King Gyanendra and the
flute of Greece king Niro
अरुण बराल
विचार/विवेचना
सात राजनैतिक दलहरुले राजधानीमा सधैंको भन्दा भिषण आन्दोलन
चर्काउनुका साथै ६ दर्जनभन्दा बढी पत्रकारहरुले रत्नपार्कमा गिरफ्तारी
दिएर निषेधाज्ञा तोडिरहेका बेला राजा ज्ञानेन्द्र मकवानपुरमा आइमाई,
केटाकेटी र वृद्धवृद्धाहरुबाट फूल र पातहरु बटुल्नमै व्यस्त देखिन्थे।
उनको फूल र पात र पत्कहरुप्रतिको मोह यती बढ्दैछ कि मकवानपूरमा ओइलाएका
फूलहरु बटुलेपछि उनले ललितपूरका फूलहरु बटुले। अब उनी पोखरामापनि फूल पात
र पत्करहरु बटुल्न जादैछन्।
मुलुकमा नागरिक समाजदेखि सारा राजनैतिक दलहरु आन्दोलनमा होमिएका होमियै
छन् । संयुक्तराष्ट्र संघदेखि यूरोपेली यूनियन र अन्तराष्टिय जगत साराले
राजालाई जनताले दिएको स्थानमा बस्न भनिरहेछन् र मुलुकलाई गतिदिन आग्रह
गरिरहेछन् तर राजाले मुलुकको आन्दोलनको दुन्दुभी चालै नपाएजस्तो गरिहेका
छन्। यो घटनालाई नियाल्दा लाग्छ- हाम्रा राजा ज्ञानेन्द्र 'निरोका' नेपाली
मुद्रण हुन् र उनी काठमाण्डौ जलिरहंदा मकवानपुरको सुपारेटार ब्यारेकमा
बांसुरी बजाउनमै व्यस्त छन्।मुलुकभरी बिस्तारै फैलदै गएको आन्दोलनले
राजालाई कुनै प्रभाव पार्दैनरु सारा नागरिक सडकमा ओर्लदैं गरेको दृष्य के
राजाले देख्दैनन्? आन्दोलनको आवाज राजा ज्ञानेन्द्रको कानसम्म आइपुग्दैन?
यस्ता प्रश्नहरु अचेल बग्रेल्ती उठ्ने गर्छन्।
आन्दोलनको गति दिनदिनै चर्कंदै गइरहेको छ। पेशाकर्मीहरु सडकमा
उत्रिइरहेका छन्। पत्रकारहरु आन्दोलन गरिरहेका छन्। विदेशी कुटनीतिज्ञहरु
पनि राजालाई प्रजातन्त्र पुनर्स्थापना गर भनिरहेका छन्। यति हुदाहुदैपनि
राजाले टेरपुच्छर लगाएका छैनन्। राजा आफ्नै हठमा व्यस्त छन्। जिल्ला
भ्रमणमा निस्केका बेला फूल दिने मान्छेहरुको अलि लामै भीड देखेरै
होला राजा ज्ञानेन्द्रलाई जनताले आफूलाई समर्थन गरिरहेको भ्रम परेको
हुन सक्दछ। राजामा रहेको यही भ्रम र हठले गर्दा नेपालमा तत्कालै कुनै
राजनीतिक सम्झौता वा निकासको सम्भावना देखिदैन।
मध्यपश्चिम र सुदूर पश्चिमको भ्रमणकै बेलामा राजाले आफ्नो हठ र्सार्वजनिक
गरिसकेका छन्। दलहरुलाई आफ्नो रोडम्यापमा तान्ने उनको ध्येय छ, दलहरुको
रोडम्यापलाई एकरत्ति पनि उनले स्वीकार्ने संकेत देखाएका छैनन्। उनका उही
पुरानै एजेण्डाहरु छन्- आतंकवाद, भ्रष्टाचार, सुशासन, आर्थिक पारदर्शिता र
विकास। माओवादीलाई आतंककारी घोषणा गरेर हिंसाको बाटोलाई लम्ब्याई राजा
जनहत्या जारी राख्न चाहन्छन् र आफ्नो निरंकुश शासनलाई दीर्घायु बनाउन
चाहन्छन्। माओवादीले एकतर्फी युद्धविराम गरिसक्दा पनि राजाका तर्फबाट
युद्ध जारी राख्नुको कारण पनि यही हो। दोस्रो, भ्रष्टाचारको विरोध साधु
बिरालाको कसम जस्तो मात्रै हो। किनभने राजा र उनको मन्त्रीमण्डलमा
बस्नेहरु नै सबैभन्दा बढी भ्रष्ट छन्।
गृहमन्त्री दानबहादुर शाही र अर्का सहायक मन्त्री सिनेट श्रेष्ठको
मलकाण्डसम्बन्धी मुद्दा अख्तियारमा जिवितै छ। माघ १९ यता दरबारको खर्च
बढाइएको छ, मन्त्रीहरुको सुविधामा भारी वृद्धि गरिएको छ। प्रशासनमा
राजनीतिकरण गरिएको छ र टीकेहरुबाट देश सञ्चालन गर्न थालिएको छ।
कर्मचारीलाई सिधै राजमुकुटको गीता गाउन उर्दी गरेर नया मुख्यसचिव
लोकमानसिंह कार्कीले शुसासनको एजेण्डालाई लंगौटी लगाइदिएका छन्। त्यसै गरी
देशमा शान्ति र स्थिरता नभएसम्म विकास निर्माणको काम असम्भव छ भन्ने कुरा
पिलीको घटनाले प्रष्ट पारिसकेको छ। सुर्खेत-जुम्ला सडक निर्माण कार्यमा
अवरोध आएको छ। गाउमा जाने बजेट फ्रिज भइरहेको छ। देशभरि विकास निर्माणका
ठप्प छन्। सरकारका योजनाहरु गाउसम्म पुग्नै सकेका छैनन्। यो बेलामा
राजाबाट दिइएको विकासको नारा राजनैतिक नारा मात्रै हो। राजाका यी थोत्रे
एजेण्डाहरुको कुनै तुक छैन। मुलुकको पहिलो समस्या राजनैतिक समस्या हो तर
यतापट्टी राजाको ध्यान पटक्कै गएको छैन।
पश्चिम नेपालको भ्रमणमा गएका बेला अन्तरवार्ता दिने क्रममा राजाले
काठमाण्डौको आन्दोलनका बारेमा भनेका थिए- दूइचार जना उछृंखल मान्छेहरु
उफ्रिएर केही हुनेवाला छैन। काठमाण्डौमा दिनहु जनसागर उर्लीरहेका बेला
राजाले किन दुइ चार जना मान्छेमात्रै उफ्रिरहेको प्रतिक्रिया दिए रु कतै
राजाले काठमाण्डौको आन्दोलनमा कति मान्छे उत्रिएका छन् भन्ने बारेमा सही
जनाकारी नै पो पाएका छैनन् कि रु काठमाण्डौमा सडकमा उत्रिएका जनताको
प्रत्यक्ष दृश्य राजाले देखेकै पो छैनन् कि रु या राजाका आसेपासेहरुले
उनलाई ुमहाराज दुई चार जनामात्रै सडकमा उत्रिएका छन्, आत्तिनु पर्दैन भनेर
गलत रिपोर्ट पो सुनाउने गरेका छन् किरु आखिर राजाले किन काठमाण्डौमा
उर्लिएको जनसागरलाई दुईचारजना मात्रै देखेरु यो कुरो निकै रोचक छ। राजाको
यस्तो प्रतिक्रियाले के देखाउछ भने या त नारायणहिटी दरबार देशको वास्तविक
वस्तुस्थिति थाहा पाउन अर्समर्थ र अपारदर्शी छ, या त राजा ज्ञानेन्द्रले
जानी बुझीकन जनताको शक्तिलाई हियाएर बोलिरहेका छन्।
राजाको दरबार एउटा त्यस्तो कालो ओढार हो, जहा भित्रबाट जनताको आवाज सुन्न
सकिदैन। यो कुराको एउटा रमाइलो उदाहरण हेर्ने हो भने हामीले
सिक्किमको इतिहास पल्टाउनु पर्छ। सिक्किमको प्रथम जनआन्दोलनका बेला सन्
१९४९ मई १ का दिन एकाबिहानै दश हजार मान्छेले गान्तोकस्थित
राजदरबारलाई घेरा हालिसकेका थिए। तर, सिक्किमे राजा टासी नाम्ग्याल
भने दरबारभित्र पूजापाठमा व्यस्त थिए। शायद राजाका धुपौरेहरुले उनलाई
जनताको ठूलो प्रदर्शनबारे थाहै नदिने र दुइ चार जनामात्रै थिए भनेर ढाट्ने
विचार गरेका थिए होलान्। अन्ततः जनताको भीड दरबारतिर पस्न थालेपछि राजा
भागेर पोलिटिकल अफिसरकोमा शरण लिन गए भने युवराज थोण्डुप नाम्ग्याललाई
जनताले कब्जामा लिए। यो घटनापछि सिक्किमका राजाले बाध्यभएर जनप्रिय
अन्तरिम सरकार गठन गर्नुपरेको थियो।
के सिक्किममा जस्तै काठमाण्डौमा जनसागर उर्लिरहेको कुरा राजाले थाहा
नपाइरहेकै हुन् तरु हाम्रा देशका धुपौरेहरुले पनि राजालाई आन्दोलनको
वस्तुस्थितिबारे सही जानकारी नदिएकै हुन् त रु यस्तै हो भने एक दिन जनताको
भीड सिक्किममा जस्तै राजा र युवराजले थाहै नपाई प्रहरीहरुको घेरा र
निषेधितक्षेत्र तोड्दै नारायणहिटीमा प्रवेश नगर्ला भन्न सकिन्न।
त्यतिखेरमात्रै राजाले थाहा पाउने छन् कि जनताको आन्दोलनमा कति मान्छे
रहेछन् भनेर।आन्दोलनको आवाज राजाका कानसम्म पुग्छ या पुग्दैन भन्ने कुरा
हामी नेपालीहरुका लागि निकै ठूलो जिज्ञासाकै विषय बनिरहेको छ।
मान्छेहरु एक अर्काबीच प्रश्न गर्ने गर्छन्; के राजाले आन्दोलनमा
लागेका ज्ञाने चोर देश छोड भन्ने नाराहरु पनि सुन्छन्? के राजाले
आन्दोलनको जनसागर र नेताहरुले भाषण मार्फत उनलाई दिएको चुनौती पनि थाहा
पाउछन्?
राजाले गोरखापत्र र नेपाल टेलिभिजन बाहेक अरु पनि हेर्छनरु यो प्रश्न
आन्दोलनकारीका लागि कौतुहलको विषय बनिरहेका छ। तर राजाको भनाइ सुन्दा उनले
काठमाण्डौको आन्दोलनमा कति मान्छे छन् भन्ने थाहै पाएका छैनन्।
नारायणहिटीको छतबाट सिद्धिनरसिंह राजाले जसरी हेर्ने हो आन्दोलनको तागत
सजिलै थाहा पाउन सकिन्थ्यो। तर अहिलेसम्मपनि राजाले जनताको शक्ति बुझेको
देखिन्न। मुलुकमा यस्तो हुदैछ जस्तो निरोले रोम जल्दा बासुरी फुकिरहेका
थिए।
अरुण बराल जनआस्था साप्ताहिकका पत्रकार हुनुहुन्छ।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
राजा ज्ञानेन्द्र र निरोको बासुरी
Comments
Pujari banau Aba rajalai
by
Nepal Info
on Fri 30 Sep 2005 06:24 PM CEST | Profile | Permanent Link
Aru ta Raja Gyanendrale garna janekai chhainanan.
Unle thulo kam janeko vaneko Mandir Mandir chaharera Murti kasari umkaune vanne ho. Murti uchalna napayeka bela aru kuramai mastiram. Chup lagekai thik chha, barau basuri bajayera base ta murti kam ukhalinchhan ki ! Akasha |
Categories
This Month
Month Archive
|
||||||