प्रकाश, सहमहामन्त्री नेकपा (एकताकेन्द्र -मसाल )
Parliamentary parties and Maoist unity is becoming closer
Prakash, secretary-general CPN (Ekata kendra-Masal)
नेकपा(माओवादी )ले भाद्र १८ गते २०६२ देखि लागु हुने गरि तिन महिनाको लागि एकतर्फी युद्दविराम घोषणा गरेको छ । यो युद्दविरामको घोषणालाई राजाको नेतृत्वमा बनेको प्रतिगामी सरकार वाहेक आन्दोलनकारी सात राजनीतिक पार्टी, नागरिक समाज, मानवअधिकार संघ संस्था र आम जनसमुदाय सवै पक्षबाट स्वागत गरिएको छ। साउनको तेश्रो हप्तादेखि नागरिक समाजको तर्फबाट संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको स्पष्ट ऐजेण्डाकासाथ संचालन भैरहेको प्रभावकारी आन्दोलन, भाद्रको दोश्रो हप्तामा नेकपा एमालेको केन्द्रिय समितिको बैठकको संविधान सभालाई तात्कालिन कार्यनिति बनाई आन्दोलनलाई लोकतान्त्रिक गणतन्त्रको दिशामा उन्मूख गर्ने निर्णय भाद्रको तेश्रो हप्तामा नेपाली कांग्रेसको महाधिवेशनको आफ्नो विधानबाट संवैधानिक राजतन्त्र भन्ने शब्दावली हर्टाई more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Thursday, September 8
by
Nepal Info
on Thu 08 Sep 2005 08:05 AM PDT
by
Nepal Info
on Thu 08 Sep 2005 04:39 AM PDT
Royalists faught themselves
काठमाण्डौ, भाद्र २३ पाठकवृन्द, तपाइहरुलाई सुन्दैमा अनौठो लाग्यो होला। विदेशी हस्तक्षेपको विरोध गर्ने भन्दै गत सोमबार काठमाण्डौको मीनभवनबाट मण्डलेहरुले निकालेको जुलुसमा मण्डले-मण्डलेबीचमै दिउंसै तरबार हानाहान भयो। सो तरबार हानाहानमा पत्रकार पदम ठकुराठी गोलीकाण्डका नाइके तथा मन्त्री जगत गौचन र अर्का चर्चित गुण्डा तथा सहायक मन्त्री निक्षसमशेरका पाल्तु गुण्डाहरु संलग्न रहेको पत्ता लागेको छ। काठमाण्डौमा प्रतिगमन विरुद्धआन्दोलन चर्कंदै गएको औडाहालाई सहन नसकी सोमबार जगत गौचनले भाडाका केही मान्छेहरुलाई मीनभवन क्याम्पस अगाडि भेला पारेका थिए। 'नेपालको आन्तरिक मामिलामाथिको वैदेशिक हस्तक्षेपविरुद्धको जनआन्दोलन समिति' भन्ने लामो नामको ब्यानर बनाएर जुलुस लगाउन भेला पारिएका गौचन र्समर्थक मण्डलेहरुले कार्यक्रम शुरु गर्न नपाउंदै निक्षसमशेर र अर्का मन्त्री सिनेट श्रेष्ठका आधा दर्जनजति गुण्डाहरु आएर जथाभावी तरबार चलाइहाले। तरबार प्रहारबाट बिकास महर्जन भन्ने मन्त्री गौचनका मतियार र भुवन भन्ने अर्को एकजना घाइते भएका छन्। घाइते महर्जन 'ललितपुर उपडोजो' नामक गौचनको कराते स्कुलका प्रमुख समेत हुन्। गौचन पक्षधर मण्डलेहरुमाथि तरबार प्रहार गर्नेहरुमा दीपक मनाङ्गेसंगै ज्यानसम्बन्धी सजायंमा वारेण्टेड तीर्थ लामा, गणेश लामा, रेशम लामा र धनबहादुर लामाको संलग्नता रहेको बताइएको छ। निक्ष समशेरहरुकै संरक्षणका कारण यिनीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। यीमध्ये गणेश र तीर्थको बानेश्वरमा 'क्रिष्टल प्यालेस' नामको डान्स रेष्टुरेन्ट छ। यिनीहरुका नाइके दिपक मनाङ्गे ज्यान मार्ने उद्योगअर्न्तर्गत थुनामा परिसकेका छन्। तर, यिनीहरुलाई प्रहरीले देखेर पनि नदेखेजस्तो गर्दै हिडीरहेको छ। |
Categories
This Month
Month Archive
|
||