Maoist announce countrywide protest
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले देशलाई अग्रगामी राजनैतिक निकास
प्रदान गर्ने दावी गर्दै जनपरिचालन र संर्घषको तात्कालिक कार्यक्रम घोषणा
गरेको छ।
युद्धबिराम गरेको साता दिनपनि नपुग्दै माओवादीका अध्यक्ष प्रचण्डले आज एक
विज्ञप्ती प्रकाशित गर्दै देशव्यापी संघर्षको कार्यक्रमको घोषणा गर्नुभएको
हो।
सात राजनैतिक पार्टीहरुको आन्दोलनले देशव्यापी रुप लिन नसकिरहेको अवस्थामा
भएको यो घोषणाले आन्दोलनलाई देशव्यापी बनाउने संभवना बढ्दै गएको छ ।
विज्ञप्तीमा उहाले आफ्नो आधार इलाकामा सात राजनैतिक पार्टी तथा
मानवअधिकारकर्मीहरुलाई राजनितीक कार्यक्रम संचालन गर्न दिन अनुरोध
गर्नुभएको छ ।
बांकी बिज्ञप्तीमा जस्ताको तस्तै
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति
प्रेस वक्तव्य
पार्टीका तर्फबाट युद्धविरामको घोषणापछि विकास भइरहेको राष्ट्रिय र
अन्तराष्ट्रिय परिस्थितिलाई ध्यान दिंदै देशलाई अग्रगामी राजनैतिक निकास
प्रदान गर्न एवं जनसमुदायको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न अधिकतम
पहलका लागि केन्द्रीय कार्यालयका तर्फबाट जनपरिचालन र संर्घषको निम्न
तात्कालिक कार्यक्रम घोषणा गरिएको छ ।
क) १.अन्तरिम सरकार, संविधान-सभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको
पक्षमा व्यापक प्रचार-प्रसार ; पर्चा, पोष्टर, वालिङ्ग, कोण-सभा,
सांस्कृतिक कार्यक्रम आदि मार्फत (भाद्र २५ देखि आश्विन १६ गतेसम्म)
२.जन-सेवा र घर-दैलो कार्यक्रम ; सानातिना विकास निर्माणका साथै घर-घरमा
गएर जनतालाई देशको स्थिति र पार्टी स्थितिबारे अवगत गराइ जनसम्बन्ध सुदृढ
गर्ने; (आश्विन १६ देखि कार्तिक २० गतेसम्म)
३.जिल्ला र क्षेत्रीय स्तरमा ठूल्ठूला प्रदर्शन र जनसभाहरुको आयोजना गरी
जनसमुदायलाई व्यापक रुपले आन्दोलित गर्ने; (कार्तिक २१ देखि मंसीर १८
गतेसम्म)
नोट- उपरोक्त कार्यक्रमहरुमा पार्टी सेना, मोर्चा, जन-संगठन सबैलाई योजनाअनुसार परिचालन गर्ने
ख) निरंकुश राजतन्त्रकाविरुद्ध व्यापक मोर्चा कायम गरी आन्दोलनलाई शक्तिशाली तुल्याउन निम्नअनुसार पहल गर्ने
१.जिल्ला र क्षेत्रीय स्तरमा समेत आन्दोलनरत राजनैतिक दल र नागरिक समाजका
प्रतिनिधिसंग वार्ता र संयुक्त कार्यक्रमका लागि निरन्तर पहल गर्ने,
२.आन्दोलनरत राजनैतिक दल र नागरिक समाजलाई हाम्रो आधारइलाका लगायत देशको
कुनै पनि भागमा स्वतन्त्रतापूर्वक आफ्ना कार्यक्रम संचालन गर्न सहयोग
पुर्याउने । उनीहरुबाट हाम्रो आलोचना भए पनि राजनैतिक रुपले त्यसको
प्रतिवाद हाम्रो आफ्नो मंचबाट मात्र गर्ने,
३.आन्दोलनरत राजनैतिक दल र नागरिक समाजसंग केन्द्रीय स्तरबाट बन्नसक्ने
कुनै पनि संयुक्त कार्यक्रम वा आन्दोलनमा तालमेलको सहमतिलाई दृढतापूर्वक
कार्यान्वयन गर्ने।
ग) १.युद्धविरामको अवधिभर 'शाही' सेनाबाट जनताका विरुद्ध हुनसक्ने ज्यादती
र अत्याचार तथा उसबाट हुनसक्ने फौजी कृयाकलापको विस्तार वा आक्रमणका
विरुद्ध प्रतिरोधका लागि जनमुक्ति सेनाको मूल शक्तिलाई चौविसै घण्टा
सक्रिय रक्षाको अवस्थामा राख्ने,
२.योजनाबद्ध रुपमा जनमुक्ति सेनालाई चक्रिय प्रणाली अनुसार जनसेना र जनसम्बन्ध सुदृढ गर्ने काममा लगाउने,
३.दुश्मनको कुनै पनि अप्रत्याशित षडयन्त्रका कारण युद्धविराम भंग गर्नुपर्ने अवस्था आएमा प्रत्याक्रमणका लागि योजनाको विकास गर्ने
नोट- जन-परिचालन र संर्घषको उपरोक्त सामान्य कार्यक्रमलाई सबै
कमाण्ड, क्षेत्र र जिल्लाहरुले आफ्नो स्थिति अनुसार ठोस बनाएर कार्यान्वयन
गर्नेछन् ।
मिति : २२ भाद्र २०६२
प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादीद्धारा आन्दोलनको घोषणा
Comments
No comments found.
|
This Month
Month Archive
|
||||||