- शंकर पोखरेल
केन्द्रिय सदस्य, नेकपा एमाले


Democracy through constitutional Assembly
Shankar Pokhrel,central comittee member, CPN(UML)

मुलुकमा विद्यमान राजनीतिक द्वन्द्वको. सघनता, शक्ति सन्तुलनमा आएको परिवर्तन, नयाँ शक्ति सन्तुलनको आवश्यकता र सामाजिक परिवर्तनप्रति नेपाली जनतामा विकास भएको नवीन चेतनाका आधारमा नेपालको प्रजातान्त्रिक व्यवस्थालाई सम्बैधानिक रुपले पुनसंरचना गर्न अव हामी तयार हुनुपर्दछ ।

राजाको प्रतिगमन वा माओवादी समस्याको राजनीतिक समाधान खोज्ने कुरासँग नेपाली समाजमा विद्यमान आर्थिक-सामाजिक द्वन्द्व र आधारहरुलाई पनि विचार गर्नुपर्ने हुन्छ । वर्तमान समयमा नेपाली समाजमा विद्यमान राजनीतिक संकटको निदानको लागि राजाका पछाडि फर्किएका प्रतिगमनकारी कदमहरुलाई रोक्न र सच्याउन सक्नुपर्दछ । राजाको माघ १९ गतेको शाही घोषणा र त्यसपछिका कदमहरुले नेपाल अधिराज्यको संविधान   more »