नेपाली प्रेसलाई सहयोग गर्न अन्तराष्ट्रिय समूदाय संग आग्रह

RSF appeals to the international community to set up support for the Nepali Independent Media

फ्रान्स, असोज १४

  नेपालको स्वतन्त्र प्रेस प्रजातन्त्रको एउटा अन्तिम उपलब्धिका रुपमा रहेको भन्दै त्यसको सूरक्षा गर्न अन्तराष्ट्रिय समूदाय समक्ष आब्हान गरिएको छ। विश्वभरी प्रेस स्वतन्त्रका पक्षमा कार्यरत रिर्पोटर विथआउट बोर्डरले बिहीवार एक प्रेस बिज्ञप्ती मार्फत अन्तराष्ट्रिय  समूदाय संग यस्तो आव्हान गरेको हो।

 राज्यपक्षबाट स्वतन्त्र प्रेसलाई खतमा पार्न अनेक तरिकाले दमन गर्दागर्दैपनि त्यसलाई चिर्दै अगाडी बढेकोमा नेपाली प्रेस जगतको प्रसंसा गर्दै बोर्डसले अन्तराष्ट्रिय  सुरक्षाकोलागि सबैको सहयोग रहनुपर्ने आवश्यकताको बोध गराएको छ।बितेका केहिदिन देखि राज्य स्वतन्त्र प्रेसप्रति झन अनुदार देखिएको राजा ज्ञानेन्द्रले स्वतन्त्र प्रेसलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गरी आफ्ने तानाशाही सपना पूरा गर्न खोजेको आरोप उसले लगाएको छ।

  नेपाली  प्रेसलाई   विदेशीहरुको   स्वार्थ  अनुसार   काम   गरेको   भन्ने सूचना ता सञ्चार  मन्त्रीको  भनाइलाई  अस्विकार  गर्दै  बोर्डसले  भनेको  छ -'अन्तराष्ट्रिय समुदायले  नेपाली  पत्रकार र  प्रेसलाई  र्समथन  गर्नु  सरकारी  दमन बिरुद्धको पेशागत  एक्यवद्धता हो'।  नेपाली  प्रेस  बिरुद्धका  सम्पूर्ण  सरकारी हरकातको भर्त्सना गर्दै बक्तव्यमा राष्ट्र  राष्ट्रियता र  राजमुकुटप्रति आस्थावान पत्रपत्रिकालाई मात्र राज्यद्धारा बिज्ञापन सहुलियत दिने नीति र हालै नेपाल प्रेस काउन्सिलद्धारा गरिएको पत्रपत्रिकाको भेदभावपूर्ण स्तर बिभाजनलाई अन्यायपूर्ण भन्दै बिरोध गरिएको छ। प्रेस बिज्ञप्ति आर एस एफ को लिंकमा हेर्नुहोस।