संबिधानसभाकालागि संघर्ष जरुरी
by
Nepal Info
on Fri 30 Sep 2005 07:28 AM PDT |
Permanent Link
|
Cosmos
काठमाडौ ,असोज १४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेपाल कम्युनिष्ट पार्टी
(माओवादी) का प्रवक्ता कृष्ण बहादूर महराले संविधानसभा र लोकतान्त्रिक
गणतन्त्रको राजनैतिक निकासमा धु्रवीकृत हुन र संघर्षको आधी सृष्टि
गर्नसम्पूर्ण राजनैतिक शक्ति तथा नागरिक समाजलाई आग्रह गर्नुभएको छ ।
उहाले आज एक प्रेस बिज्ञप्त मार्फत यस्तो आग्रह गर्नुभएको हो ।
हिजो राजधानीमा नेकपा एमालेका महासचिव माधव नेपाल र गिरीजा प्रसाद कोइराले
भारतीय नेताहरुसंगको भेटघाटका क्रममा आफूहरुले पहिला संसद स्थापना गर्न
चाहेको र पछि संबिधान सभामार्फत मुलुकको राजनीतिक समस्या हल गर्न चाहेको
उल्लेख गर्नुभएको लगत्तै माओवादी नेताको यो आग्रह सार्वजनिक भएको हो।
यसैगरी उहाले अघिल्लो शनिबार पाल्पामा भएको हत्याकान्डको निन्दा र भर्तसना
गर्दै शाही सेनाद्धारा मारिएका आफ्ना ६ कार्यकर्ताहरुलाई शहिद घोषणा
गर्नुभएको छ।
माओवादीहरुले एकतर्फी यूद्धबिराम गरेपछि शाही सेनाद्धारा यति ठूलो
संख्यामा माओवादी कार्यकर्ता मारिएको यो पहिलो घटना थियो । माओवादीका
मारिएका ति ६ कार्यकर्तालाई शाही सेनाले युद्धबिरामको पालना नगरेको आरोप
लगाएको थियो ।
आज प्रकाशित उक्त बिज्ञप्तमा उहाले माओवादीद्धारा हालैका दिनहरुमा
चन्दा आतंक र अपहरण जारी रहेको कुरालाई खन्डन गर्दै सरकारको आंखा छलेर
संगठनात्मक काममा सहभागी भइरहेका शिक्षक तथा विद्यार्थीहरुलाई अपहरणको
संज्ञा दिनु शाही सत्ताको नियोजित प्रचारवाजी भन्दा अर्को केही नभएको भनि
दावी गर्नुभएको छ। बिज्ञप्तीमा उहाले भन्नुभएको छ - "शाही सत्ताको गिद्दे
दृष्टिलाई छल्दै आफ्नै संगठनात्मक काममा सहभागी भइरहेका शिक्षक तथा
विद्यार्थीहरुलाई अपहरणको संज्ञा दिनु शाही सत्ताको नियोजित प्रचारवाजी
भन्दा अर्को केही नभएको स्पष्ट गर्न चाहन्छौं"। वास्तविक अपहरण र
युद्धबन्दीबारे हाम्रो पार्टको नीतिप्रतिको व्यावहारिक प्रतिवद्धता
कसैका अगाडि छिपेको छैन। बांकी बिज्ञप्तिकालागि एटाचमेन्ट फाइलमा
हेर्नुहोस।
यसैबिच माओवादीले एकतर्फी यूद्धबिराम गरेपछि अखिल नेपाल राष्टिय
स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीको गोरखा जिल्ला समितीका
कोषाध्यक्ष कल्पना बञ्जरालाई हालै शाही नेपाली सेनाले पक्राउपछि मारेको
जानकारीपनि प्राप्त भएको छ। उक्त संगठनको गोरखा जिल्ला समितीले एक प्रेस
बिज्ञप्ती प्रकाशित गरी उक्त घटनाको निष्पक्ष छानबिनकालागि
मानवअधिकारकर्मीहरु संग अनुरोध गरेको छ।
Attachments: