० लेखनाथ भण्डारी
मेरो देशको इतिहास,
१
उस्ले अलिकति बल गर्यो
मैले अलिकति शिर झुकाएं
दयामा उसले मेरो गर्धन माथि
तरवार चलाएन ।
टाट्नामा बांधेर मलाई
ढुंगा जस्तो देवता
र
देवता जस्तो मान्छेले
नाम र नम्वर फेरेर
बन्द पर्खालभित्र
मेरै रगत पसिनामा रमाईरहेछ
शकुनी पासा थापेर
कूम्भकर्ण निदाई रहेछ ।
२
दया पूर्वक टाट्नामा झुण्डाइएको
म यो देशको नेता हुं
बुढो गोरुले वाछीलाई
र्गर्भधान गराउन नसक्ने ।
वन्द पर्खाल भित्रको
हरियो घांसको लोभले
टाट्नामा झुण्डिएर
म सधैं
सपनाको लड्डु खाई रहेछु ।
मेरो भगवानलाई
आरती उतारिरहेछु
स्यालले झैं
झर्ला र खाउंला भनेर
र्याल चुहाईरहेछु
विन्तिपत्र हालिरहेछु
भाका फेरी फेरि गीत गाईरहेछु
घम्कीको भाषामा चाकडी बजाईरहेछु ।
मेरो भगवानको
अरु कसैलाई किन विरोध गर्न दिन्थें र
म आफैंले
चर्को नारा लगाई रहेछु ।
दासता र दमन सहेर
स्वभिमानी सन्तानहरुलाई
निसन्तान वनाउने
म बुढो गोरु हुं
वाछीको गर्भधान रोकिरहेछु
नयां सृष्टिलाई
नयां सन्ततीलाई
धोका दिईरहेछु ।
३
आमा तिमीलाई धिक्कार छर्
गर्भ मै तुहिनुपर्ने
दासहरुलाई तिमीले
व्यर्थमा जन्म दियौ ।
तिमीले जन्माएका
ती सबै दासहरुलाई
नया सृष्टिलाई रोक्ने बुढा गोरुहरुलाई
मेरो देशका जीवित नेताहरुलाई
अन्तिम श्रद्धान्जली ।
२५ अगस्त २००५
भर्जिनिया, अमेरिका
|
|
||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
अन्तिम श्रद्धान्जली
Comments
Re: अन्तिम श्रद्धान्जली
by
Nepal Info
on Sat 01 Oct 2005 07:33 AM CEST | Profile | Permanent Link
Deshko ra netako sthiti jhalkini kabita raichha.
Yestai Kabita aundai garos hai? |
Categories
This Month
Month Archive
|
||||