View Article  तिमिलाई अधिकार बढी भए राजालाई दिने ?

Now whome to PM's power ?

यो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका लागि गरिएको प्रश्न हो । उनले यो ब्लग पढलान या नपढलान तर उनका हनुमान चालिसामध्ये कसैले पढेमा तत्काल यो प्रश्नको उत्तर दिन बुढो गिरिजालाई सल्लाह दिन अनुरोध गरिन्छ ।
हो कोइरालाले,संविधानले प्रधानमन्त्रीलाई सवै अधिकार दिएको विषयमा आफ्नो असन्तुष्टी ब्यक्त गर्दै 'वढि अधिकार भयो भने प्रधानमन्त्रीपनि तानाशाह वन्छ'भनेका छन ।
यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डविच आज विहान टेलीफोन वार्ता भएको छ । वार्तामा प्रचण्ड गाविस सचिवलाई गाउँ फर्काउन र विस्थापित प्रहरीचौकी पुन स्थापना गर्न सहमत हुनुभएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । आरामकालागि भनेर हिजोमात्र विराटनगर आइपुग्नुभएका कोइरालाले आज विहान ...   more »

View Article  राजाले कू गरे यस्तो हुनेछ

Coup is dangers for King 
मैले अघिल्लो साता ब्लगमा कूको सम्भावनाबारे एक जना दरबारियाले भनेको कुरा राखेको थिए । त्यसप्रति साथीहरुले विभिन्न टिप्पणी गरे । अनि आज यसो पत्रपत्रिका पढेको यही सम्बन्धी एउटा लेख पाए । काठमाडौं टुडेमा वोर्णबहादुर कार्कीले 'कु’ गर्ने हल्ला ! शिर्षकमा लेखेको लेख यहां प्रस्तुत गरिन्छ–
अहिले नेपालमा 'कु' को हल्ला चलाउन थालिएको छ । सात दल र माओवादीले अन्तरिम संविधानमा संयुक्त हस्ताक्षर गरिसकेपछि सुरु भएको यो प्रायोजित हल्ला राजदूत प्रकरणपछि झन् बढेको छ । यस सर्न्दर्भमा राजा ज्ञानेन्द्रले आफ्ना र्समर्थकहरूसँग गोप्य भेटघाट थालेको कुरा पनि चर्चामा छ । राप्रपा नेपालले पोखरामा आयोजना गरेको क्षेत्रीय भेला ...   more »

View Article  मान्छे किच्दै हिँड्ने पारसलाई राजा नबनाईने: मन्त्री ज्ञवाली

Paras, NO king says Minister

निक्कै सुखद अबर छ नेपाली जनताका निम्ति । हो राजा विरेन्द्रदेखि गायकको हत्यासम्ममा संलग्न पारश भनिने पात्रलाइ राजा नमान्नु पर्ने भयो रे । यो पनि मन्त्रीले नै भनेका हुन । जे होस हत्यारा पारसलाइ राजा मान्न नपर्नु निश्चयनै गर्वभको कुरा हो उनकै पिता ज्ञानेन्द्रलाइ मननलागी नलागी राजा मानिरहेका हामी जस्ता जनता जनार्दनका लागि ।
हो आज एक जना मन्त्रीले दिएको अभिव्यक्ति निक्कै रोचक छ । विगतमा मन्त्रीहरु राजाको भजन गाउनमै व्यस्त हुन्थे अहिलेका मन्त्री भने राजालाइ कसरी सखाप पार्ने भनेर लागिरहेका छन । एक मन्त्रीले के भनेछन त पढौ यो समाचारः
संस्कृति, पर्यटन तथा नागरिक ...   more »

View Article  गिरिजा बुद्धिभए प्रचण्डलाइ बनाउ अमेरिकाको राजदूत

Recumend to prachanda for US as nepal envoy 

 
विगतमा माओवादीले हामी पदको लडाइमा लाग्दैनौ भनेर कसमै खाएका थिए । तर समय बदलिएछ क्यार आजकल पदको भागवण्डामा माओवादी लिप्त हुन थालेको छ । यही कारण राजदूत नियुक्ति विवाद भयो जसले गर्दा माओवादीले आन्दोलन गर्यो । यसबाट जनतालाइ नै सास्ती भयो ।
तर नाटक चािहं हिजो नै समाप्त भयो । प्रचण्डले गिरिजाप्रसाद कोइरालासंग भेट मात्र के गरेका थिए माओवादीको दुई दिने बन्ददेखि सबै आन्दोलन स्थगित गरिएछन । यसले त्यसै पनि देखिन्छ कि माओवादी वास्तविक र सही मुद्धा लिएर आन्दोलनमा उत्रेको ि थएन । नभए सरकारका तर्फबाट राजदूत नियुक्तिको सिफारिस फिर्ता नभइ ...   more »

View Article  क्याम्पका सेना १० दिनपछि बाहिर आउने धम्की

Maoist army coming outside !!!!! 


माओवादी वार्ता टोलीका सदस्य दिनानाथ शर्माले अदृश्य शक्ती २०४७ सालको संविधान जोगाउन लागिपरेकाले अन्तरिम संविधान जारी नभएको आरोप लगाएका छन । उनले अब १० दिनभित्रमा अन्तरिम संविधान जारी नभए क्याम्पमा बसेका माओवादी सेना बाहिर निस्कने धम्कि समेत दिए ।
नागरिक सरोकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन । उनले सो अदृश्य शक्ती २०४७ सालको संविधानलाई निरन्तरता दिन लागिपरेको बताए तर अदृश्य शक्ती को भन्ने भने खुलाएनन । शर्माले सरकारलाई चेतावनीस्वरुप एक दिने उपत्यका बन्द गरेको जानकारी समेत दिए ।
सरकारले हालै राजदुत र मानवअधिकार आयोगमा गरेको नियुक्तीलाई लिएर माओवादीले बिरोध जनाउदै ...   more »
View Article  नेपाली केटीहरु चाडो छिप्पिन थालेछन

What happen ?

यसो नेट सर्च गरेको त रमाइलो समाचारहरु पढन पाइयो ।
तनहुँ डेटलाइनमा राससले प्रेषित गरेको यो समाचार त झनै रोचक लाग्ने नै भयो:नेपालमा हालै गरिएको एक सर्वेक्षणले नेपालका किशोरीहरु छिट्टै रजस्वला हुन थालेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य महाशाखाद्वारा प्रकाशित तथ्याङ्कबारे जानकारी दिदै महाशाखाका निर्देशक डा. बालकृष्ण सुवेदीले उक्त जानकारी दिनुभएको हो ।
परिवार स्वास्थ्य महाशाखाद्वारा दमौलीमा आयोजित एक गोष्ठीमा डा. सुवेदीले किशोरीहरुको रजस्वला विगतमा १२ वा १३ वर्षको उमेरतिर हुने गरेकोमा पछिल्लो तथ्याङ्मा सो समय घटेर १० देखि ११ वर्षमै किशोरीहरुको रजस्वला सुरु हुने गरेको बताउनुभयो ।
सो अवसरमा डा. शिलु अर्यालले प्रत्येक ...   more »

View Article  कोइराला लुरुलुरु

Prachanda should Learn by Bishownath 

माओवादीले चरम पदिय मोह देखाउदै आफना मानिस राजदूत नबनाएको नाममा सारा जनतालाइ सास्ती दिने गरी बन्द आह्वान गरे । तर सरकारले नै एउटा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिले चािहं मौन विरोध गरेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाइ शिर निहुर् याउन वाध्य तुल्याए ।

मानवअधिकार आयोगको अध्यक्ष पदमा सिफारिस भएका पूर्वप्रधानन्यायधीश विश्वनाथ उपाध्याय र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच ४ पुसमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालयको स्रोतले दिएको जानकारी अनुसार आयोगको सदस्य पदहरूका लागि आफूसँग सल्लाह नभएको भनी उपाध्यक्षद्वारा व्यक्त असन्तुष्टि सार्वजनिक नगरिदिन प्रमले आग्रह गरेको बुझिएको छ।
भेटवार्ताका लागि उपाध्यायको ज्ञानेश्वरस्थित निवासमा बिहान ९:३० मा पुगेका प्रम कोइराला ...   more »

View Article  अमेरिकाकै सहयोगमा राजा ज्ञानेन्द्रले सैनिक कू गर्ने !!!!

Again coup !!!!!!!!

आफूलाई अन्तर्राष्ट्रिय गुप्तचरी छाया संगठन आरबीआईको पूर्वप्रमुख बताउने एक व्यक्तिले नेपालमा आगामी दुई हप्ताभित्र सैनिक कू हुने दाबी गरेका छन् ।
आज प्रकाशित एक साप्ताहिक पत्रिकामा अन्तर्वार्ता दिँदै आरबीआईका पूर्वअध्यक्ष बताउने तुलप्रसाद शेरचनले पुस १५ भित्र नेपालमा राजाले वा सेनाले भारत र अमेरिकाको सहयोगमा ुकूु गर्ने दाबी गरेका हुन् । सात राजनीतिक दल र माओवादीबीच हालै सम्पन्न राजालाई अधिकारविहीन बनाउने सहमतिलाई समेत शेरचनले हौवाको संज्ञा दिँदै विगतमा भारत र अमेरिकालाई राजा ज्ञानेन्द्रले नटेरेकाले राजालाई आफ्नो शक्ति देखाउन सात दल र माओवादीमार्फत् अमेरिकाले तसा्रउन खोजेको उनको भनाइ छ । नेपालमा राजा रहिरहने निश्चित भएको बताउँदै नेपालमा राजा राख्नु ...   more »

View Article  बालुवाटारमा जर्नेलको हुल, अन्तरिम संविधान के होला

Why rmy team in PM residence ?

तपाइलाइ लाग्न सक्छ, आजको बैठकले अन्तरिम संविधान जारी गर्ने निधो गर्ला भनेर । तर म चाहिं पत्याउने पक्षमा छैन । त्यसका भिन्नभिन्न कारण छन । हिजोको शिखर बैठकले पनि यसबारे टुंगो लगाउन सकेन । कारणः शिखर बैठक अघि जर्नेलहरुको हुल प्रधानमन्त्री भेटन बालुवाटार पुगेको थियो ।

प्रधानसेनापति रुकमाङगत कटवाल, राजाका अंगरक्षक टीका धमला, रक्षा सचिव विष्णुदत्त उप्रेति, प्रधानमन्त्रीका रक्षा सल्लाहकार रमेशजंग थापा अचानक बुधबार बिहान ९ बजे बालुवाटार छिरेका थिए । अन्तरिम संविधान टुंगो लगाउने भनिएको दिन यी प्रतिगामी पात्रहरु बालुवाटार छिर्नाले के संकेत गर्छ तपाइ नै विश्लेषण गर्नुस । मलाइ चाहिं जनताको ...   more »

View Article  माओवादी उदण्ड, प्रचण्डले गिरिजालाइ थर्काए

What differences ?

माओवादी अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भेट गरे । आज एमाले महासचिव माधवकुमार नेपालले बिहान ४५ मिनेट गिरिजासंग वार्ता गरेका छन ।

यी दुबै वार्तामा के के कुराकानी भयो भनेर औपचारिक जानकारी नदिइए पनि खासमा दुइ कृष्णले नेतृत्व गरेको सरकारी र माओवादी वार्ता टोलीले निम्टयाउन नसकेको विषयमा टुंगोमा पुगी अन्तरिम संविधान जारी गर्ने विषयमा कुराकानी भएको सहजै अनुमान गर्न सकिन्छ ।

हिजो एमालेले कुनै पनि बहानामा अन्तरिम संविधान जारी गर्न ढिलो गर्न नहुने भन्दै आधिकारिक विज्ञप्ति जारी गरेको थियो । आज सायद माधवले त्यही निर्णयमा टेकेर कुराकानी गरे होलान ।

हिजो चाहिं गिरिजा र प्रचण्डबीच अलि ...   more »

This Month
December 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31
Year Archive