Parliamentary Parties are in political dilemma
Political news analysis
समाचार विश्लेषण
काठमाण्डौ
आफ्नो नीति र कार्यक्रममा राजतन्त्रको सट्टा लोकतन्त्रलाई समावेश गरे पनि
नेपाली कांग्रेस र नेकपा एमालेले आन्दोलनको पुरानै एजेण्डाको चर्चा
गर्नथालेपछि फेरि यी दुइ दलहरु आलोचनाको शिकार हुन थालेका छन्। नागरिक
अन्दोलनका चर्चित व्यक्तित्व डा देवेन्द्रराज पाण्डेले एक कार्यक्रममा
कांग्रेस महामन्त्री रामचन्द्र पौडेलकै अगाडि प्रश्न गर्नुभयो- कांग्रेसले
आफ्नो विधानबाट संबैधानिक राजतन्त्र त झिक्यो, तर अब त्यसका ठाउंमा के
राख्ने त? त्यस्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस
नेता नरहरी आचार्यले नेपाली कांग्रेसका नेताहरुले नै महाधिवेशनका
निर्णयहरुको अपव्याख्या गर्न थालेको भन्दै पार्टीको निर्णय
कार्यन्वयन हुनेमा शंकासमेत व्यक्त गर्नुभएको छ। 'सातदलको आन्दोलनमा
स्पष्ट एजेण्डा भएन' - कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा सभापतिको
प्रत्यासीसमेत बन्नुभएका आचार्यले भन्नुहुन्छ।
कांग्रेसको हालै सम्पन्न महाधिवेशनले आफ्नो विधानबाट राजतन्त्रलाई झिक्ने
निर्णय गरेपछि त्यसको र्सवत्र स्वागतमात्रै गरिएन, राजधानीमा आन्दोलनले
पनि एकाएक गति लिन थालेको थियो। कांग्रेसको नया निर्णय आउनुभन्दा केही दिन
अघिमात्रै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले संविधानसभाको
चुनाबमार्फत लोकतान्त्रिक गणतन्त्रसम्म जाने निर्णय गरेको थियो। कांग्रेस
र एमालेद्धारा गरिएका यी निर्णर्यहरुले आन्दोलनलाई तताइरहेकै बेला नेकपा
माओवादीले दुवै दलको अग्रगामी निर्णयलाई स्वागत गर्दै सहकार्यको वातावरण
बनाउन भदौ १८ गतेदेखि तीन महिने युद्धविरामको घोषणा गरेको थियो। तर,
युद्धविराम भएको एक महिना पुग्न लाग्दा पनि माओवादीसंग दलहरुको सम्वाद र
सहकार्य हुन सकेको छैन।
कांग्रेस नेता नरहरी आचार्य भन्नुहुन्छ - माओवादीले दलहरुसंग वार्ता र
सम्वाद गर्नकै लागि युद्धविराम गरेका हुन् तर, सात दलको ढिलाइ र
असक्षमताका कारण वार्ता हुन सकेको छैन न त पार्टीहरुले युद्धविरामको ठोस
विश्लेषण गर्न नै सकेका छन् । संसद पुनर्स्थापनाको मागले मुलुकको समस्या
समाधान नहुने बताउदै राजनैतिक आन्दोलनलाई तेज बनाएर लैजानुपर्ने
धारणा उहांले अघि सार्नुभएको छ। स्मरण रहोस् नेपाली कांग्रेसले अझैपनि
संसद पुनर्स्थापनालाई नै आफ्नो एजेण्डा मान्दै आइरहेको छ। 'सातदलको
आन्दोलन दिमाग र विचारद्वारा होइन, हात र खुट्टाद्धारा मात्रै चलिरहेको छ।
आन्दोलनको एजेण्डामा प्रष्टताको अभाव छ' - आचार्यले असन्तुष्टि छ - सात
दलहरुबीच भएका फरक फरक विचारले पनि अस्पष्टता र ढीलासुस्ती बढ्यो।
कांग्रेस प्रवक्ता रामशरण महतले हालै एक टेलिभिजन कार्यक्रममा
अन्तर्रवाता दिंदा संसद पुनर्स्थापना भएमा कांग्रेसले संवैधानिक राजतन्त्र
मान्न तयार छ भनी अभिव्यक्ति दिएकोमा आचार्यले आक्रोश व्यक्त गर्नुभएको छ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ३ महिना उपचारका लागि भारत
जानुपर्ने जनाउदै कार्यबाहक सभापति अर्कैलाई बनाउने भनेको कुरालाई पनि
आचार्यले विरोध गर्नुभएको छ। आचार्यको तर्क छ- कांग्रेसको विधानअनुसार
कसैलाई कार्यवाहक सुम्पन मिल्दैन।त्यसै गरी कांग्रेस महामन्त्री रामचन्द्र
पौडेलले नेविसंघद्धारा आयोजित काठमाण्डौ तनहु सर्म्पर्क मञ्चको
कार्यक्रममा बोल्दै आन्दोलन चर्काएर लानुको विकल्प नभएको बताउनुभएको छ।
नेपाली कांग्रेसमा मात्रै होइन, नेकपा एमालेमा पनि पार्टी आन्दोलनको
एजेण्डालाई परिमार्जन नगरेकोमा व्यापक असन्तुष्टि बढेको छ। हालै बल्खुमा
आयोजित पार्टी अगुवा कार्यकर्ताहरुको भेलामा एमाले नेताहरुलाई
कार्यकर्ताले केन्द्रीय बैठकद्धारा पारित निर्णर्यलाई दरोसंग पक्डन व्यापक
दवाब दिएका छन् र माओवादी संग स्पष्ट एजेन्डा लिएर अघाडी बढ्न आब्हानपनि
गरेका छन्।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
खै त पार्टीहरुको स्पष्ट एजेन्डा ?
Comments
Party ka Agenda hernus
by
Nepal Info
on Thu 29 Sep 2005 06:34 PM CEST | Profile | Permanent Link
Party haruko spatha Agenda yesto chha:
-Afu afu ladne -anto ra santo bolne -spastha kura nagarne -Durbar tira pani ankha lagaune -paye samma shakti nadiye pani kursi tirai farkine -Andolan vanne ta nam matra line rajalai ghurkauna matrai -Jantalai dekhauna ali ali Rajako birodhma bolne -Bidesiko chakari garne -Nepalilai sadhai 500 barsa agadiko jangali yugmai rakhera sadhai chusne -baarta garchhau garchhau vanera feri Maobadilai jungle tirai farkaune -Nepaliko ragatle kholi bagaune -Afu thula thula bangala Kathmanu ma banayera basne -Kathmanduma ausachhit vaye Bideshma pahilenai kineko bangalama basne, Harikrishna Gole |
Categories
This Month
Month Archive
|
||||||