Indian political leaders to address a political gathering in Kathmandu

रेवती सापकोटा


नयाँ दिल्ली असोज १०

 नेपालको लोकतान्त्रिक आन्दोलनलाई आफनै देशवाट एक्यबद्धता जाहेर गर्दै आएका भारतका बरिष्ठ नेताहरु बुधवार नेपाल जाने भएका छन। उनीहरुले राजधानी काठमाडौमा सात राजनीतिक दलहरुद्धारा आयोजना हुने बिरोध पदर्शनमा प्रत्यक्ष सहभागी हुनेछन र सभालाई सम्बोधन गर्नेछन।

    यसरी नेपाल जान लागेका नेताहरुमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटव्युरो सदस्य सिताराम यचुरी,काग्रेस आईका साँसद रविशंकर साहु, भारतीय कम्युनिष्ट पार्टी केन्द्रीय कार्यकारी सचिव डि राजा, समाजवादी आन्दोलनका वरिष्ठ नेता तथा पूर्व साँसद सुरेन्द्र मोहन र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डि पि त्रिपाठी हुनुहुन्छ। यी नेताहरु भारतीय सरकार र राजनीतिलाई प्रभावमा पार्न सक्ने व्यक्तिहरु हुन। उनीहरु सत्तासीन दल र विपक्षी दलसँग सम्बद्ध छन्।
 
भारतीय नेताहरु नेपालका सात राजनीतिक दलको निमन्त्रणामा नेपाली आन्दोलनलाई समर्थन जनाउदैछन्। राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि भारतका यी राजनीतिक दलहरुले नेपाललाई सैनिक सहयता लगायतका सहयाता नगर्न आफनो सरकारलाई दवाव दिदै आएका छन्। 

यिनै नेताहरुले भारतमा सोलिडारिटी फोरम फर डेमोक्रेसी इन नेपाल मार्फत नेपालको लोकतान्त्रिक आन्दोलनलाई सघाउ पुरयाउने हिसावले भारतमा आफना कार्यक्रम गर्दै आएका छन।तर यस पटकको भारतीय नेताहरुको भ्रमणमा भने नेपालको राजपरिवार संग नजिक मानिने भारतीय जनता पार्टीका नेताहरुको भने संलग्नता रहनेछैन।