View Article  माधव नेपालले पद छोड्ने

Madhav Nepal to quit present post

काठमाडौ , भदौ १७
नेकपा एमालेका महासचिव माधव कुमार नेपालले आफ्नो पदबाट राजीनामा दिनुहुने थाह भएको छ। उहाले राजनीतिबाट सन्यास लिन या पार्टोको नेतृत्व अरुलाई सुम्पन भने आफ्नो पदबाट राजीनामा दिन लाग्नु भएको होइन।
आगामी महाधिवेशनबाट नेकपा एमालेमा अध्यक्ष पदको श्रृजना गरिने भएपछि उहाले महासचिव पदबाट राजीनामा दिन लाग्नु भएको हो । पार्टीले वर्तमान महासचिव पद भने यथावतै राख्ने भएको छ। पार्टीको अध्यक्ष को हुने भन्ने निर्णय भइनसकेतापनि नेपालनै पार्टी अध्यक्ष बन्ने बलियो संभावना रहेको बताइएको छ। नेकपा एमालेले मनमोहन अधिकारीको देहवशान पछि सो पद उहांको संझनामा खाली राख्ने निर्णय गरेको थियो।
View Article  अन्तिम श्रद्धान्जली
० लेखनाथ भण्डारी

मेरो देशको इतिहास,


उस्ले अलिकति बल गर्‍यो
मैले अलिकति शिर झुकाएं
दयामा उसले मेरो गर्धन माथि
तरवार चलाएन ।

टाट्नामा बांधेर मलाई
ढुंगा जस्तो देवता

देवता जस्तो मान्छेले
नाम र नम्वर फेरेर
बन्द पर्खालभित्र
मेरै रगत पसिनामा रमाईरहेछ
शकुनी पासा थापेर
कूम्भकर्ण निदाई रहेछ ।

दया पूर्वक टाट्नामा झुण्डाइएको
म यो देशको नेता हुं
बुढो गोरुले वाछीलाई
र्गर्भधान गराउन नसक्ने ।

वन्द पर्खाल भित्रको
हरियो घांसको लोभले
टाट्नामा झुण्डिएर
म सधैं
सपनाको लड्डु खाई रहेछु ।

मेरो भगवानलाई
आरती उतारिरहेछु
स्यालले झैं
झर्ला र खाउंला भनेर
र्‍याल चुहाईरहेछु
विन्तिपत्र हालिरहेछु
भाका फेरी फेरि गीत गाईरहेछु
घम्कीको भाषामा चाकडी बजाईरहेछु ।

मेरो भगवानको
अरु कसैलाई किन विरोध गर्न दिन्थें र
म आफैंले
चर्को नारा लगाई रहेछु ।

दासता र दमन सहेर
स्वभिमानी सन्तानहरुलाई
निसन्तान वनाउने
म बुढो गोरु हुं
वाछीको गर्भधान रोकिरहेछु
नयां सृष्टिलाई
नयां सन्ततीलाई
धोका दिईरहेछु ।


आमा तिमीलाई धिक्कार छर्
गर्भ मै तुहिनुपर्ने
दासहरुलाई तिमीले
व्यर्थमा जन्म दियौ ।
तिमीले जन्माएका
ती सबै दासहरुलाई
नया सृष्टिलाई रोक्ने बुढा गोरुहरुलाई
मेरो देशका जीवित नेताहरुलाई
अन्तिम श्रद्धान्जली ।

२५ अगस्त २००५
भर्जिनिया, अमेरिका
This Month
September 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive