काठमाडौ, असोज ३
Maoist and political parties are having secret negotiations
( माओवादी) ले युद्धविरामको घोषणा गरेपछि सात राजनैतिक
दलहरुले माओवादीसंग गोप्य वार्ता गरिरहेको जनमोर्चा नेपालका अध्यक्ष अमिक
शेरचनले सोमबार खुलासा गर्नुभएको छ।
रिपोर्टस क्लबमा बोल्दै नेता शेरचनले माओवादी र दलहरुबीच अनौपचारिक वार्ता
भइरहेको तर आफूहरु माओवादीसंग कुनै पनि बेला औपचारिक वार्ता गर्नका तयार
रहेको बताउनुभयो। शेरचनले दैलेखमा पत्रकारलाई खेद्ने र थुन्ने काम गर्ने
राजा ज्ञानेन्द्र आतंककारी कि अरु ? भनि प्रश्न गर्नुभयो।माओवादीसंगको
सहकार्यबाट मुलुक संविधानसभाद्वारा लोकतान्त्रिक गणतन्त्रको
दिशातर्फउन्मुख हुने बताउंदै उहांले यो विषयलाई अन्तराष्ट्रिय चासोको विषय
बन्दै गएको बताउनुभयो।
नेपाली कांग्रेसका प्रवक्ता डा. रामशरण महतले माओवादीले युद्धविराम गरेपछि
सात संसदवादी राजनीतिक दल र माओवादीबीचको सर्म्पर्क बढेको र यसले गर्दा
राजावादीहरु अत्तालिएको बताउनु भयो। माओवादीको युद्धविरामलाई शंकाको
दृष्टिले हेर्ने प्रवृत्ति घातक रहेको चर्चा गर्दै कांग्रेस प्रवक्ता
डा.महतले आफूहरुले माओवादीको युद्धविरामलाई विश्वास गरिरहेको र अनुगमनको
प्रक्रिया पनि थालेको बताउनुभयो।उहांले माओवादीले युद्ध बन्द गरेको नभई
आक्रामक गतिविधिमात्रै बन्द गरेको रुपमा यसलाई बुझ्नु पर्ने बताउनुभयो।
कार्यक्रममा प्रजातान्त्रिक कांग्रेसका नेता डा. नारायण खड्काले माओवादी
युद्धविरामको प्रशंसा गर्दै वार्ताको तयार हुन सरकार र माओवादी दुबैलाई
आग्रह गर्नुभयो। वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेलले बृहद् राजनीतिक
सम्मेलनमार्फत र्सवपक्षीय सरकार गठन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहांले त्यसका वर्तमान सरकार तत्काल विघटन हुनुपर्ने बताउनुभयो। नेपाल
मानव अधिकार संगठनका अध्यक्ष चरण प्रर्साईंले संयुक्त राष्ट्रसंघमा
आफूहरुले ज्ञापनपत्र बुझाएको जानकारी दिंदै राष्ट्रसंघको मध्यस्थता सबै
पक्षले मान्नुपर्ने बताउनुभयो ।
यसैबीच सोमबार नेपाल बार एशोसिएसनको
नेतृत्वमा मानव अधिकारवादी र नागरिक समाजका प्रतिनिधि सम्मिलित २२ सदस्यीय
अनुगमन समिति गठन भएको छ ।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादी र दलबिच भित्रभित्रै गोप्य वार्ता
Comments
Re: माओवादी र दलबिच भित्रभित्रै गोप्य वार्ता
by
Anonymous
on Thu 22 Sep 2005 05:57 AM CEST | Permanent Link
Yo kina lurera ho barta? Baarta jati lukera garyo ani vanga vaye pachhi dubaile jantalai dhatyo maile yeso vaneko ra usle teso vaneko vanera?
Feri vagbanda garera khane, desh lutne salla ta hundai chhaina? Natra Jantalai kina dhatne? Khula baarta garna ke vayo? Dherai vayo yesto gopye, yo gopyele jhan khatarako sanket garchha. Ke ho raja pani gopye? Maobadi pani gopye? Aru party pani gopye? Hami janta matrai veda ho? jantalai nai gopye rakhera ani ko mathi sasan garne ho? Durbar Hatyakanda jasto gopye hola ni!!!!!!!!!! |
This Month
Month Archive
|
||||||