्षा समितिले आइतवार भारतको राजधानी नया दिल्लीमा प्रर्दशन सहितको सभा गर्यो ।
पञ्जाव,हरियाना,राजस्थान,चण्डीगढ,पञ्जाव-जम्वु,न्याई,बैंगलोर,हैदरावाद,त्रिपुरा-केरला
हुदै आईतवार समितीले दिल्लीको औद्योगिक क्षेत्र ओखलामा प्रदर्शन सहितको
सभा गरेको हो। यस्ता प्रदर्शन र सभालाई सो समितिले भारतभर बिस्तार गर्ने
योजना बनाएको छ। अखिल भारत नेपाली एकता समाज नामक माओवादी समर्थित
संस्थालाई भारत सरकारले प्रतिबन्ध लगाएपछि यो समिति मार्फत भारतमा
माओवादीले संगठन विस्तार गर्दै आएको छ। सभालाई सम्बोधन गर्दै सो समितिका
अध्यक्ष लक्ष्मण पन्तले माओवादीले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको
नेतृत्व गरेको बताए। 'हाम्रो लक्ष्य र अभिष्ट भनेको पुँजीवादी
गणतन्त्र हो तर त्यो अमेरिका र भारतको भन्दा फरक नेपाली बिशेषता अनुसारको
हुनेछ 'उनले भने -नेपालको राजदरवारले संसदीय राजनीतिक दलहरुलाई र
अमेरिकाले माओवादीलाई फुटाउन खोजेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस समर्थित नेपाली जनसम्पर्क समितिका टिकाराम
वाग्ले, नेकपा एकताकेन्द्र मसाल समर्थित अखिल भारत नेपाली एकता समाज
मुलप्रवाहका माधव कोइराला, भारतीय बुद्धिजीवि गौतम नौलखा र आनन्दस्वरुप
बर्मा लगायतका नेताहरुले सम्बोधन गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनलाई
सफल बनाउन आफनो तर्फबाट सहयोग र र्समर्थनलाई जारी राख्ने बताए। समितिको
दिल्ली राज्य सम्मेलनको घोषणा सभाको अवसरमा आयोजित कार्यक्रममा दिल्लीका
विभिन्न औद्योगिक क्षेत्रमा कार्यरत तरुण तथा तन्नेरी युवा युवती
मजदुरहरुको ठुलै सहभागिता थियो। सभा शुरु हुनु अघि करीव एक घण्टा अघि देखि
औद्योगिक क्षेत्र भित्र नेपालमा सञ्चालित लोकतान्त्रिक गणतन्त्रको
आन्दोलनलाई सफल बनाउन आब्हान गर्दै राजा र राजसंस्था बिरुद्ध चर्का नारा
लेखिएका व्यानर तथा प्लेकार्ड बोकका थिए। कार्यक्रमको वीच वीचमा
माओवादीका जोशिला र क्रान्तिकारी गीत तथा नृत्यहरुले स्रोता तथा
दर्शकहरुलाई मनोरञ्जन पनि दिलाईएको थियो। कार्यक्रममा नेपाल तथा भारतका
बुद्धिजीवीहरुको पनि सहभागिता थियो।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
भारतीय भूमीमा राजाको सत्तोसराप
Comments
No comments found.
|
Categories
This Month
Month Archive
|
||||||